प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ४/१ pp. १३-१७
  • मन र शरीरमा शुद्ध हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मन र शरीरमा शुद्ध हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानसिक शुद्धता
  • व्यक्‍तिगत सफाइ
  • सफा घरहरू र मोटरहरू
  • आत्मिक बलिदानहरू चढ़ाउने बेलाको शुद्धता
  • क्षेत्र सेवकाई र सभाहरूका लागि सफा र सुग्घर
  • सफा मानिसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • असल कार्यको लागि स्वच्छ पारिएको जन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ८. यहोवा आफ्ना सेवकहरू स्वच्छ भएको चाहनुहुन्छ
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परमेश्‍वरका सेवकहरू स्वच्छ हुनैपर्छ
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ४/१ pp. १३-१७

मन र शरीरमा शुद्ध हुनुहोस्‌

“आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मनपर्ने, जिउँदो बलिदान गरी दिइहाल।”—रोमी १२:१

१. प्रेरित पावल अनुसार, मन र शरीरमा शुद्ध हुनु किन आवश्‍यक छ?

पवित्र परमेश्‍वर यहोवाको सेवा गर्न चाहने व्यक्‍ति आध्यात्मिक र नैतिक तौरमा शुद्ध हुनु पर्दछ। यसको अर्थ, तिनीहरू मन र शरीरमा पनि सफा हुनु पर्छ। वर्तमान रीतिरिवाज जे जस्तो भएतापनि, यहोवाको सेवा गर्न त्यसबाट निस्केर आउने मानिसहरूले आफ्नो सोंचाइमा मात्र होइन, तर अकसर तिनीहरूका व्यक्‍तिगत आनी-बानीहरूमा पनि परिवर्तन ल्याउनु आवश्‍यक हुँन्छ। प्रेरित पावलले रोममा भएका मसीहीहरूलाई यस प्रकार लेखि पठाए: “यसकारण ए भाइ हो, परमेश्‍वरको कृपा द्वारा म तिमीहरूलाई निवेदन गर्दछु, कि तिमीहरूको यथोचित सेवाको रूपमा आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्‍वरलाई मन पर्ने, जिउँदो बलिदान गरी दिइहाल। औ यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ। औ परमेश्‍वरका असल, मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाओ।” (रोमी १२:१, २) मानसिक र शारीरिक शुद्धतामा के के समावेश छ?

मानसिक शुद्धता

२. हाम्रा हृदय र आँखाले हामीलाई कसरी अनैतिक चाल तिर लैजान सक्दछ, र यसबाट टाढ़ा बस्नका लागि के चाहिन्छ?

२ हाम्रा आँखाहरू र हृदयलाई नियन्त्रणमा राखेनौं भने तिनीहरूको कारण हामीले अनैतिक काम गर्न सक्छौं भनेर, व्यवस्था दिनुको अघि नै, विश्‍वासी अय्यूबले देखाएका थिए। तिनले एसो भने: “कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले दृढ़ सङ्‌कल्प गरें। . . . यदि मेरो हृदय कुनै स्त्रीले मोहित पारेको रहेछ भने, अथवा मेरा छिमेकीहरूको ढोकामा म ढुकिबसेको छु भने . . . त्यो ता दुष्ट कर्म हो, न्यायको सामने एउटा अपराध हो।” (अय्यूब ३१:१, ९-११) हाम्रो आँखा चारै तिर धूमी रहन्छ र हाम्रो हृदय सधैं बदलिरहन्छ भने, हामीलाई मानसिक अनुशासन अथवा “अन्तरदृष्टि दिने अनुशासन” [NW] चाहिएको छ।—हितोपदेश १:३.

३, ४. (क) दाऊद र बेतशेबाको उदाहरणबाट के देख्न सक्छौं र खराब कुरा सोंच्ने आनी-बानीमा परिवर्त्तन गर्न के चाहिंन्छ? (ख) मसीही प्राचीनहरू विशेष रूपमा किन होशियार हुनु पर्दछ?

३ दाऊदले पनि, आफ्ना आँखाको कारण, बेतशेबासँग व्यभिचार गर्न पुगे। (२ शमुएल ११:२, ४) यहोवाले विशेष रूपमा प्रयोग गर्नु भएका मानिसहरू पनि, तिनीहरूले आफ्नो मनलाई नियन्त्रणमा राखेनन्‌ भने, घोर पापमा फँस्न सक्दछन्‌ भनेर यो उदाहरणले देखाउँछ। हाम्रो सोंचाईलाई बदलिने कोशिश गर्दा, जोड सित मेहनत गर्नु आवश्‍यक पर्ला। तर यस प्रकारको प्रयत्न साथ साथै, यहोवाबाट मददका निम्ति अन्तरबिन्ती गर्नु उचित हुनेछ। बेतशेबासँग गरेको पापको प्रायश्‍चित गरी सके पछि, दाऊदले एसो भनेर प्रार्थना गरे: “हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌। र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्‌।”—भजनसंग्रह ५१:१०.

४ विशेष गरी, मसीही प्राचीनहरूले आफूलाई घोर पाप तिर लैजाने खराब अभिलाषाहरू मनमा खेलाइ राख्नु हुँदैन। (याकूब १:१४, १५) मसीही प्राचीन तिमोथीलाई पावलले यस प्रकार पत्र लेखे: “तर शुद्ध हृदयबाटको प्रेम, असल विवेक र निष्कपट विश्‍वासनै त्यस आज्ञाको उद्देश्‍य हो।” (१ तिमोथी १:५) कुनै प्राचीनले एका तिर आफ्नो आत्मिक कर्त्तब्यहरू निभाउँदै अर्कोतिर आफ्नो घुम्ने आँखाको कारण हृदयमा अशुद्ध अभिलाषाहरू उत्पन्‍न हुन दिनु कपट हुनेछ।

५. मानसिक शुद्धता कायम राख्नका लागि के बाट टाढ़ा बस्नु पर्छ?

५ हामी सबै मसीहीहरूले नै मानसिक शुद्धता कायम राख्ने हर कोशिश गर्नु पर्छ। यसको अर्थ, हाम्रो सोंचाइलाई अशुद्ध पार्ने चल-चित्रहरू, टेलिभीजन कार्यक्रमहरू अथवा पढ़ने सामग्रीहरूबाट हामी अलग्ग रहनु पर्छ। मानसिक शुद्धताका लागि “सत्य . . . धार्मिक . . . र पवित्र” कुराहरूमा मनन गर्ने कोशिश गरिनैरहनु आवश्‍यक हुन्छ। प्रेरित पावलले एसो पनि भने: “तिनमा केही सदगुण, केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.

व्यक्‍तिगत सफाइ

६. (क) इस्राएलमा व्यक्‍तिगत साथै सामूहिक सफाईको माँग गरिन्‌ थियो भनेर लेवीको किताबबाट उदाहरण दिनुहोस्‌। (ख) यस प्रकारका नियमहरूको उद्देश्‍य के थियो?

६ “ईश्‍वरीय भक्‍ति पछि शारीरिक शुद्धता आउँछ” भन्छन्‌। हो, कुनै मानिस नैतिक र शारीरिक तौरमा शुद्ध भएता पनि, उसमा ईश्‍वरीय भक्‍ति न होला। तर ईश्‍वरीय भक्‍ति भएको मानिस नैतिक र शारीरिक तौरमा शुद्ध हुनै पर्छ। मोशा द्वारा आएको व्यवस्थामा अशुद्ध भएका घरहरू सफा गर्ने र विभिन्‍न प्रकारका अशुद्धताका लागि स्नान लिने नियमहरू किटेर दिइएको थियो। (लेवी, १४ र १५ अध्यायहरू हेर्नुहोस्‌) सबै इस्राएलीहरू पवित्र हुनु पर्दथियो। (लेवी १९:२) इनसायट अन दी स्क्रिपचर्स नाउँ पुस्तकमा एसो भनिएको छ: “परमेश्‍वरले [इस्राएलीहरूलाई] खाने कुरा, व्यक्‍तिगत सफाइ र नैतिकता सम्बन्धी दिनु भएका नियमहरूले तिनीहरू परमेश्‍वरका निम्ति अलग्ग र पवित्र पारेर राखिएका मानिसहरू हुन्‌ भनेर सधैं सम्झना गराइ राख्नु परेको थियो।—वल्युम १, पाना ११२८.

७. सामूहिक रूपमा, यहोवाका साक्षीहरूको विषयमा के भन्‍न सकिन्छ तर केही परिभ्रमण अध्यक्षहरूले कस्तो रिर्पोट दिएकाछन्‌?

७ एउटा सामूहिक रूपमा यहोवाका साक्षीहरू बाबेलका सबै झूटो धर्मको अशुद्धताबाट अलग्ग भएता पनि र तिनीहरूले आफ्नो बीचमा नैतिक अशुद्धतालाई बढ़ावा नदिएता पनि, परिभ्रमण अध्यक्षहरूको रिपोर्ट अनुसार, कसै कसैले व्यक्‍तिगत सफाइ र साफ-सुघरपनामा विशेष चासो लिएका छैनन। यस क्षेत्रमा पनि हामी कसरी शुद्ध हुन सक्छौं? सबै मसीही घरहरूका लागि एउटा असल उदाहरण बेथेल हो, जसको अर्थ “परमेश्‍वरको घर” हो।

८, ९. (क) बेथेल परिवारको सबै नया सदस्यहरूलाई के सल्लाह दिइन्छ? (ख) बेथेलमा पालन गरिने कुन नियमहरू सबै मसीही घरहरूमा पालन गरिनु पर्ने हो?

८ जब कुनै व्यक्‍ति वाचटावर सोसाइटीको प्रमुख कार्यालय अथवा संसारभरि भएको त्यसका शाखा-कार्यालयहरूको बेथेल परिवारको सदस्य हुँदछ, उसलाई सञ्चालक-समिति द्वारा तैयार गरिएको एउटा पुस्तिका दिइन्छ। यो पुस्तिकामा उसबाट आशा गरिएको काम गर्ने तौर-तरीका र व्यक्‍तिगत बानीहरूको व्याखा गरिएको हुन्छ। “कमराको हेर-विचार र सफाइ” मनि, एसो भनेको हुन्छ: “बेथेलमा जीवन बिताउनेहरूले उच्च स्तरको शारीरिक, नैतिक र आध्यात्मिक सिद्धान्तहरूको पालना गर्नु पर्छ। यहाँ कसैलाई पनि फोहोरी हुने कारण छैन। दिन दिनै स्नान गर्नु एउटा राम्रो बानी हो। . . . खाना खान आउनु अघि हात धोएर आउनु सबैका लागि अनिवार्य छ। तपाईंसँग एउटै कोठामा बस्ने साथी र कोठा सफा गर्न आउने व्यक्‍ति प्रति विवेक प्रकट गर्दै, हात धुने ठाउँ र नुहाउने ठाउँ प्रत्यक प्रयोग पछि सफा गर्नु होस्‌।”

९ बेथेल घरहरूमा शौचालयहरू अत्यन्त सफा हुन्छन्‌ र तिनीहरूको प्रयोग गर्नेहरूलाई तुरन्तै हात धुने प्रबन्ध पनि गरिएको हुन्छ। बेथेल परिवारका सदस्यहरूले प्रत्यक प्रयोग पछि शौचालय सफा राख्नु पर्छ र यसको अर्थ, दिसा बस्ने ठाउँलाई पानीले राम्रोसँग सफा गऱ्‍यो वा गरेन भनेर हेर्न आवश्‍यक छ। यस प्रकार, आफू पछि प्रयोग गर्ने मानिसका लागि र घरको सफाइ गर्ने व्यक्‍तिहरूका लागि पनि विवेक देखाएको हुनेछ। के यस्तै सिद्धान्तहरू प्रत्यक मसीही घरानामा लागू हुनु पर्दैन र?

१०. (क) आफूलाई र आफ्ना बच्चाहरूलाई सफा राख्न ठाँटको शौचालयको खाँचो किन छैन? (ख) इस्राएलमा पालन गरिने के नियमहरूले मानिसहरूलाई स्वस्थ्य रहन मदद पुर्‌याउँ थियो र त्यसबाट आज यहोवाका मानिसहरूले के सिक्न सक्छन्‌?

१० हो, सबै देशहरूमा एउटै परिस्थिति हुँदैन। कुनै ठाउँहरूमा, घर भित्र नुहाउँने अथवा हात धुने प्रबन्ध हुँदैन। तर साधारणतया, मसीही लोग्ने मानिसहरू र स्त्रीहरूले आफ्नो शरीर र आफ्नो बच्चाहरूको शरीर सफा राख्न यथेष्ट पानी र साबुन चाहिं पाउन सक्छन्‌।a संसारका धेरै घरहरूमा दिसा-पिसाप लैजाने नालाहरू नहोला। तर इस्राएलीहरूको छाउनीमा गरे झैं, फोहोरलाई माटोले सुरक्षासाथ ढाकि दिन सकिन्छ। (व्यवस्था २३:१२, १३) यी सबै कुरा बाहेक, छाउनीमा बस्नेहरूले, यहोवाको व्यवस्था अनुसार, बारम्बार लुगा धुनु र नुहाउनु पर्दथियो, रोग लागेमा त्यसको तुरन्त निरूपण र उपचार हुन्‌थियो, मुर्दाहरूको उचित बन्दोबस्त गरिन्‌थियो र खाने पानी र अन्य खाद्य पदार्थलाई सफा राख्ने प्रबन्ध थियो। यी सबै नियमहरूले राष्ट्रलाई तन्दुरूस्त राख्नमा मदद दिन्थ्यो। के आज यहोवाका मानिसहरूले आफ्नो व्यक्‍तिगत शुद्धताबारे त्यो भन्दा कम गर्नु उचित होला र?—रोमी १५:४.

सफा घरहरू र मोटरहरू

११. (क) सबै भन्दा सानो र साधारण मसीही घरहरू पनि कस्तो हुनु पर्छ? (ख) बेथेल परिवारका हर सदस्यबाट कुन कुराको सहयोगको माँग गरिन्छ?

११ हाम्रा घरहरू, कतिनै सानो र साधारण भएता पनि, सधैं सफा-सुग्घर हुन सक्छन्‌। तर यसका लागि पारिवारिक स्तरमा राम्रो योजना मिलाउन आवश्‍यक पर्छ। एउटी मसीही आमाले सके सम्म धेरै समय प्रचार र अन्य आध्यात्मिक काम कुरोमा व्यतित्‌ गर्ने इच्छा गर्नेछिन्‌। यसकारण, परिवारका सदस्यहरूले जता तत्तै फालेका कपड़ा, किताब, अखबार, पत्रिका इत्यादि जम्मा गर्ने काममा दिन दिनै उनले समय बिताउने गर्नु नपरोस्‌। बेथेलमा, घर सफा राख्ने मानिसहरू भएता पनि, परिवारका प्रत्यक व्यक्‍तिले आफ्नो ओछ्यान आफैले बनाएर बाहिर निस्कनु अघि, बिहानै कमरा सफा-सुग्घर पारेको हुनु पर्दछ। हाम्रा सफा राज्य गृहहरू र सम्मेलन हलहरूको हामी धेरै नै मुल्याङ्‌कन गर्दछौं। हाम्रो बस्ने घरहरूले पनि हामी यहोवाका सफा र पवित्र मानिसहरू हौं भनेर साक्षी दिने गरून्‌!

१२, १३. (क) यहोवाको सेवामा प्रयोग हुने मोटर-गाड़ीहरू बारे के सल्लाह पाइन्छ र यसमा किन धेरै समय लाग्ने छैन? (ख) शारीरिक तौरमा शुद्ध हुने र सफा-सुग्घर घर र मोटर-गाड़ीहरू राख्ने के आत्मिक कारण छन्‌?

१२ आज धेरै यहोवाका साक्षीहरूले सभाहरूमा र प्रचारको काममा जान मोटरको प्रयोग गर्छन्‌। कुनै कुनै देशमा, यहोवाको सेवा गर्न मोटर गाड़ी अति नै आवश्‍यक छ। यसकारण, आफ्नो मोटर गाड़ीलाई, घरलाई जस्तै सफा-सुग्घर राख्नु उचित छ। निश्‍चय, कुनै कुनै सांसारिक मानिसहरूले झैं, मसीहीहरूले आफ्नो मोटरलाई बढ़ता ध्यान दिन मिल्दैन। तर यहोवाका सेवकहरूले आफ्नो मोटर हेर्दा सफा र ठीक अवस्थामा चाहिं राख्ने कोशिश गर्नु पर्दछ। कुनै कुनै देशहरूमा, पेट्रोल भर्ने ठाउँमा मोटर धुने प्रबन्ध हुन्छ र त्यहाँ नता धेरै पैसा लाग्छ न समय। जहाँ सम्म मोटर भित्रको सफाईको कुरा छ, दस मिनटको सफाइ धेरै नै लाभदायक हुन सक्दछ। यस सम्बन्धमा, विशेष गरी प्राचीनहरू र सहायक सेवकहरू होशियार हुन पर्छ किनभने तिनीहरूले प्रचारकहरूको टोलीलाई अकसर आफ्नो मोटरमा हालेर क्षेत्र सेवकाईका लागि लग्ने गर्छन्‌। कुनै प्रचारकले चासो देखाउने मानिसलाई आफ्नो मोटरमा हालेर सभामा उपस्थित हुन लैजाँदा, आफ्नो मोटर चाहिं फोहोर छ भने, त्यसबाट राम्रो साक्षी दिने काम हुनेछैन।

१३ यसकारण, शारीरिक तौरमा सफा हुने र आफू बस्ने घरहरू र मोटरहरूलाई सफा-सुग्घर राख्ने कोशिश गरेर, हामी यहोवाको सफा सङ्‌गठनका सदस्यहरू भएर उहाँको श्रद्धा गर्दछौं।

आत्मिक बलिदानहरू चढ़ाउने बेलाको शुद्धता

१४. इस्राएलमा वैधिक शुद्धता कायम राख्न के कस्ता नियमहरू थिए र यी नियमहरूले के सङ्‌केत गर्छन्‌?

१४ इस्राएलमा उपसनासँग सम्बन्धित औपचारिक शुद्धता अत्यावश्‍यक थियो र यसको पालन न गरेमा, मृत्यु-दण्डको सजाए पाउन सकिन्थ्यो। यहोवाले मोशा र हारूनलाई एसो भन्‍नु भयो: “तिमीहरूले इस्राएलीहरूलाई तिनका अशुद्धिबाट अलग्गै राख, नत्रता तिनीहरूका बीचमा रहेको मेरो बासस्थान तिनीहरूले दूषित पार्दा तिनीहरू आफ्ना अशुद्धिमा मर्लान्‌।” (लेवी १५:३१) प्रायश्‍चितको दिनमा, प्रधान पुजाहारीले आफ्नो सम्पूर्ण शरीरलाई पानीले दुई चोटी धुनु पर्दथियो। (लेवी १६:४, २३, २४) यहोवालाई बलिदान चढ़ाउनु अघि पुजारीहरूले स्नान गर्ने पानी वेदीको पितले भाँड़ा र मन्दिरको ठूलो तामाको समुद्रमा राखिन्थ्यो। (प्रस्थान ३०:१७-२१; २ इतिहास ४:६) तर आम इस्राएलीहरूका लागि नियम के थियो? तिनीहरू कुनै कारणवस वैधिक रूपमा अशुद्ध भएको खण्डमा, चोखिने आवश्‍यकताहरू पूरा नगरूञ्जेल, तिनीहरूले उपासनामा भाग लिन पाउँदैन थिए। (गन्ती १९:११-२२) यी सबै नियमहरूले पवित्र परमेश्‍वर यहोवाको उपासना गर्नेहरूबाट शुद्धताको माँग गरिन्छ भन्‍ने कुरा माथि जोड़ दिएको थियो।

१५. जनावरहरू बलि चढ़ाउन अब किन आवश्‍यक छैन र के प्रश्‍नहरू उठदछन्‌?

१५ हो, आज यहोवाका मानिसहरूले कुनै पार्थिव मन्दिरमा जनावरहरूको बलिदान चढ़ाउन पर्दैन। व्यवस्था अन्तर्गत चढ़ाइने बलिदानहरूको ठाउँमा “येशू ख्रीष्टको शरीरको एकैचोटिको अर्पण” आएको छ। (हिब्रू १०:८-१०) हामीहरू “पितालाई आत्मा र सत्यतामा” पुज्दछौं। (यूहन्‍ना ४:२३, २४) तर के यसको अर्थ हाम्रो पवित्र परमेश्‍वर यहोवालाई चढ़ाउने हामीसँग कुनै बलिदन नै छैन? र इस्राएलीहरूबाट जुन मात्रामा शुद्धताको माँग गरिन्थ्यो, के हामीबाट त्यो भन्दा कम मात्रामा गरिन्छ?

१६. १९१८ देखिन्‌ अभिषिक्‍त मसीहीहरूमा मलाकी ३:३, ४ मा उल्लेखित्‌ अगमवाणी कसरी पूरा भएको छ र तिनीहरूले यहोवालाई कुन ग्रहणयोग्य बलिदानहरू चढ़ाउन सक्छन्‌?

१६ मलाकीको अगमवाणी अनुसार, अन्तको समयमा हुने अभिषिक्‍त मसीहीहरू शुद्ध पारिनेछन्‌ अथवा मन्दिरको सेवाको निम्ति चोखिनेछन्‌। यो चोखिने प्रकृया १९१८ देखिन्‌ शुरू भयो भनेर इतिहासले देखाउँदछ। १९१९ देखिन्‌ अभिषिक्‍त जनहरू वास्तवमा यहोवाको निम्ति “धर्मसित . . . भेटी” चढ़ाउनेहरू भएका छन्‌ र तिनीहरूले चढ़ाएको भेटी “परमप्रभुलाई [यहोवालाई NW] मन पर्नलाग्छ।” (मलाकी ३:३, ४) यस प्रकार, तिनीहरूले “येशू ख्रीष्ट द्वारा परमेश्‍वरमा ग्रहणयोग्य आत्मिक बलिदान” चढ़ाउन सकेका छन्‌। (१ पत्रुस २:५) प्रेरित पावलले एसो भनेर लेखे: “तब उहाँद्वारानै हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।”—हिब्रू १३:१५.

१७. “ठूलो भीड़” राजकीय पुजारीहरूको एउटा भाग नभए तापनि, तिनीहरू किन शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रूपमा शुद्ध हुनु पर्छ?

१७ अभिषिक्‍त जनहरूले झैं, “ठूलो भीड़ले” मन्दिरमा पुजारी भएर सेवा गर्ने बुलावा नपाएको भएतापनि, तिनीहरूले “दिन-रात . . . [यहोवाको] सेवा” उहाँको आत्मिक मन्दिरको पार्थिव चोकमा गरिरहेकाछन्‌। (प्रकाश ७:९, १०, १५) गैर इस्राएलीहरूले पनि वेदीमा अथवा पछि मन्दिरमा हुने उपासनामा भाग लिनका लागि आफूलाई नियम अनुसार शुद्ध पार्नु पर्दथियो। त्यसै प्रकार, आज ठूलो भीड़का अरू भेड़ाहरूले मन्दिरमा सेवा गर्न अथवा शेष अभिषिक्‍त जनहरूसँग मिलेर “परमेश्‍वरलाई स्तुतिको बलिदान” चढ़ाउन चाहन्छन्‌ भने, तिनीहरू पनि शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक तौरमा शुद्ध हुन पर्छ।

क्षेत्र सेवकाई र सभाहरूका लागि सफा र सुग्घर

१८. घर-घर गएर साक्षी दिने काममा भाग लिंदा र सभाहरूमा उपस्थित हुँदा, व्यक्‍तिगत सफाइ, कपड़ा-लता र खुट्टाको पहिरन बारे हामीले के विचार गर्नु पर्छ?

१८ व्यवहारिक ढङ्‌गमा यसको अर्थ के हो? फोहोर शरीर साथ अथवा अनुचित कपड़ा पहिरेर हामीले घर-घरमा, सडकहरूमा या कसैको घरमा यहोवाको प्रतिनिधित्व गर्नु उहाँको ठूलो अपमान र अनादर हुनेछ। यसकारण, हामी यी कुराहरू बारे लापरवाह हुनु हुँदैन। यहोवाको नाउँ लिएर हिड़ने सेवकहरूलाई सुहाउँने गरी व्यवहार गर्न, हामीले यी कुराहरूमाथि विशेष ध्यान दिनु पर्दछ। हामीले लगाएको कपड़ा महँगो हुनु पर्दैन तर ती सफा, भद्र र मर्यादित हुन आवश्‍यक छ। हामीले खुट्टामा लाउने जुत्ता पनि हेर्दा राम्रो र ठीक अवस्थामा हुनु पर्दछ। त्यस्तै गरी, जम्मै सभाहरूमा अर्थात्‌ मण्डलीको बुक स्टडी समेतमा, हाम्रो शरीर सफा हुनु पर्दछ र हाम्रो पहिरन भद्र र शिष्ट हुनु पर्छ।

१९. मसीही सेवकहरू भएर हामी सफा र सुग्घर देखियौं भने, के आत्मिक लाभहरू हुनेछन्‌?

१९ हामी सफा-सुग्घर भएर प्रचारको काम गर्नु र सभाहरूमा जानु, “परमेश्‍वर हाम्रा उद्धारकर्त्ताको सिद्धान्तको शोभा बढ़ाउने” एउटा अर्को ढ़ङ्‌ग हो। (तितस २:१०) यो नै एउटा साक्षीको काम हुनेछ। हाम्रो सफा-सुग्घरता देखेर धेरै मानिसहरू प्रभावित भएका छन्‌ र यसैकारण, एउटा धार्मिक स्वर्ग र एउटा सफा पृथ्वी ल्याउने यहोवाको महान उद्देश्‍यसँग सम्बन्धित हाम्रो समाचार तिनीहरूले सुनेकाछन्‌।—२ पत्रुस ३:१३.

२०. हामी शरीर र मनमा सफा रह्‍यौं भने, अरू के असल फल पाउने छौं?

२० जसै यहोवाको नया र सफा रीति-रिवाज नजीकै आउँछ, हाम्रो सोंचाइ अथवा व्यक्‍तिगत आनी-बानीमा केही परिवर्त्तन ल्याउन खाँचो छ छैन भनेर आफैले आफैलाई जाँच गर्नु आवश्‍यक छ। पावलले एसो भनेर लेखे: “तिमीहरूको कमजोरीको कारणले म मानिसको रीतिले बोल्दछु, किनकि जसरी तिमीहरूले आफ्ना इन्द्रियहरूलाई अशुद्धताको अधर्मीपनाको निम्ति अधर्मीपनालाई दासजस्तै समर्पण गर्‌यौ, अब त्यसरीनै पवित्र हुनालाई आफ्ना इन्द्रियहरूलाई धार्मिकताको निम्ति दासजस्तै गरी समर्पण गर।” (रोमी ६:१९) आत्मिक र शारीरिक सफाइले आज पनि राम्रो फल ल्याउँछ, अर्थात्‌ “फल . . . तिमीहरूको पवित्रताको निम्ति र त्यसको अन्त्य चाहिं अनन्त जीवन” हुनेछ। (रोमी ६:२२) यसकारण, आउनुहोस्‌, हामी मन र शरीरमा शुद्ध होउँ र ‘आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरलाई मन पर्ने बलिदान गरी’ दिइहालौं।—रोमी १२:१. (w89 6/1)

[फुटनोट]

a गाह्रो परिस्थितिहरूमा व्यक्‍तिगत शुद्धताबारे दिइएका व्यवहारिक सल्लाहरूका लागि, सित्तम्बर २२, १९८८ को, अवेक! पाना ८-११ मा प्रकाशित्‌ “मिटिंग दी च्यालेन्ज अफ क्लिनलिनेस” नाउँको लेख हेर्नुहोस्‌.

पुनःयाद गर्नु पर्ने कुराहरू

◻ हाम्रा आँखा र हृदयले हामीलाई कसरी अनैतिक चाल-चलन तिर लैजान सक्नेछ?

◻ सामूहिक र व्यक्‍तिगत शुद्धताबारे यहोवाले दिनु भएको नियमहरूको पालन गर्दा इस्राएलीहरूले के लाभ अनुभव गर्द थिए?

◻ बेथेलहरूमा प्रयोग गरिने कुन सिद्धान्तहरू प्रत्यक मसीही घरमा लागू हुनु पर्ने हो?

◻ हामीहरू आफ्नो शारीरिक व्यक्‍तित्वबारे विशेष गरी कति बेला सावधान हुनु पर्छ?

◻ आफ्ना घर र मोटर-गाड़ीहरू सफा-सुग्घर राख्ने यहोवाका साक्षीहरूको के आत्मिक कारणहरू छन्‌?

[पृष्ठ १५-मा भएको चित्र]

“बेथेलमा जीवन बिताउनेहरूले उच्च शारीरिक, नैतिक र आध्यात्मिक सिद्धान्तहरू कायम राख्नु पर्दछ”

[पृष्ठ १६-मा भएको चित्र]

के कुनै गृहिणीले, परिवारका अविचारशील सदस्यहरूको कारण, प्रत्यक दिन सफाइ गर्ने काममा बिताउनु उचित हो र?

[पृष्ठ १७-मा भएको चित्र]

मोटरको भित्र पट्टि सफा गर्नमा दस मिनट मात्र बिताउनु भयो भने पनि, धेरै नै गर्न सक्नु हुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने