प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km06 अगस्त p. ८
  • नयाँ क्षेत्रीय सम्मेलन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ क्षेत्रीय सम्मेलन
  • हाम्रो राज्य सेवकाई—२००६
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ क्षेत्रीय सम्मेलन कार्यक्रम
    हाम्रो राज्य सेवकाई—१९९५
  • हाम्रो आध्यात्मिकता जोगाउन हामीलाई मदत दिने क्षेत्रीय सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००९
  • नयाँ विशेष सम्मेलन
    हाम्रो राज्य सेवकाई—२००६
  • ‘ठीक-ठीक समयमा खानाको’ प्रबन्ध
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००६
km06 अगस्त p. ८

नयाँ क्षेत्रीय सम्मेलन

यस संसारले वर्तमान रीतिरिवाजको अन्त नजिकै छ भनेर कहिल्यै छनक दिन चाहँदैन। तर वास्तविक कुरा के हो, परमेश्‍वरको वचनले बताउँछ। (१ यूह. २:१५-१७) पृथ्वीमा धन-सम्पत्ति थुपार्नु बेकारको टन्टाबाहेक केही होइन भनेर बुझ्न बाइबलले हामीलाई मदत गर्छ। परमेश्‍वरका जनहरूलाई प्रोत्साहन अनि बल दिन सन्‌ २००७ सेवा वर्षको क्षेत्रीय सम्मेलनको मूल विषय “स्वर्गमा धन-सम्पत्ति थुपार” राखिएको छ।—मत्ती ६:१९, २०.

एफिसी २:२ मा उल्लिखित “आकाशको शक्‍ति” अर्थात्‌ अहिले “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा[को]” एउटा पक्ष भौतिकवादी सोचाइ पनि हो। हामीले सास फेर्ने हावा जताततै पाइएजस्तै “संसारको आत्मा” यो रीतिरिवाजमा चारैतिर व्याप्त छ। (१ कोरि. २:१२) यसलाई बाइबलमा “मालिक” भनिएको छ किनभने यसले ठूलो प्रभाव पार्छ। नयाँ क्षेत्रीय सम्मेलनले संसारको भौतिकवादी विचार त्याग्न र परमेश्‍वरको राज्यलाई प्राथमिकता दिन हामीलाई मदत गर्नेछ। (मत्ती ६:३३) विभिन्‍न किसिमका दबाब अनि परीक्षाहरूले सताइरहेको बेलासमेत हामी कसरी यहोवामाथि भर परेर आफ्नो सेवकाई पूरा गर्न सक्छौं, त्यो पनि नयाँ क्षेत्रीय सम्मेलनले सिकाउनेछ।

त्यसकारण क्षेत्रीय सम्मेलनमा दुवै दिन उपस्थित भएर “झन्‌ बढी उत्कट ध्यान” दिने संकल्प गरौं। (हिब्रू २:१) आफूलाई काम लाग्ने अथवा प्रचारमा जाँदा चलाउन मिल्ने कुनै नयाँ कुरा सिक्नुभयो भने छोटकरीमा लेखेर राख्न नबिर्सनुहोस्‌। यस आध्यात्मिक भोजको सुरुदेखि अन्तसम्मै उपस्थित भएर ‘स्वर्गमा धन-सम्पत्ति थुपार्ने’ प्रोत्साहन अनि बल पाउनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने