प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. १६ पृ. ४२-पृ. ४३ अनु. ८
  • येसु साँचो उपासनाको लागि जोस देखाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु साँचो उपासनाको लागि जोस देखाउनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको उपासनाका लागि जोस
    सबैभन्दा महान्‌ पुरुष
  • येसु मन्दिर सफा गर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • कानामा दोस्रो चमत्कार
    येसु—बाटो, सत्य र जीवन
  • येसु पहिलो चमत्कार गर्नुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. १६ पृ. ४२-पृ. ४३ अनु. ८
येसु पैसा साट्‌नेहरूलाई मन्दिरबाट लघार्नुहुन्छ

अध्याय १६

येसु साँचो उपासनाको लागि जोस देखाउनुहुन्छ

युहन्‍ना २:१२-२२

  • येसु मन्दिर सफा गर्नुहुन्छ

कानाको विवाह-भोजपछि येसु कफर्नहुम जानुहुन्छ। येसुकी आमा र उहाँका भाइहरू याकुब, युसुफ, सिमोन र यहुदा पनि उहाँसँगै यात्रा गर्दै छन्‌।

तर येसु किन कफर्नहुम जानुहुन्छ? यो सहर नासरत र कानाको तुलनामा सबैलाई पायक पर्ने ठाउँमा अवस्थित छ र सम्भवतः ठूलो पनि छ। साथै येसुका धेरैजसो नयाँ चेलाहरू कफर्नहुममा वा कफर्नहुमको वरिपरि बसोबास गर्छन्‌। त्यसैले उहाँले तिनीहरूलाई तिनीहरू बसोबास गरिरहेकै ठाउँमा तालिम दिन सक्नुहुन्छ।

येसु कफर्नहुममा हुनुहुँदा उहाँले थुप्रै अचम्मलाग्दा कामहरू पनि गर्नुहुन्छ। त्यो सहर र वरपरका ठाउँहरूमा बसोबास गर्ने मानिसहरूले उहाँले गर्नुभएका कामहरूबारे सुन्छन्‌। तर येसु र उहाँका चेलाहरू यहुदी भएकोले इस्वी संवत्‌ ३० को निस्तार चाडको लागि चाँडै यरुसलेम जानुपर्नेछ।

यरुसलेमको मन्दिरमा छँदा येसुका चेलाहरूले उहाँले एउटा यस्तो काम गर्नुभएको देख्छन्‌, जुन तिनीहरूले पहिला कहिल्यै देखेका थिएनन्‌।

परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाअनुसार तिनीहरूले मन्दिरमा जनावरहरूको बलिदान चढाउनुपर्छ। साथै अन्य ठाउँबाट आएकाहरूलाई आफ्नो बसाइँको अवधिभरि खानेकुरा पनि चाहिन्छ। त्यसैले परमेश्‍वरको व्यवस्थाअनुसार टाढाबाट यरुसलेम आएकाहरूले “बहर, भेडा, बाख्रा” किन्‍नको लागि अनि त्यहाँ रहुन्जेल आवश्‍यक पर्ने अन्य कुराहरू किन्‍नको लागि पैसा ल्याउन सक्छन्‌। (व्यवस्था १४:२४-२६) त्यसैले यरुसलेमका व्यापारीहरूले मन्दिरको ठूलो चोकमा जनावर र चराहरू बेच्ने गर्छन्‌। तर ती व्यापारीहरूमध्ये केहीले मानिसहरूबाट धेरै दाम लिएर तिनीहरूलाई ठगिरहेका छन्‌।

यो देखेर येसु असाध्यै क्रोधित हुनुहुन्छ र उहाँले पैसा साट्‌नेहरूको सिक्का छरपस्ट पारिदिनुहुन्छ, तिनीहरूको टेबुल पल्टाइदिनुहुन्छ र तिनीहरूलाई त्यहाँबाट लघार्नुहुन्छ। त्यसपछि येसु यसो भन्‍नुहुन्छ: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो बनाउन छोड!”—युहन्‍ना २:१६.

यो देखेपछि येसुका चेलाहरूले परमेश्‍वरका छोराबारे गरिएको यो भविष्यवाणी सम्झन्छन्‌: “तपाईँको घरको लागि मेरो जोसले मलाई खाएको छ।” तर यहुदीहरू यसो भन्छन्‌: “तपाईँले यस्ता-यस्ता कामहरू गरिरहनुभएको छ, अब हामीलाई चाहिँ के चिन्ह देखाउनुहुन्छ नि?” येसुले उनीहरूलाई यस्तो जवाफ दिनुहुन्छ: “यो मन्दिर भत्काओ अनि तीन दिनमा म यसलाई फेरि खडा गर्नेछु।”—युहन्‍ना २:१७-१९; भजन ६९:९.

येसुले यरुसलेमको मन्दिरबारे कुरा गर्नुभएको होला भनेर ती यहुदीहरू अनुमान लगाउँछन्‌। त्यसैले उनीहरू यसो भन्छन्‌: “यो मन्दिर बनाउन ४६ वर्ष लाग्यो तर के तपाईँचाहिँ यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” (युहन्‍ना २:२०) तर येसुले आफ्नो शरीरलाई मन्दिरसित तुलना गर्दै हुनुहुन्छ। तीन वर्षपछि, येसुलाई मृत्युबाट फेरि जीवित पारिँदा चेलाहरूले उहाँका यी शब्दहरू सम्झन्छन्‌।

  • कानाको विवाह-भोजपछि येसु कुन-कुन ठाउँमा जानुहुन्छ?

  • येसु किन क्रोधित हुनुहुन्छ र उहाँ के गर्नुहुन्छ?

  • येसुले “यो मन्दिर” भनेर केलाई सङ्‌केत गर्दै हुनुहुन्छ र उहाँका शब्दहरूको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने