प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 डिसेम्बर p. ८
  • उहाँको अनुयायी बन्‍न तिनीहरूलाई आग्रह गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उहाँको अनुयायी बन्‍न तिनीहरूलाई आग्रह गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • महान पुरुषको अनुसरण गर्न अरूलाई निमन्त्रित गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९४
  • परमेश्‍वरबाटको ज्ञानले थुप्रै प्रश्‍नको जवाफ दिन्छ
    हाम्रो राज्य सेवकाई—१९९७
  • क्षेत्र सेवकाईका लागि सुझावित प्रस्तुतिहरू
    हाम्रो राज्य सेवकाई—२००५
  • “अनन्त जीवन यही [हो]”
    हाम्रो राज्य सेवकाई—१९९६
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 डिसेम्बर p. ८

उहाँको अनुयायी बन्‍न तिनीहरूलाई आग्रह गर्नुहोस्‌

१ पहिलो कोरिन्थी ३:६ मा पावलले यसप्रकार लेखे: “मैले रोपें, अपोल्लसले पानी हाले, तर परमेश्‍वरले चाहिं बढ़ाउनुभयो।” ख्रीष्टको अधीनमा बसेर एकतापूर्वक काम गर्नु पर्ने आवश्‍यकतालाई बुझाउन पावलले भाइहरूसित सो तर्क गरे। यसप्रकार उनीहरूले यस रोप्ने र पानी हाल्ने काममा खेल्ने महत्त्वपूर्ण भूमिकाको मूल्याङ्‌कन गर्ने मदत पनि तिनले दिए।

२ हाम्रो समयमा त्यस जीवनदायी काम अन्त हुनुपर्छ। अतः समर्पित मसीहीहरू भएकोले अरूलाई येशूको अनुयायी बन्‍न मदत गर्ने गम्भीर जिम्मेवारी हामी वहन गर्छौं। (प्रे. १३:४८) आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक चलाएर तपाईंले मानिसहरूको मनमा जगाउनुभएको चासोलाई कसरी कायम राख्न सक्नुहुन्छ?

३ पुस्तक स्वीकार्ने व्यक्‍तिलाई भेट्‌न जाँदै हुनुहुन्छ भने तपाईं यसो भन्‍न सक्नुहुन्छ:

◼“मानिसको रूपमा हुनुहुँदा येशू कस्तो हुनुहुन्थ्यो भनेर हामीले अगिल्लो भेटमा कुरा गरेका थियौं। आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तक छोड्‌न पाउँदा मलाई निकै खुशी लागेको थियो। येशूको शिक्षा र उहाँको व्यक्‍तित्वबारे कुन कुराले तपाईंलाई सबैभन्दा प्रभाव पाऱ्‍यो?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय ११३ पल्टाएर येशूले देखाउनुभएको विनम्रताको असल उदाहरण छलफल गर्नुहोस्‌। येशूको नम्र मनोवृत्तिलाई प्रेरित पावलले कुन ढङ्‌गले हेरे भनी देखाउन फिलिप्पी २:८ पढ्‌नुहोस्‌। त्यसपछि नियमित रूपमा बाइबल अध्ययन गरेर अझ बढी कसरी सिक्न सकिन्छ, तपाईं वर्णन गर्न सक्नुहुन्छ।

४ शायद तपाईंलाई यस्तो परिचय मनपर्ला:

◼“येशूले साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ भनेर पृथ्वीमा हुनुहुँदा उहाँले गर्नुभएका कुन कुन कामहरूले देखाउँछ भनी हामीले कुरा गरेका थियौं। साह्रै नै कष्ट भोगिसकेका व्यक्‍तिहरूलाई अन्ततः उहाँले के गर्नुहुनेछ जस्तो तपाईंलाई लाग्छ?” जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि अध्याय १३३ पल्टाएर पाचौं अनुच्छेदमा भएका टिप्पणीहरू दोहोऱ्‍याउनुहोस्‌। अनि अर्को पृष्ठमा भएको चित्र देखाउनुहोस्‌। त्यसपछि परमेश्‍वरको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा भएपछि कस्तो हुनेछ, वर्णन गर्नुहोस्‌। यसबारे अझ धेरै सिक्दा हुने फाइदाहरू औंल्याउनुहोस्‌।

५ प्रथम भेटमा घरधनीले पुस्तक लिन अस्वीकार गरेको थियो भने, शायद तपाईंले यस ढङ्‌गमा छलफल सुरु गर्न सक्नुहुन्छ:

◼“आज अधिकांश व्यक्‍तिहरू आफूलाई मनपर्ने लोकप्रिय व्यक्‍तिको नक्कल उतार्छन्‌ भनेर हामी दुवै सहमत छौं जस्तो मलाई लाग्छ। मानिसले नक्कल गर्नेसक्ने सबैभन्दा उत्तम नमूना येशू ख्रीष्ट हुनुहुन्छ। येशूले बसाल्नुभएको उदाहरण अध्ययन गरेर मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण शिक्षा म तपाईंसित बाँड्‌न चाहन्छु। [महान पुरुष पुस्तकको अध्याय ४० पल्टाएर क्षमाशीलताबारे येशूले देखाउनुभएको दयालु उदाहरणमाथि ध्यान केन्द्रित गराउनुहोस्‌।] अरूसँग व्यवहार गर्दा यो गुण देखाउनु कत्तिको आवश्‍यक रहेछ भनेर यस उदाहरणले मलाई राम्ररी स्मरण गरायो।” मत्ती ५:७ पढ्‌नुहोस्‌। फेरि पुस्तक प्रस्तुत गर्ने वा के परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ? पुस्तिका टक्राउने यो उपयुक्‍त मौका हुनसक्छ।

६ अथवा तपाईं सोझै यसरी कुरा गर्न रुचाउनु हुन्छ होला:

◼“अगिल्लो पटक यहाँ आउँदा हामीले येशूबारे ज्ञान प्राप्त गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर छलफल गरेका थियौं। उहाँको ज्ञान लिनुको अर्थ ‘अनन्त जीवन पाउनु’ हो भनेर यूहन्‍ना १७:३ ले बताउँछ। तर यो ज्ञान कसरी लिनसक्छौं?” जवाफ दिने मौका दिनुहोस्‌। बाइबल अध्ययनसम्बन्धी हाम्रो प्रबन्ध र त्यसबाट कसरी फाइदा उठाउने, वर्णन गर्दै छलफल जारी राख्नुहोस्‌।

७ कटनी गर्ने खेतालाले “आफ्नो मेहनतअनुसार आफ्नो आफ्नै इनाम पाउनेछ” भनी पावल भन्छन्‌। (१ कोरि. ३:८) अरूलाई येशूको अनुयायी बन्‍ने मदत दिन कडा परिश्रम गऱ्‍यौं भने, अवश्‍य हाम्रो इनाम ठूलो हुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने