प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ७/१ पृ. १४-१५
  • के हामी अदृश्‍य परमेश्‍वरलाई देख्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के हामी अदृश्‍य परमेश्‍वरलाई देख्न सक्छौँ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिन्छ’
  • ‘उहाँको विषयमा एक मात्र छोराले बताउनुभएको छ’
  • अदृश्‍य परमेश्‍वरको जस्तै गुण देखाउनुभएको मानिस
  • जानकारी जम्मा गर्नुहोस्‌
  • यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • दृष्टिविहीनलाई यहोवाबारे सिक्न मदत गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • ‘बुबा को हो, छोराले प्रकट गर्न चाहन्छ’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • अदृश्‍यलाई देखेझैं गरी स्थिर रहनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ७/१ पृ. १४-१५
सृष्टिको सुन्दरता—पर्वतमाला, स्वच्छ ताल र हरिया रूखबिरुवा

के हामी अदृश्‍य परमेश्‍वरलाई देख्न सक्छौँ?

“परमेश्‍वर अदृश्‍य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।” (युहन्‍ना ४:२४) त्यसैले हामी उहाँलाई देख्न सक्दैनौँ। तर बाइबलमा कसै-कसैले परमेश्‍वरलाई देखेका छन्‌ भनी बताइएको छ। (हिब्रू ११:२७) यो कसरी सम्भव छ र? के हामी ‘अदृश्‍य परमेश्‍वरलाई’ साँच्चै देख्न सक्छौँ?—कलस्सी १:१५.

हाम्रो अवस्था एक जना दृष्टिविहीन व्यक्‍तिको जस्तै छ। कोही दृष्टिविहीन छ भन्दैमा संसारमा भइरहेका कुराहरूबारे तिनलाई केही पनि थाह हुँदैन भन्‍न मिल्छ? अहँ, मिल्दैन। दृष्टिविहीन व्यक्‍तिको दिमागले विभिन्‍न तरिकामा जानकारी हासिल गर्छ। यसरी तिनले आफूवरपर के भइरहेको छ, के-कस्ता चीजहरू छन्‌ र को मान्छे छ भन्‍ने कुरा थाह पाउँछन्‌। एक दृष्टिविहीन व्यक्‍तिले यसो भने: “देख्न नसके पनि म दिमागले सबै कुरा बुझ्न सक्छु।”

त्यसरी नै हामीले आफ्नो बाहिरी आँखाले परमेश्‍वरलाई देख्न नसके तापनि “मनको आँखा”-ले भने देख्न सक्छौँ। (एफिसी १:१८) कसरी? तीन वटा तरिका विचार गरौँ।

‘संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिन्छ’

अक्सर दृष्टिविहीन व्यक्‍तिको अन्य क्षमता असाध्यै तीखो हुन्छ। जस्तै: उसले सुनेको र छोएको भरमा धेरै कुरा बुझ्न सक्छ। त्यसैगरि हामीले पनि आफ्ना इन्द्रियहरू चलाएर संसारमा भएका सृष्टिका कुराहरूलाई जाँच्न सक्छौँ अनि ती सबै कुरा सृष्टि गर्नुहुने अदृश्‍य परमेश्‍वरलाई चिन्‍न सक्छौँ। ‘उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्‍ति र ईश्‍वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिन्छ।’—रोमी १:२०.

उदाहरणको लागि, पृथ्वीलाई कसरी डिजाइन गरिएको छ, विचार गर्नुहोस्‌। परमेश्‍वरले पृथ्वीमा हाम्रो जीवन धान्‍न चाहिने कुराहरू मात्र होइन, जीवनलाई आनन्दित बनाउने कुराहरू पनि दिनुभएको छ। मन्द हावा चल्दा, न्यानो घाम ताप्न पाउँदा, रसिलो फलफूलको स्वाद लिँदा वा चराचुरुङ्‌गीको चिरबिर-चिरबिर सुन्दा हामी मनैदेखि खुसी हुन्छौँ। परमेश्‍वरले दिनुभएको यस्ता उपहारहरूले उहाँ दयालु र उदार हुनुहुन्छ अनि हाम्रो ख्याल राख्नुहुन्छ भनेर स्पष्ट हुँदैन र?

ब्रह्‍माण्डमा भएका कुराहरू हेरेर हामी परमेश्‍वरबारे के सिक्न सक्छौँ? उहाँ शक्‍तिशाली हुनुहुन्छ भनेर सिक्न सक्छौँ। हालै वैज्ञानिकहरूले ब्रह्‍माण्ड पहिलेभन्दा तीव्र गतिमा फैलँदै गइरहेको कुरा पत्ता लगाएका छन्‌। रातमा आकाशतिर हेरेर यसो सोच्नुहोस्‌: ‘कुन शक्‍तिले गर्दा ब्रह्‍माण्ड तीव्र गतिमा फैलँदै छ? यस्तो अथाह शक्‍ति कहाँबाट आयो?’ बाइबलले सृष्टिकर्तासित “अथाह शक्‍ति” छ भनी बताउँछ। (यसैया ४०:२६) परमेश्‍वरको सृष्टिले उहाँ “सर्वशक्‍तिमान्‌” हुनुहुन्छ र “उहाँको शक्‍ति अथाह छ” भनेर देखाउँछ।—अय्युब ३७:२३.

‘उहाँको विषयमा एक मात्र छोराले बताउनुभएको छ’

दुई जना दृष्टिविहीन बच्चाकी आमा यसो भन्छिन्‌: “सुनेर मात्रै पनि तिनीहरूले धेरै कुरा सिक्छन्‌। घरभित्र होस्‌ वा बाहिर, आफूले देखेको अनि सुनेको सबै कुरा तिनीहरूलाई बताउनुभयो भने तपाईँ नै तिनीहरूका लागि आँखा हुनुहुनेछ।” त्यसैगरि “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन” तर “उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने एक मात्र छोरा . . . [येसु ख्रिष्टले] बताउनुभएको छ।” (युहन्‍ना १:१८) परमेश्‍वरको पहिलो सृष्टि र एक मात्र छोरा येसु ख्रिष्ट हाम्रो लागि “आँखा” हुनुभयो, जसमार्फत हामी परमेश्‍वरको विषयमा बुझ्न सक्छौँ। अदृश्‍य परमेश्‍वरको विषयमा सबैभन्दा राम्रोसित येसुले मात्रै बताउन सक्नुहुन्छ।

आफ्नो बुबासँग युगौँयुग बिताउनुभएको येसु ख्रिष्टले परमेश्‍वरबारे के-कस्ता कुराहरू बताउनुभएको छ, विचार गरौँ:

  • परमेश्‍वर निरन्तर काम गर्नुहुन्छ। “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ।”—युहन्‍ना ५:१७.

  • हामीलाई के चाहिन्छ भनी परमेश्‍वरलाई थाह छ। “तिमीहरूले माग्नुभन्दा अघि नै तिमीहरूलाई के चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ।”—मत्ति ६:८.

  • परमेश्‍वर दयालु भई हाम्रो आवश्‍यकता पूरा गर्नुहुन्छ। ‘स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले दुष्ट र सज्जन दुवैमाथि घाम लगाइदिनुहुन्छ अनि धर्मी र अधर्मी दुवैमाथि पानी बर्साउनुहुन्छ।’—मत्ति ५:४५.

  • परमेश्‍वर प्रत्येक व्यक्‍तिलाई बहुमूल्य ठान्‍नुहुन्छ। “के दुई वटा भँगेरा एक पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन। तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्‌। त्यसैले नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।”—मत्ति १०:२९-३१.

अदृश्‍य परमेश्‍वरको जस्तै गुण देखाउनुभएको मानिस

दृष्टिविहीन व्यक्‍तिहरूको बुझ्ने तरिका पनि निकै फरक हुन्छ। साधारणतया मानिसहरू छाया भन्‍नेबित्तिकै घामको प्रकाश नपरेको अँध्यारो ठाउँ भनेर बुझ्छन्‌। तर दृष्टिविहीन व्यक्‍तिहरूले भने छायालाई घामको तापबाट जोगाउने शीतल ठाउँको रूपमा बुझ्छन्‌। दृष्टिविहीन व्यक्‍तिले छाया वा घाम देख्न नसकेझैँ हामीले पनि आफ्नै भरमा यहोवा परमेश्‍वरलाई कहिल्यै चिन्‍न सक्दैनौँ। त्यसैले हामीले उहाँलाई राम्ररी चिन्‍न सकौँ भनेर उहाँले आफ्नो जस्तै व्यक्‍तित्व अनि गुण भएको एक जना मानिस पठाउनुभयो।

त्यो मानिस येसु ख्रिष्ट हुनुहुन्छ। (फिलिप्पी २:७) येसु ख्रिष्टले आफ्नो बुबाबारे बताउनु मात्र भएन, उहाँले परमेश्‍वर कस्तो हुनुहुन्छ भनेर देखाउनु पनि भयो। येसुका चेला फिलिपले यस्तो आग्रह गरे: “प्रभु, हामीलाई बुबा देखाइदिनुहोस्‌।” अनि येसुले यसो भन्‍नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।” (युहन्‍ना १४:८, ९) येसुको व्यवहारद्वारा तपाईँ यहोवा परमेश्‍वरलाई कसरी ‘देख्न’ सक्नुहुन्छ?

येसु कोमल स्वभावको, नम्र र कुरा गर्न सजिलो व्यक्‍ति हुनुहुन्थ्यो। (मत्ति ११:२८-३०) उहाँ अरूलाई स्फूर्ति दिनुहुन्थ्यो। त्यसैले मानिसहरू उहाँसित नजिकिन्थे। येसु अरूको दुःखमा रुनुभयो र खुसीमा रमाउनुभयो। (लुका १०:१७, २१; युहन्‍ना ११:३२-३५) येसुबारे बाइबलको कुनै विवरण पढ्‌नुहुँदा वा सुन्‍नुहुँदा आफू पनि उहाँसँगै भएको कल्पना गर्नुहोस्‌। उहाँले मानिसहरूसित कसरी व्यवहार गर्नुभयो भन्‍ने कुरामा मनन गर्नुहोस्‌। यसो गर्दा तपाईँले परमेश्‍वरका आकर्षक गुणहरूबारे अझ राम्रोसँग थाह पाउन अनि उहाँसित नजिक हुन सक्नुहुनेछ।

जानकारी जम्मा गर्नुहोस्‌

दृष्टिविहीन व्यक्‍तिले संसारमा भएका कुराहरूलाई कसरी बुझ्छ भन्‍ने विषयमा एक लेखिकाले यसो भनिन्‌: “दृष्टिविहीन व्यक्‍तिले विभिन्‍न स्रोतबाट (स्पर्श, बास्ना, आवाज इत्यादि) अलि-अलि गर्दै जानकारी पाउँछ अनि ती जानकारीहरूलाई जम्मा गरेर आफ्नो दिमागमा एउटा चित्र बनाउँछ।” त्यसैगरि परमेश्‍वरको सृष्टिका कामहरूलाई हेर्दा, येसुले आफ्नो बुबाबारे बताउनुभएका कुराहरूबारे पढ्‌दा अनि उहाँले परमेश्‍वरका गुणहरू झल्काउनुभएको कुराबारे मनन गर्दा तपाईँले यहोवा परमेश्‍वरलाई एक अर्थमा देख्न सक्नुहुन्छ। उहाँ तपाईँलाई अझ वास्तविक लाग्नेछ।

धेरै पहिला अय्युब भन्‍ने एक जना व्यक्‍तिले पनि यहोवा परमेश्‍वरलाई देखेझैँ महसुस गरे। सुरुमा त तिनी “सोचविचार नगरी” बोलिरहेका थिए। (अय्युब ४२:३) तर परमेश्‍वरको सृष्टिका अचम्मका कामहरूबारे मनन गरेपछि अय्युब यसो भन्‍न बाध्य भए: “मैले त तपाईँबारे सुनेको मात्र थिएँ तर अब भने आफ्नै आँखाले तपाईँलाई देखेँ।”—अय्युब ४२:५.

‘तिमीले यहोवाको खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ’

तपाईँले पनि अय्युबले जस्तै महसुस गर्न सक्नुहुन्छ। बाइबल यसो भन्छ: “तिमीले [यहोवाको] खोजी गऱ्‍यौ भने उहाँलाई भेट्टाउनेछौ।” (१ इतिहास २८:९) अदृश्‍य परमेश्‍वरलाई खोज्न र भेट्टाउन चाहनुहुन्छ भने यहोवाका साक्षीहरू तपाईँलाई मदत गर्न तयार छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने