प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 सेप्टेम्बर p. ८
  • सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट बाइबल अध्ययन सुरु गर्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट बाइबल अध्ययन सुरु गर्ने
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल अध्ययन थाल्न के तपाईं अघि सर्नु हुँदै छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • रुचि देखाउने सबैसित सम्पर्क राखेर अरूलाई लाभान्वित हुन मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९५
  • पुनःभेटले बाइबल अध्ययनतर्फ डोऱ्‍याउँछ
    हाम्रो राज्य सेवकाई—२००३
  • सधैंभरि बाँच्नुहोस्‌ भन्‍ने पुस्तकबाट बाइबल अध्ययन सञ्चालन गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 सेप्टेम्बर p. ८

सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट बाइबल अध्ययन सुरु गर्ने

१ सत्यका लागि भोकाइरहेका र तिर्खाइरहेकाहरूलाई मदत गर्न तुरुन्तै फर्केर जान मानिसहरूप्रतिको प्रेमले हामीलाई उत्प्रेरित गर्नुपर्ने हो। (मत्ती ५:६) चासोको सानो झिल्को मात्र भेट्टायौं भने पनि हामीले त्यसलाई मनमा राख्नुपर्छ र त्यस्तो चासोलाई त्यसै निभ्न नदिन हामीले त्यसलाई बढाउँदै लानुपर्छ। सफलताको कुञ्जी तयारी हो।

२ हाम्रो लक्ष्य बाइबल अध्ययनहरू सुरु गर्ने हुनुपर्छ। (मत्ती २८:२०) सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकको प्रारम्भिक प्रतिहरूको भूमिकामा यस्तो टिप्पणी गरिएको थियो: “जुनसुकै शैक्षिकस्तरका जवान, वृद्ध सबैसँग अध्ययन गर्न चलाउन मिल्ने यो निस्सन्देह उत्तम पुस्तक हो।” सजिलैसित अध्ययन सञ्चालन गर्न र नयाँ प्रकाशकहरूले समेत भाग लिन सक्ने ढङ्‌गमा यो पुस्तक लेखिएको छ। नयाँ अध्ययनहरू सञ्चालन गर्न हामीले प्राप्त गर्न सक्ने सफलता हामीले कति प्रभावकारी पुनःभेटहरू गरेका छौं भन्‍ने कुरामा भर पर्छ।

३ हामी कसरी अध्ययन थालनी गर्नसक्छौं? फर्केर जाँदा आफूले प्रारम्भिक भेटमा उल्लेख गरेको कुनै बुँदा वा प्रश्‍नसित आफ्नो छलफललाई जोड्‌नु प्रायः बेस हुनेछ। शायद मृतकहरूको अवस्थाबारे छलफल गर्नुभएर “मरिसकेका हाम्रा प्रिय जनहरूका लागि के आशा छ?” भन्‍ने प्रश्‍न छोड्‌नुभएको थियो होला। त्यसो हो भने, पुनरुत्थानको आशा निराधार होइन भनी बताउनुहोस्‌; पुनरुत्थान भएका थुप्रै उदाहरणहरू बाइबलमा रेकर्ड गरिएका छन्‌। पृष्ठ १६७-९ मा दिइएका चित्रहरूलाई फेरि दोहोऱ्‍याउनुहोस्‌। त्यसपछि पृष्ठ १६६ को अनुच्छेद १ र २ मा उल्लिखित कुराहरू छलफल गर्नुहोस्‌। चासो देखिएमा अझ छलफल गर्न फर्केर आउने प्रस्ताव राख्नुहोस्‌।

४ छोराछोरी हुर्काउँदा अनुभव गरेको बढ्‌दो समस्याहरूप्रति चिन्ता व्यक्‍त गर्ने आमाबाबुसँग शायद तपाईंले कुरा गर्नुभएको थियो होला। यदि हो भने, आफ्नै शब्दमा तल भनेझैं केही भने हुन्छ:

▪“सबै आमाबाबु आफ्नो छोराछोरीको भलो चाहन्छन्‌। आफ्ना छोराछोरीलाई अर्थपूर्ण र उद्देश्‍यसहितको सन्तोषप्रद जीवन प्राप्त गर्न प्रशिक्षण दिन आमाबाबुहरूका लागि बाइबलमा निर्देशनहरू दिइएका छन्‌। त्यसैकारण एकै साथ मिलेर बाइबल अध्ययन गर्न हामी परिवारहरूलाई जोडदार सुझाव दिन्छौं। [पृष्ठ २४६, अनुच्छेद २३ उल्लेख गर्नुहोस्‌।] त्यसबाट प्राप्त गर्नुभएको ज्ञानले तपाईंको पूरै परिवारलाई चिरकालीन आशिष्‌ प्रदान गर्नसक्छ।” त्यसपछि यूहन्‍ना १७:३ पढ्‌नुहोस्‌। कसरी अध्ययन सुरु गर्ने भनी परिवारलाई देखाउन फर्केर आउने इच्छा जाहेर गर्नुहोस्‌।

५ तपाईं सानै उमेरको अथवा नयाँ प्रकाशक हुनुहुन्छ र पहिलो भेटमा प्रमोदवनको आशाबारे छोटो कुरा गर्नुभएको थियो भने सोही पुस्तकको पृष्ठ ३ खोलेर सोझै यसो भने हुन्छ:

▪“परमेश्‍वरको इच्छा पालन गर्ने जतिले आनन्द र शान्तिले भरपूर यस्तो पृथ्वीमा बाँच्ने आशा गर्नसक्छन्‌ भनी बाइबलले प्रतिज्ञा गर्छ। त्यस्तो आशिष्‌को आनन्द उठाउन हामीले के गर्नुपर्छ भनी यस पुस्तकले देखाउँछ।” सङ्‌क्षेपमा हाम्रो अध्ययन कसरी सञ्चालन गरिन्छ भनी बताउनुहोस्‌ र त्यसलाई प्रदर्शन गर्ने प्रस्ताव पनि राख्नुहोस्‌।

६ येशूका चेलाहरू भएकोले मानिसहरूलाई मदत गर्नु हाम्रो जिम्मेवारी हो। (रोमी १०:१४) हामीले साहित्य छाडेका थियौं अथवा राम्रो कुराकानी मात्र भए पनि गरेका थियौं भने त्यो चासोलाई अझ बढाउने हाम्रो जिम्मेवारी हो। (मत्ती ९:३७, ३८) यस कार्यभारलाई हामीले राम्ररी सँभाल्यौं भने त्यसबाट प्राप्त हुने आशिष्‌मा सबैले भाग लिन सक्नेछन्‌।—१ तिमो. ४:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने