प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km95 फेब्रुअरी p. १
  • राज्यको वचन—त्यसको अर्थ बुझ्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्यको वचन—त्यसको अर्थ बुझ्ने
  • हाम्रो राज्य सेवकाई—१९९५
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्य—के तपाईंले यसको अर्थ बुझ्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • दैनिक आध्यात्मिक आहारा—कुनै पनि मसीही परिवारको लागि अत्यावश्‍यक
    हाम्रो राज्य सेवकाई—१९९२
  • पारिवारिक तालिका—दैनिक पद
    हाम्रो राज्य सेवकाई—२००५
  • ‘पहिले राज्यको खोजी गर’
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९५
km95 फेब्रुअरी p. १

राज्यको वचन—त्यसको अर्थ बुझ्ने

१ “जसले सुन्छ, र बुझ्दछ” त्यसलाई “असल जमीनमा” पर्ने बीऊले चित्रण गर्छ भनेर येशूले बीऊ छर्ने मानिसको उखानमा भन्‍नुभयो। (मत्ती १३:२३) राज्यबारे सुनेपछि के हामीले ‘त्यसको अर्थ बुझेका छौं?’ त्यसले हाम्रो जीवनलाई कतिको प्रभाव पार्छ? राज्यसम्बन्धी कामकुराहरूलाई प्राथमिकता दिएर के हामीले त्यस समाचारको अर्थ बुझेका छौं भनी देखाइरहेका छौं?

२ राज्य समाचारको सही ज्ञान प्राप्त गर्न हामीले व्यक्‍तिगत अध्ययन गर्नुपर्छ। प्रबन्ध गरिएको आध्यात्मिक आहारमाथि मनन गर्न हामीले समय निकाल्नु पर्छ। हतार हतार गरेर प्रहरीधरहरा पढ्‌नु भनेको स्वादिष्ट पौष्टिक भोजनलाई नचपाई छिटो छिटो निल्नु हो। आध्यात्मिक आहारमाथि राम्ररी मनन गर्न के तपाईं समय निकाल्नुहुन्छ? अधिकभन्दा अधिक लाभ उठाउन हामीसित उत्प्रेरणा र स्वस्थकर आध्यात्मिक भोक हुनुपर्छ। यी कुराहरूको कमी भएमा हामीले व्यक्‍तिगत अध्ययनबाट उठाउन सक्ने लाभलाई अन्य क्रियाकलापहरूले कम गर्न सक्छ वा अध्ययन गर्न चाहिने समय त्यसले खानसक्छ। राम्रो तालिका बनाएर त्यसअनुसार चल्नु सजिलो छैन। हुनत व्यक्‍तिगत अध्ययनका लागि हामीले आफ्ना प्राथमिकताहरूलाई होशियारीपूर्वक सन्तुलित गर्नु पर्ने हुन्छ तर त्यसबाट हामीले अमूल्य आध्यात्मिक धन प्राप्त गर्छौं।—हितो. ३:१३-१८; कल. १:२७.

३ हरेक दिन राज्यसम्बन्धी सकारात्मक तथा उत्थानदायी विचारहरू मनमा खेलाउन शास्त्रपदहरूको जाँच गर्ने पुस्तिकाले हामीलाई मदत गर्छ। “आफ्नो आध्यात्मिक आवश्‍यकताप्रति सजग हुने” व्यक्‍तिहरूले हरेक दिन केही समय निकालेर दैनिक पद र टिप्पणीहरू पढ्‌ने योजना बनाउँछन्‌। (मत्ती ५:३) थुप्रै पदहरूले राज्यका विभिन्‍न पक्षहरू वर्णन गर्छन्‌। उदाहरणका लागि, नोभेम्बर २२, १९९४ को दैनिक पद, मत्ती १३:४ लाई विचार गर्नुहोस्‌। उक्‍त पदको लागि दिइएको टिप्पणीमा राज्य आशाबारे छलफल गरिनुका साथै नातेदार तथा छिमेकीहरूसँगको अस्वस्थकर संगतिबाट हुनसक्ने खतराहरूबारे हामीलाई स्मरण गराइएको थियो। संसारभरिका बेथेल घरहरूमा काम गरिने दिनको हर बिहान १५ मिनेट दैनिक पदमाथि मनन गरिन्छ। हरेक दिन सबै एकसाथ मिलेर त्यस दिनको दैनिक पद मनन गर्नु कतिको फाइदाजनक र गम्भीर छ भन्‍ने कुरा हामी यसबाट देख्नसक्छौं। के तपाईंको परिवारले पनि त्यस्तैगरि दिनानुदिन दैनिक पदमाथि मनन गर्छ?

४ राज्यप्रति तपाईंको मूल्यांकन बढ्‌दै जाँदा अरूसँग राज्य समाचार बाँड्‌न तपाईं अझ बढी उत्प्रेरित हुनुहुनेछ। प्रहरीधरहरा र अवेक! बाट प्राप्त हुने लाभलाई हामी मानसिक इन्धनसँग तुलना गर्न सक्छौं जसले हाम्रो मनलाई ताजा, नवीनतम जानकारीद्वारा तृप्त राख्छ। यो संसारलाई परमेश्‍वरको राज्य कति धेरै खाँचो छ भनेर सधैं सजग रहन त्यसले हामीलाई मदत गर्छ। त्यसले हामीलाई ‘प्रभुको मन जान्‍ने’ आध्यात्मिक व्यक्‍ति बन्‍न मदत गर्छ। (१ कोरि. २:१५, १६) अनि यी सबै कुराहरूले हाम्रो विश्‍वासलाई बलियो बनाउनुका साथै अरूसित राज्य आशा बाँड्‌ने हाम्रो जोश बढाउँछ।—१ पत्रु. ३:१५.

५ हामीले व्यक्‍तिगत तवरमा राज्य समाचारको अर्थ बुझ्नु अत्यावश्‍यक छ। यसै माध्यमद्वारा आफ्नो सार्वभौमकिता उच्च पार्न, दुष्टताको अन्त गर्न र नयाँ संसार अर्थात्‌ प्रमोदवन ल्याउन परमेश्‍वरले चलाउनुहुने मुख्य माध्यम नै यो राज्य हो। आफ्नो जीवनमा यसै राज्यलाई प्रथम स्थानमा राख्नु भनी येशूले हामीलाई आज्ञा दिनुभएको थियो। त्यसको अधीनमा बस्न हामी भेडाखाले प्रजा हुनुपर्छ। (मत्ती ६:१०, ३३) यसका आशिष्‌हरूको आनन्द उठाउने सुअवसरको पूरा पूरा लाभ उठाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने