प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ २/८ पृ. २९
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—२००२
  • मिल्दोजुल्दो सामग्री
  • म कसरी आफ्ना हजुरबा हजुरआमासित घनिष्ठ हुनसक्छु?
    ब्यूँझनुहोस्‌!—२००१
  • मैले किन आफ्नो हजुरबा हजुरआमालाई अझ राम्ररी चिन्‍नुपर्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • केही समस्याहरू के के हुन्‌?
    ब्यूँझनुहोस्‌!—१९९५
  • प्रेममा एकसाथ जीवन बिताउनु
    ब्यूँझनुहोस्‌!—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ २/८ पृ. २९

पाठकहरूका प्रतिक्रिया

हजुरबा हजुरआमा मैले भर्खरै मात्र “युवा जनहरू सोध्छन्‌ . . . म कसरी आफ्ना हजुरबा हजुरआमासित घनिष्ठ हुनसक्छु?” भन्‍ने लेख पढें। (जून ८, २००१) मेरा आमाबुबाले जहिले पनि बाजेबज्यैसित सम्बन्ध नतोड्‌नु भनेर प्रोत्साहन दिनुहुन्थ्यो तर आमाबुबा र मेरी आमापट्टिका बाजेबज्यैबीच भने सधैं झगडा भइरहने हुनाले मलाई उहाँहरूसित बोल्नु त्यति ठीक हुँदैन होला जस्तो लाग्थ्यो। उहाँहरूसित मेरो सम्बन्ध राम्रो होस्‌ भनी यहोवा चाहनुहुन्छ भन्‍ने कुरा बुझ्न मलाई यस लेखले मदत गऱ्‍यो। उहाँहरूको पक्ष वा विपक्षमा खडा हुनुको सट्टा म सधैं यहोवाको साथ दिनेछु।

सी. एल. एम., संयुक्‍त राज्य (g02 1/22)

हजुरबा हजुरआमाबारे कस्तो राम्रो लेख! चिठी लेख्ने विषयमा उल्लेख गर्नुभएको रहेछ मलाई साह्रै खुसी लाग्यो। म ३६ वर्षको भएँ र हामी ‘कम उमेरकाहरूमध्ये’ कोही-कोहीले आफूले पाएका चिठी वा कार्डहरू साँचेर राख्ने गर्छौं। यो बिल र विज्ञापन पत्रहरूभन्दा कता हो कता मूल्यवान्‌ छ!

एम. क्यु., संयुक्‍त राज्य (g02 1/22)

मेरो एउटा प्रश्‍न छ। मेरो हजुरबा सिकिस्त बिरामी हुनुहुन्छ अनि हजुरआमासित पनि धेरै पैसा छैन। उहाँहरूलाई बाहिर घुमाउन लैजान नसके तापनि म कसरी उहाँहरूसित घनिष्ठ हुन सक्छु?

टी. ओ., संयुक्‍त राज्य

“ब्यूँझनुहोस्‌!-को जवाफ: तपाईंका हजुरबा हजुरआमा नजिकै बस्नुहुन्छ भने, समय-समयमा उहाँहरूलाई भेट्‌न जान वा फोनमा कुरा गर्न सक्नुहुन्छ। उहाँहरूको परिस्थितिलाई बुझेर तपाईंले केही किनमेल गरिदिन सक्नुहुन्छ। यस लेखले उल्लेख गरेझैं उहाँहरूसित घनिष्ठ हुने अर्को तरिका चिठी लेख्नु पनि हुन सक्छ। जे भए तापनि, उहाँहरूसित सम्पर्क राख्ने प्रयास गर्नुभयो भने उहाँहरूले अवश्‍य त्यसको मूल्यांकन गर्नुहुनेछ। (g02 1/22)

टेलिफोनहरू म एउटा ठूलो शैक्षिक संस्थानको भौतिक शास्त्र विभागमा काम गर्छु र “टेलिफोन सम्पर्क कसरी हुन्छ?” (जून ८, २००१) भन्‍ने लेख मलाई साह्रै राम्रो लाग्यो। यो एकदमै स्पष्टसित लेखिएको थियो र आशा छ, भौतिक शास्त्र बुझ्न गाह्रो हुन्छ भन्ठान्‍नेहरूलाई पनि यो रोचक लाग्नेछ।

एस. टी., बेलाइत (g02 1/22)

“टेलिफोन सम्पर्क कसरी हुन्छ?” लेखको लागि धन्यवाद। मैले यसबारे धेरै चोटि सोच्ने गरेको छु। म उच्च माध्यामिक विद्यालयमा पढ्‌दैछु र मलाई ब्यूँझनुहोस्‌! पढ्‌न मन पर्छ। यो समयसापेक्ष प्रकाशन मेरा गृह कार्यहरूमा निकै मदतकारी साबित भएको छ। तपाईंहरूले गर्नुभएको परिश्रमको लागि धेरै धन्यवाद।

एच. डब्लु., संयुक्‍त राज्य (g02 1/22)

महासागरको वारपार सन्‌ १८६६ मा बिछ्याइएको टेलिग्राफ तार सबैभन्दा पहिलो होइन। सबैभन्दा पहिलो त १८५८ मा आयरल्याण्ड र न्युफाउन्डल्याण्डबीच बिछ्याइएको थियो। यो धेरै लामो समयसम्म नरहेको कारण सबैले बिर्सिसके।

एल. डी., बेलाइत

ब्यूँझनुहोस्‌!-को जवाफ: हाम्रो लेखमा “आन्ध्र महासागरको वारपार आयरल्याण्ड र न्युफाउन्डल्याण्डबीच ‘टेलिग्राफ’ केबुल १८६६ मा बिछ्याउन सम्भव भयो” भनेर मात्र उल्लेख गरेको छ। पहिलोचाहिं तपाईंले भन्‍नुभएझैं सन्‌ १८५८ मा सम्पन्‍न भयो। तथापि, यो केही हप्ताभित्रै काम नलाग्ने भयो र पछि त्यसलाई प्रयोगै गरिएन। (g02 1/22)

सफारी म १३ वर्षको भएँ र मलाई “घानाको सफारीमा” भन्‍ने लेख असाध्यै रमाइलो लाग्यो। (जून ८, २००१) मलाई जनावरहरूबारे पढ्‌न मन लाग्छ। कृपया यी पत्रिकाहरू छाप्न नछोड्‌नुहोला!

जे. डब्लु., संयुक्‍त राज्य (g02 1/8)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने