प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ९ p. २६-p. २७ par. १
  • नासरतमा हुर्कनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नासरतमा हुर्कनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशूको प्रारम्भिक पारिवारिक जीवन
    सबैभन्दा महान्‌ पुरुष
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • उनले ईश्‍वरीय निर्देशन स्वीकारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • येसु बाह्र वर्षको हुनुहुँदा
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ९ p. २६-p. २७ par. १
युसुफ येसुलाई सिकर्मीको काम सिकाउँदै

अध्याय ९

नासरतमा हुर्कनुहुन्छ

मत्ति १३:५५, ५६ मर्कुस ६:३

  • युसुफ र मरियमको परिवार ठूलो हुन्छ

  • येसु एउटा व्यवसाय सिक्नुहुन्छ

येसु सानो र खासै महत्त्वपूर्ण नठानिने सहर नासरतमा हुर्कँदै हुनुहुन्छ। यो सहर यहुदियाको उत्तरतिर गालिल भनिने पहाडी इलाकामा अनि गालिल समुद्र भन्‍ने ठूलो तालको पश्‍चिमतिर पर्छ।

येसु दुई वर्षजतिको हुनुहुँदा युसुफ र मरियमले उहाँलाई मिश्रबाट यहाँ ल्याएका थिए। यतिबेलासम्म उनीहरूको अरू सन्तान जन्मेको छैन जस्तो देखिन्छ। तर पछि येसुका भाइहरू पनि जन्मन्छन्‌—याकुब, युसुफ, सिमोन र यहुदा। युसुफ र मरियमका छोरीहरू पनि जन्मन्छन्‌। येसुको कम्तीमा पनि छ जना भाइबहिनी छन्‌।

येसुका नातेदारहरू पनि छन्‌। हामीले इलिसिबा र उनको छोरा युहन्‍नाबारे थाह पाइसक्यौँ। तिनीहरू दक्षिणतिर धेरै टाढा यहुदियामा बस्छन्‌। येसुको एक जना नातेदार—सलोमी आफ्नो परिवारसँगै गालिलमै बस्छिन्‌। उनी मरियमकी बहिनी हुनुपर्छ। सलोमीको पतिको नाम जब्दि हो। त्यसैले सलोमी र जब्दिका दुई छोराहरू याकुब र युहन्‍ना येसुका दाजुभाइ पर्छन्‌। हुर्कँदै जाँदा येसुले याकुब र युहन्‍नासँग धेरै समय बिताउनुभयो कि भएन, त्यो त हामीलाई थाह छैन तर पछि तिनीहरू उहाँको घनिष्ठ साथी हुन्छन्‌। तिनीहरूले येसुको प्रेषितको रूपमा सेवा गर्छन्‌।

आफ्नो ठूलो परिवारको पालनपोषण गर्न युसुफले निकै मेहनत गर्नुपर्छ। तिनी सिकर्मी हुन्‌। युसुफले येसुलाई आफ्नै छोराजस्तै गरी हुर्काउँछन्‌। त्यसैले येसुलाई “सिकर्मीको छोरा” भनिन्छ। (मत्ति १३:५५) युसुफले येसुलाई पनि सिकर्मीको काम सिकाउँछन्‌ र उहाँले त्यो काम राम्ररी सिक्नुहुन्छ। त्यसैकारण पछि मानिसहरूले येसुबारे कुरा गर्दा “के यो त्यही सिकर्मी होइन?” भन्छन्‌।—मर्कुस ६:३.

युसुफ र मरियम आफ्ना छोराछोरीलाई परमेश्‍वरको शिक्षा सिकाउँदै

युसुफको पूरै परिवारले यहोवा परमेश्‍वरको उपासनालाई प्राथमिकता दिन्छ। परमेश्‍वरको व्यवस्था पालन गर्दै युसुफ र मरियम आफ्ना छोराछोरीलाई “घरमा बस्दा, बाटोमा हिँड्‌दा, सुत्दा र उठ्‌दा” परमेश्‍वरको शिक्षा सिकाउँछन्‌। (व्यवस्था ६:६-९) नासरतमा एउटा सभाघर छ। युसुफ आफ्नो परिवारलाई पक्कै पनि त्यहाँ उपासनाको लागि लैजाने गर्छन्‌। त्यसैले पछि लुकाले येसु “आफ्नो बानीअनुसार विश्रामदिनमा” सभाघरमा जानुभयो भनेर लेखे। (लुका ४:१६) यसबाहेक यरुसलेममा भएको यहोवाको मन्दिरमा हरेक वर्ष गएर पनि तिनीहरूले पक्कै आनन्द उठाउँछन्‌।

  • येसुको कम्तीमा पनि कति जना भाइबहिनी छन्‌?

  • येसु कुन व्यवसाय सिक्नुहुन्छ र कसरी सिक्नुहुन्छ?

  • युसुफ आफ्नो परिवारलाई कस्तो महत्त्वपूर्ण शिक्षा सिकाउँछन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने