ख्रिष्टियन जीवन
प्रचारकार्यमा अझै उन्नति गर्ने—टेलिफोनमार्फत साक्षी दिनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? टेलिफोनमार्फत दिइने साक्षी “सुसमाचारको विस्तृत साक्षी” दिने एउटा महत्त्वपूर्ण तरिका हो। (प्रे २०:२४)a विभिन्न कारणले गर्दा कसैसित भेटेरै कुरा गर्न नसके तापनि यस साक्षीकार्यमार्फत ती व्यक्तिहरूलाई पनि साक्षी दिन सकिन्छ।
हामी कसरी यसो गर्न सक्छौँ?
तयारी गर्नुहोस्। उपयुक्त विषय रोज्नुहोस्। त्यसपछि के भन्ने भनेर लेख्नुहोस्। साथै फोन नउठेमा आन्सरिङ मेसिनमा आफूले फोन गर्नुको उद्देश्य बताउने छोटो सन्देश तयार पार्न पनि सक्नुहुन्छ। साक्षी दिने बेला टेबुलमा बसेर आफूले तयार पारेको कुराहरू सँगै राख्नु अनि अरू सामाग्रीहरू जस्तै, इलेक्ट्रोनिक डिभाइसमा JW लाइब्रेरी वा jw.org® खोलेर राख्नु मदतकारी हुन्छ
नअत्तालिनुहोस्। स्वाभाविक तरिकामा कुरा गर्नुहोस्। आमनेसामने कुरा गरेजस्तै मुस्कुराउनुहोस् अनि इशारा गर्नुहोस्। अनावश्यक ठाउँमा नरोकिनुहोस्। अरूसँगै यस साक्षीकार्यमा भाग लिनु मदतकारी हुन्छ। घरधनीले प्रश्न सोधेमा त्यो प्रश्न ठूलो स्वरमा दोहोऱ्याउनुहोस्। यसो गर्दा तपाईँको साथीले त्यस प्रश्नको जवाफ भेट्टाउन मदत दिन सक्नुहुनेछ
पुनःभेटको लागि बाटो तयार पार्नुहोस्। कसैले चासो देखाएमा अर्को पटक फोन गर्दा जवाफ दिनको लागि प्रश्न छोड्न सक्नुहुन्छ। साथै कुनै साहित्य पठाउने, मेल गर्ने वा आफै तिनीकहाँ गएर दिने प्रस्ताव राख्न सक्नुहुन्छ। अथवा हाम्रो कुनै भिडियो वा लेख मेल वा मेसेजमार्फत पठाउन सक्नुहुन्छ। उपयुक्त हुँदा तिनलाई हाम्रो वेबसाइटमा भएको अनलाइन बाइबल अध्ययन पाठहरू वा अरू कुनै विशेषताबारे बताउन सक्नुहुन्छ
a तपाईँको इलाकामा टेलिफोन साक्षीकार्य गर्न सम्भव छ भने व्यक्तिगत जानकारी आदान प्रदान गर्ने सन्दर्भमा सरकारले तोकेको नियम पालन गर्नुपर्छ।