प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 फेब्रुअरी p. ७
  • अनावश्‍यक दया देखाउनदेखि होसियार रहनु होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अनावश्‍यक दया देखाउनदेखि होसियार रहनु होस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • मण्डलीलाई कसरी व्यवस्थित बनाइएको हुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • स्थानीय र विश्‍वव्यापी तवरमा राज्यसम्बन्धी गतिविधिलाई सहयोग गर्नुहोस्‌
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • एल्डरहरू हो, प्रेषित पावलको अनुकरण गरिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 फेब्रुअरी p. ७

अनावश्‍यक दया देखाउनदेखि होसियार रहनु होस्‌

१ यहोवाका जनहरूको उदारता र दयालु भाव प्रायः सबैलाई नै थाह भएकै कुरा हो। अक्सर यो भाव भौतिक तरिकामा प्रदर्शित हुन्छ। विशेषगरी जब हामीले येशूको हृदयग्राही दृष्टान्तमा देखाइएको मायालु सामरीलाई अनुकरण गर्दछौं। (लूका १०:२९-३७) तर कहिलकाहीं भौतिक मदतको योग्य नहुने मानिसहरूले पनि हाम्रो दयाको नाजाएज फायदा उठाउन खोज्छन्‌। यसकारण, अरूहरूका लागि हाम्रो प्रेम “ज्ञान र सबै विवेक”-का साथ सन्तुलित हुनु पर्छ।—फिलि० १:९.

२ मण्डली भित्र: उदाहरणका लागि, कसैकसैले जागिर छैन भन्दै अथवा यस्तै कुनै निहुँ गर्दै हामीबाट सहायता माग्छन्‌। कुनै बेला त यी व्यक्‍तिहरूले राम्ररी जागिर खोज्ने प्रयासै पनि गरेका हुँदैनन्‌। आफ्ना लागि अरूहरूले नै जीवनका दैनिक आवश्‍यकताहरूको प्रबन्ध गरी दिएको तिनीहरू चाहन्छन्‌। यस्ताहरूको विषयमा प्रेरित पावलले यो आदेश दिए: “कसैले यदि काम गर्दैन भनेता खाना पनि नखाओस्‌।”—२ थिस्स० ३:१०.

३ “समय र अवसर”-को मार सबैमाथि पर्न सक्छ। अतः भौतिक कुराहरू अथवा “दिनभरिको भोजन”-को अभाव अनुभव गर्दा हामी अति नै चिन्तित हुनु हुँदैन। किनभने यहोवाप्रति प्रेम राख्ने र उहाँको इच्छा गर्नेहरूका निम्ति उहाँले चाहिंदो कुराहरू उपलब्ध गराइ दिनु हुन्छ। (उप० ९:११; मत्ती ६:११, ३१, ३२) साँच्चै नै खाँचोमा परेको व्यक्‍तिले सम्भवतः एक जना प्राचीनसित कुरा गर्न सक्छ। यस्तो स्थितिमा परेकाहरूलाई मदत दिने सरकारी योजनाबारे प्राचीनहरूलाई थाह हुन सक्छ। ती योजनाहरूबाट लाभ उठाउनका लागि पूरा गर्नु पर्ने कागजी कारबाई वा अन्य आवश्‍यकताहरूसित पनि प्राचीनहरू परिचित होलान्‌। होइन भने पनि मदत माग्ने प्रत्येक व्यक्‍तिको परिस्थितिलाई प्राचीनहरूले कमसे कम राम्ररी बुझ्न र उसका लागि के गर्न सकिन्छ, सो विचार गर्न चाहिं सक्नेछन्‌।—१ तिमोथी ५:३-१६ सित तुलना गर्नु होस्‌।

४ घुमन्ते ठगहरू: घुमन्ते ठगहरूले मण्डलीका केही व्यक्‍तिहरूबाट पैसा र मालताल ठगेर लग्दैछन्‌ भन्‍ने रिपोर्ट सोसाइटीकहाँ अझ पनि आउँदैछ। तर यसबाट हामी चकित हुनु हुँदैन किनभने “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन झन खराब हुँदै जानेछन्‌” भनी शास्त्रमा अग्रिम चेताउनी दिएको थियो। (२ तिमो० ३:१३) यस्ता ठगहरूले अक्सर आफू कुनै परिस्थितिवश फसादमा परेको तथा खाने र घर फर्कने खर्च नभएको अभिनय गर्छन्‌। यसो हेर्दा इमान्दार देखिए तापनि तिनीहरू प्रायः जसो कदापि पनि यहोवाका साक्षीहरू होइनन्‌। तिनीहरूले यहोवाका साक्षी हुने ढोङ्‌गमात्र रचेका हुन्छन्‌।

५ यसकारण, कुनै अपरिचित व्यक्‍तिले तपाईंलाई मदत मागेको खण्डमा सर्वप्रथम मण्डलीका प्राचीनहरूसित कुरा गर्नु होस्‌। अनि उनीहरूले नै त्यो व्यक्‍ति हाम्रो एक जना भाइ हो वा होइन भनी ठम्याउने जिम्मेवारी लिन सक्छन्‌। मदत माग्ने व्यक्‍तिबारे उसको आफ्नो मण्डलीमा के कस्तो नाउँ चलेको छ, सो पता लाउन उसको मण्डलीको एक जना प्राचीनलाई फोनद्वारा सोध्न सकिन्छ। यसप्रकारको सोधपूछ गर्नु सम्बन्धित सबै जनाको सुरक्षाका लागि हो भनेर अकस्मात अप्ठेरो स्थितिमा पर्ने हाम्रा साँच्चैका भाइ बहिनीहरूले बुझी दिनेछन्‌। सबै नै अपरिचित व्यक्‍तिहरूप्रति अति नै शङ्‌कालु दृष्टिकोण अपनाउनु आवश्‍यक नभए तापनि दुष्ट ठगाहाहरूदेखि चाहिं हामी सतर्क हुनु पर्छ।

६ बुद्धिमान राजा सुलेमानले यो सल्लाह दिएका थिए: “मानिसलाई दिने तेरो औकात छ भने त्यसलाई दया देखाउन अस्वीकार नगर।” (हितो० ३:२७) बुद्धि र विवेकको प्रयोग गरेर हामी दयावन्त तर अनावश्‍यक दया देखाउनदेखि होशियार हुन सक्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने