प्रचारकार्यमा अझै उन्नति गर्ने—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? प्रचारमा चासो देखाउने व्यक्ति भेट्यौं भने हामी तिनलाई फेरि भेट्न तिनको घर जान्छौं। यसरी हामी आफूले रोपेको सत्यको बीउमा पानी हाल्छौं। (१ कोरि. ३:६) यसको लागि हामीले पहिलो भेटको अन्तमा पुनःभेटको लागि बाटो तयार पार्नुपर्छ। यसो गर्न घरधनीलाई फेरि भेट्न सकिने समय पत्ता लगाउनु आवश्यक छ। साथै पुनःभेटमा छलफल गर्नको लागि प्रश्न छोड्नु पनि राम्रो हो। यसो गऱ्यौं भने घरधनी हामीसित फेरि भेट्न उत्सुक हुनेछन्। अनि हामीले दिएको प्रकाशनमा त्यस प्रश्नको उत्तर छ भने तिनले त्यो प्रकाशन पक्कै पढ्नेछन्। पुनःभेटको लागि बाटो तयार पार्दा फेरि भेटेर कुराकानी गर्न पनि सजिलो हुन्छ। किनभने पुनःभेटमा छलफल गरिने विषय पहिल्यै तय भइसकेको हुन्छ र घरधनीले पनि के विषयमा छलफल हुनेछ भनी थाह पाइसकेका हुन्छन्। पुनःभेटमा घरधनीलाई भेटेपछि हामी पहिलो भेटमा उठाएको प्रश्नको जवाफ दिन आएका हौं भनी बताउँदै छलफल सुरु गर्न सक्छौं।
यो महिना यसो गरे कसो होला?
तपाईंले प्रस्तुति तयार गर्नुहुँदा पुनःभेटमा छलफल गर्ने प्रश्न पनि तयार पार्नुहोस्। तपाईंले तयार पारेको प्रश्न आफूसितै प्रचारमा जाने प्रकाशकलाई सुनाउनुहोस्।