प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g22 सङ्‌ख्या १ पृ. ७-९
  • २ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?
  • कम खर्चमा कसरी गुजारा टार्ने
    थप लेखहरू
  • बुद्धिमानीपूर्वक पैसाको प्रयोग गर्नुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२५
  • पैसाको सदुपयोग कसरी गर्ने?
    सुखी परिवार तर कसरी?
  • पैसाको सदुपयोग
    ब्यूँझनुहोस्‌!—२०१९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२२
g22 सङ्‌ख्या १ पृ. ७-९
एक जना सिकर्मी किला ठोक्दै छन्‌।

डामाडोल संसारमा

२ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌

यस विषयमा किन चासो राख्नुपर्छ?

अहिले थुप्रैलाई हातमुख जोर्न समेत धौधौ परिरहेको छ। त्यसमाथि संसारको डामाडोल अवस्थाले गर्दा जीवन झन्‌झनै कठिन भइरहेको छ। किन?

  • सङ्‌कट आइपर्दा सबै कुरा महँगो हुन्छ। जस्तै: खानेकुरा, घरभाडा।

  • धेरै मानिस बेरोजगार हुन्छन्‌ वा थोरै तलबमा काम गर्नुपर्ने हुन्छ।

  • प्राकृतिक प्रकोप आउँदा मानिसहरूको व्यापार-व्यवसाय, घरबार अनि अरू सरसम्पत्ति नष्ट हुन्छन्‌। यसले गर्दा धेरै जना गरिबीमा धकेलिन्छन्‌।

तपाईँले के बुझ्नुपर्छ?

  • बुद्धिमानीपूर्वक पैसा प्रयोग गर्नुभयो भने सङ्‌कट आइपर्दा नआत्तिई त्यसको सामना गर्न सक्नुहुन्छ।

  • पैसाले सधैँ सुरक्षा दिन्छ भन्‍ने छैन किनभने आर्थिक उथलपुथल हुँदा आफूसित भएको पैसा र सरसम्पत्ति मूल्यहीन हुन सक्छन्‌।

  • पैसाले किन्‍न नसक्ने कुराहरू पनि छन्‌, जस्तै: आनन्द र परिवारको खुसी।

तपाईँ अहिल्यै के गर्न सक्नुहुन्छ?

बाइबल भन्छ: “खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।”—१ तिमोथि ६:८.

सन्तुष्ट हुन सिकेका छौँ भने दैनिक आवश्‍यकता पूरा हुँदा हामी खुसी हुनेछौँ, चाहनाहरूको पछि दौडनेछैनौँ। यसो गरेका छौँ भने आफूसित चाहेजति पैसा नहुँदा पनि सन्तुष्ट हुन सक्छौँ।

सन्तुष्ट हुन हामीले सरल जीवन बिताउने कोसिस गर्नुपर्छ। आफ्नो औकातले नभ्याउने कुराहरू किन्‍न थाल्यौँ भने समस्यामाथि समस्या थपिनेछ।

के गर्न सकिन्छ? केही सुझाव

विपद्‌को बेला आफ्नो पैसा र आफूसित भएका चिजबिज जोगाउन यी कदमहरू चाल्नुहोस्‌

खर्च घटाउनुहोस्‌

  • एउटी वृद्धा आफ्नै करेसाबारीमा फलेको गाँजर हेर्दै छिन्‌।

    खर्च घटाउनुहोस्‌

    आवश्‍यक नपरेका सरसामान वा लुगाफाटा नकिन्‍नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘के निजी सवारीसाधन नभए पनि हुन्छ? के म करेसाबारी लगाउन सक्छु?’

  • केही किन्‍नुअघि आफैलाई सोध्नुहोस्‌: ‘के यो साँच्चै आवश्‍यक छ? के यो किन्‍न मसित पैसा छ?’

  • सरकारले वा अरू कुनै सङ्‌घसंस्थाले केही सुविधा दिएको छ भने त्यो लिनुहोस्‌।

“हामी परिवारै बसेर छलफल गऱ्‍यौँ। हामीले रमाइलो गर्न धेरै पैसा खर्च गरिरहेका रहेछौँ। त्यसैले खर्च घटायौँ। अनि खाना बनाउँदा पनि खर्च घटाउने उपायहरू खोज्न थाल्यौँ।”—रोहन।

आम्दानी-खर्च हिसाब गर्नुहोस्‌

एउटी स्त्री क्यालकुलेटर प्रयोग गरेर रसिदहरूको हिसाब गर्दै छिन्‌।

आम्दानी-खर्च हिसाब गर्नुहोस्‌

बाइबल भन्छ: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।” (हितोपदेश २१:५) आम्दानी-खर्चको हिसाब गर्नुभयो भने आफ्नो आम्दानीभन्दा धेरै खर्च नगर्न मदत पुग्नेछ।

  • महिनामा कति जति आम्दानी हुन्छ, लेख्नुहोस्‌।

  • अनि प्रत्येक महिना के-कस्ता कुरामा कति खर्च भइरहेको छ, लेख्नुहोस्‌। त्यसो गर्नुभयो भने कुन कुरामा फजुल खर्च भइरहेको छ भनेर थाह पाउन सक्नुहुनेछ।

  • त्यसपछि आम्दानीभन्दा खर्च धेरै हुँदै छ कि हेर्नुहोस्‌। छ भने कहाँ खर्च घटाउन सकिन्छ, विचार गर्नुहोस्‌।

“हामी हरेक महिना आम्दानी-खर्चको हिसाब गर्छौँ। भइपरी आउने र पछि गर्नुपर्ने कुराको लागि पैसा छुट्ट्याउँछौँ। के-केमा खर्च गर्ने भनेर पहिल्यै योजना बनाएकोले अनावश्‍यक चिन्ता लिनुपरेको छैन।”—किरण।

ऋण नलिनुहोस्‌ / पैसा जोगाउनुहोस्‌

  • एउटी आमा सानी छोरीलाई खुत्रुकेमा पैसा खसाल्न मदत गर्दै छिन्‌।

    ऋण नलिनुहोस्‌ / पैसा जोगाउनुहोस्‌

    सकेसम्म ऋण लिँदै नलिनुहोस्‌। लिनै पऱ्‍यो भने पनि ऋणमाथि ऋण नथप्नुहोस्‌। बरु किन्‍नुपर्ने कुराको लागि पैसा जोगाउनुहोस्‌।

  • पछि गर्नुपर्ने वा भइपरी आउने कुराको लागि हरेक महिना केही पैसा छुट्ट्याउने बानी बसाल्नुहोस्‌।

मेहनत गर्नुहोस्‌ / काममा टिकिरहनुहोस्‌

बाइबल भन्छ: “मेहनतको फल मीठो हुन्छ।”—हितोपदेश १४:२३.

  • एक जना सिकर्मी किला ठोक्दै छन्‌।

    मेहनत गर्नुहोस्‌ / काममा टिकिरहनुहोस्‌

    कामप्रति सही मनोवृत्ति राख्नुहोस्‌। तपाईँले गरिरहनुभएको काम आफूले चाहेजस्तो काम होइन भने पनि त्यसबाट तपाईँको आम्दानी भइरहेको छ।

  • मेहनती र भरोसायोग्य हुने कोसिस गर्नुहोस्‌। यसले गर्दा तपाईँ काममा टिकिरहन सक्नुहुन्छ। यदि केही गरी काम गुमाउनुपऱ्‍यो भने पनि भविष्यमा राम्रो काम पाउने बाटो खुल्न सक्छ।

“म जे काम पाउँछु, त्यही गर्छु। मलाई मन पर्ने काम होइन अनि तलब पनि सोचेजस्तो छैन भने पनि त्यो काम गर्छु। म मेहनत गर्छु अनि अरूको लागि नभई आफ्नै लागि जस्तो गरेर राम्रो काम गर्छु।”—दिवस।

तपाईँ काम खोज्दै हुनुहुन्छ भने . . .

  • आफै अग्रसर हुनुहोस्‌। कुनै अफिस वा कम्पनीले विज्ञापन निकालेको छैन भने पनि तपाईँले गर्न सक्ने कुनै काम छ कि भनेर तिनीहरूसित सम्पर्क गर्नुहोस्‌। काम खोजिरहेको कुरा साथीभाइ र आफन्तलाई बताउनुहोस्‌।

  • खोजेको जस्तो काम पाएपछि मात्र गर्छु भनेर ढिपी नकस्नुहोस्‌। आफूले खोजेजस्तो सबै कुरा भएको जागिर पाउने सम्भावना कमै हुन्छ।

आमाबुबा खर्च हिसाब गर्दै छन्‌ र छोराछोरी बाहिर खेल्दै छन्‌।

थप जानकारी पाउनुहोस्‌। “कम खर्चमा कसरी गुजारा टार्ने” शीर्षकको लेख पढ्‌नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने