प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km09 अक्टोबर पृ. २
  • परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—२००९
  • मिल्दोजुल्दो सामग्री
  • सफल टेलिफोन साक्षी
    हाम्रो राज्य सेवकाई—२००१
  • टेलिफोन साक्षी—थुप्रैकहाँ पुग्ने तरिका
    हाम्रो राज्य सेवकाई—२०००
  • प्रश्‍न पेटी
    हाम्रो राज्य सेवकाई—२००३
  • घरको ढोकैमा र टेलिफोनद्वारा बाइबल अध्ययन सुरु गर्ने
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००९
km09 अक्टोबर पृ. २

परिवारको रूपमा सुसमाचार प्रस्तुत गर्नुहोस्‌

१. आमाबाबुले आफ्ना छोराछोरीलाई के सिकाउनुपर्छ?

१ आमाबाबुले आफ्नो छोराछोरीको मनमा रोपिदिन सक्ने एउटा एकदमै राम्रो गुण भनेको अरूलाई राज्यको सुसमाचार बाँड्‌ने इच्छा हो। जन्मैदेखि मन-मस्तिष्कको असिद्ध झुकावको कारण परमेश्‍वरलाई खुसी पार्न छोराछोरीबाट के आशा गरिन्छ तिनीहरूलाई सिकाइएको हुनैपर्छ। (भज. ७१:१७) साथै यहोवाले आमाबाबुलाई आफ्ना छोराछोरीलाई उहाँको नियम र आज्ञाहरू सिकाउने आदेश दिनुभयो। (व्यव. ६:६-९) छोराछोरीले यहोवालाई प्रेम गरोस्‌ र सेवकाईमा अरूलाई सुसमाचार बाँड्‌दा आनन्द पाओस्‌ भनेर के तपाईं तिनीहरूको हृदयलाई आकार दिन मदत गर्दै हुनुहुन्छ? के तपाईं छोराछोरीलाई क्षेत्र सेवकाईमा सँगै लानुहुन्छ?

२. आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी क्षेत्र सेवकाईमा प्रशिक्षण दिन सक्छन्‌?

२ क्षेत्र सेवकाईमा आफ्ना छोराछोरीलाई प्रशिक्षण दिनुहोस्‌: आमाबाबुले छोराछोरीलाई एकदमै सानो उमेर देखिनै क्षेत्र सेवकाईमा सँगै लाने प्रबन्ध मिलाउनुपर्छ। यो आमाबाबुको एउटा अभिभारा हो। छोराछोरी प्रकाशक भएपछि मात्र लगौंला नि भनेर पर्खनु हुँदैन। बुबा या आमा अथवा सम्भव छ भने दुवैले नै छोराछोरीलाई क्षेत्र सेवकाईमा नियमित प्रशिक्षण दिनुपर्छ। (हितो. २२:६) आमाबाबुले क्षेत्र सेवकाईलाई गम्भीरता पूर्वक लिएको अनि उचित तरिकाले सक्दो प्रचार गतिविधिमा भाग लिएको छोराछोरीले देखेका छन्‌ भने तिनीहरू आफ्ना आमाबाबुको उदाहरण अनुकरण गर्न उत्प्रेरित हुन सक्छन्‌।

३. छोराछोरीले क्षेत्र सेवकाईमा भाग लिन सक्ने केही तरिकाहरू के-के हुन्‌?

३ प्रायः एकदमै साना केटाकेटीले पनि घरधनीलाई पर्चा दिन सक्छन्‌। नयाँ व्यक्‍तिलाई राज्य भवनमा स्वागत गरिनेछ भन्‍ने कुरा थाह दिंदै सायद तिनीहरूले प्रचारकार्यमा निमन्त्रणा दिन सक्छन्‌। थुप्रै केटाकेटीले पत्रिकाको प्रयोगद्वारा साक्षी दिन रमाइलो मानेका छन्‌। तिनीहरूले हालसालैको अंकको छोटो प्रस्तुति तयार पार्छन्‌। आमाबाबुले घर-घरको प्रचारकार्यमा घरधनीलाई तिनीहरूको छोराछोरीले सेवकाईमा प्रशिक्षण लिंदैछन्‌ र आफूहरूसित प्रचारमा जाँदा रमाइलो मानिरहेका छन्‌ भनेर बताउन सक्छन्‌। प्रकाशक भइसकेका केटाकेटीलाई घर-घरको प्रचारको रेकर्ड राख्न अथवा ढोकामा बाइबल पद पढ्‌न लगाउन सकिन्छ। कोही-कोही केटाकेटीले त सानो उमेरमै आफ्ना आमाबाबुले दिएको उत्कृष्ट प्रशिक्षणको कारण घर-घरको प्रचारकार्यमा एकदमै राम्रो धर्मशास्त्रीय प्रस्तुति देखाउन सक्छन्‌।

४. यदि हामीले आफ्ना छोराछोरीलाई क्षेत्र सेवकाईमा प्रशिक्षण दिएका छौं भने कस्तो असल नतिजाको आशा गर्न सकिन्छ?

४ असल नतिजाको आशा गर्न सकिन्छ: हाम्रा साना केटाकेटीलाई प्रचारकार्यमा भाग लिन लगाउँदा तिनीहरू अझ धेरै आनन्दित भएको तपाईंहरू पनि स्वीकार्नुहुन्छ होला। ती साना केटाकेटीले आफ्नो कुरा एकदमै राम्ररी बताएको देखेर अक्सर घरधनी आफ्नो विचार पोख्न उत्प्रेरित भएका छन्‌। क्षेत्र सेवकाईमा सँगै काम गरेर आफ्ना छोराछोरीलाई सिकाउने समय निकाल्नुहोस्‌ र तिनीहरूलाई अर्थपूर्ण तरिकाले सेवकाईमा भाग लिन प्रशिक्षण दिनुहोस्‌। तपाईंको यो काममा यहोवा खुसी हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। हामीले सिकाएको कुरा छोराछोरीले लागू गरेको देख्न पाउनु कत्ति खुसी कुरा!—हितो. २३:१५, २४.

[अध्ययनका लागि प्रश्‍नहरू]

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने