प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 जून p. ३२
  • के तपाईँलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 जून p. ३२

के तपाईँलाई सम्झना छ?

के तपाईँले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईँ निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

राम्ररी गीत गाउन हामीले गर्न सक्ने चार वटा कुरा के-के हुन्‌?

गीतिपुस्तकलाई माथि उठाएर सीधा उभिनुपर्छ। लामो सास तान्‍नुपर्छ। मुख खोल्नुपर्छ अनि ठूलो आवाजले गाउनुपर्छ।—w१७.११, पृ. ५.

इस्राएलका शरण-नगरहरू भएका ठाउँ र त्यहाँसम्म पुग्ने बाटोबारे कुन कुरा उल्लेखनीय छ?

इस्राएलमा छ वटा शरण-नगर थिए। अनि त्यहाँसम्म जाने बाटोहरू राम्रो अवस्थामा राखिएका हुन्थे। त्यसैले हत्यारा त्यहाँ छिट्टै र सजिलै पुग्न सक्थ्यो।—w१७.११, पृ. १४.

परमेश्‍वरले हामीलाई दिनुभएको सबैभन्दा उत्तम उपहार किन फिरौतीको बलिदान हो?

यसले सधैँभरि बाँच्ने हाम्रो चाहना पूरा गर्छ अनि पाप र मृत्युबाट छुटकारा पाउने हाम्रो इच्छा पूरा गर्छ। आदमका सन्तानलाई माया गर्नुभएकोले हामी पापी छँदै परमेश्‍वरले फिरौतीको बलिदानस्वरूप हाम्रो लागि येशूलाई पठाउनुभयो।—wp१७.६, पृ. ६-७.

भजन ११८:२२ ले कसरी येशूको पुनर्जीवनलाई सङ्‌केत गऱ्‍यो?

येशूलाई मसीहको रूपमा स्विकार गरिएन र उहाँ मारिनुभयो। “कुनाको शिरढुङ्‌गो” बन्‍न उहाँ पुनर्जीवित हुनु आवश्‍यक थियो।—w१७.१२, पृ. ९-१०.

के ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्‍न पाउने थिए?

मसीहका पुर्खाहरू कहिलेकाहीँ जेठो छोराको वंशावलीबाटै आए तर सधैँ भने होइन। दाऊद यिशैका जेठो छोरा थिएनन्‌ तर मसीह दाऊदको वंशबाट आए।—w१७.१२, पृ. १४-१५.

चिकित्सासम्बन्धी बाइबलमा पाइने केही सिद्धान्तहरू के-के हुन्‌?

मोशाको व्यवस्थाअनुसार कुनै-कुनै रोग लागेका मानिसहरूलाई अरूबाट अलग्गै राख्नुपर्थ्यो। लास छोएपछि नुहाइधुवाइ गर्नुपर्थ्यो। मलमूत्रको उचित तरिकामा व्यवस्थापन गर्नुपर्थ्यो। छोरा जन्मिएको आठौँ दिनमा मात्र उसको खतना गर्नुपर्थ्यो किनभने नवजात शिशुहरू जन्मेको एक हप्तापछि रगत जम्ने क्षमता पूर्ण रूपमा विकास हुन्छ।—wp१८.१, पृ. ७.

ख्रीष्टियनहरूले आफूलाई प्रेम गर्नु किन गलत होइन?

हामीले आफ्ना छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ। (मर्कू. १२:३१) “पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।” (एफि. ५:२८) आफूप्रतिको प्रेम विकृत अनि स्वार्थी पनि हुन सक्छ।—w१८.०१, पृ. २३.

आध्यात्मिकता विकास गर्न हामी कस्ता कदमहरू चाल्न सक्छौँ?

हामीले लगनशील भई परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ अनि पढेको कुरा मनन गर्नुपर्छ। आफूले सिकेको कुरा लागू गरिहाल्नुपर्छ। यहोवाको पवित्र शक्‍तिको डोऱ्‍याइ स्विकार्नुपर्छ। साथै अरूको मदत स्विकार्नुपर्छ अनि त्यस्तो मदतको कदर गर्नुपर्छ।—w१८.०२, पृ. २६.

पछि हुने कुरा थाह पाउने तरिका ज्योतिषविद्या र भविष्य बताउनु होइन, किन?

यसका थुप्रै कारणहरू छन्‌। तीमध्ये मुख्य कारण भनेको बाइबलले यी दुवै कुरा गर्न निषेध गरेको छ।—wp१८.२, पृ. ४-५.

कसैको निम्तो स्विकार्दा कुन कुरामा विचार पुऱ्‍याउनुपर्छ?

हामीले कसैको निम्तो स्विकारिसकेका छौँ भने आफ्नो वचनको पक्का हुनुपर्छ। (भज. १५:४) झिनामसिना कारण बनाएर त्यसलाई अस्वीकार गर्नु हुँदैन। हामीलाई बोलाउने व्यक्‍तिले निकै मेहनत गरेर तयारी गरेका हुन सक्छन्‌।—w१८.०३, पृ. १८.

नियुक्‍त पुरुषहरूले तिमोथीबाट कस्तो पाठ सिक्न सक्छन्‌?

तिमोथी मानिसहरूको साँचो चासो राख्थे र आध्यात्मिक कुरालाई पहिलो स्थान दिन्थे। तिनी पवित्र सेवा चढाउन कडा मेहनत गर्थे अनि आफूले सिकेको कुरा व्यवहारमा उतार्थे। तिनी आफूलाई तालिम दिइरहन्थे अनि यहोवाको पवित्र शक्‍तिमा भर पर्थे। एल्डरहरू अनि अरूले तिनको उदाहरण अनुकरण गर्न सक्छन्‌।—w१८.०४, पृ. १३-१४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने