प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 सङ्‌ख्या ४ पृ. ३
  • अलमल्लमा पार्ने एउटा प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अलमल्लमा पार्ने एउटा प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • मृत्युपछि जीवन—मानिसहरू के विश्‍वास गर्छन्‌?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • प्राणको लागि उत्तम आशा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के प्राण अमर हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 सङ्‌ख्या ४ पृ. ३
एक महिला बलिरहेको मैनबत्ती अगाडि हातमा माला लिएर प्रार्थना गर्दै

प्रायजसो सबै मुख्य धर्मका धर्मावलम्बीहरूले मानिससँग अमर आत्मा छ भनेर विश्‍वास गर्छन्‌

आवरण लेख | जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ?

अलमल्लमा पार्ने एउटा प्रश्‍न

जीवन र मृत्युबारे थुप्रैको आ-आफ्नै धारणा छ। कसै-कसैलाई हामी मरेपछि पनि अर्कै संसारमा वा अर्कै रूप धारण गरेर बाँचिरहन्छौं भन्‍ने लाग्छ। कोहीचाहिं हामीले अर्को जुनी फेर्छौं भनेर विश्‍वास गर्छन्‌। अनि अरू चाहिं मरेपछि सबै खतम हुन्छ भन्छन्‌।

हुर्के बढेको ठाउँ वा पृष्ठभूमिअनुसार मरेपछि हामीलाई के हुन्छ भन्‍ने प्रश्‍नको जवाफ व्यक्‍तिपिच्छे फरक-फरक हुन सक्छ। त्यसोभए धेरैलाई अलमल्लमा पारेको यो प्रश्‍नको सही जवाफ दिने के कुनै भरपर्दो स्रोत छ?

शताब्दियौंदेखि धर्मगुरुहरूले मानिससँग अमर आत्मा हुन्छ भनेर सिकाउँदै आएका छन्‌। संसारका मुख्य धर्महरू जस्तै: ईसाई, हिन्दू, यहूदी, मुस्लिम र अरू धर्मका धर्मावलम्बीहरू अमर आत्माको शिक्षामा विश्‍वास गर्छन्‌। मानिस मरेपछि आत्मा मृत शरीरलाई छोडेर आत्मिक संसारमा बाँचिरहन्छ भनेर तिनीहरू विश्‍वास गर्छन्‌। अर्कोतर्फ, बौद्ध धर्मावलम्बीहरू भने पुनर्जन्म र निर्वाण वा मुक्‍ति पाउने कुरामा विश्‍वास गर्छन्‌।

आफ्नो मरेको प्रियजनको लागि खाना चढाउँदै

यस्ता शिक्षाहरूको प्रभावले गर्दा विश्‍वका थुप्रै मानिस मृत्यु भनेको अर्कै संसारमा प्रवेश गर्ने माध्यम हो भनेर विश्‍वास गर्छन्‌। मृत्यु भनेको जीवन चक्रको एउटा महत्त्वपूर्ण भाग हो र यो दैवकै लीला हो भनेर तिनीहरू सोच्छन्‌। तर बाइबलले यस विषयमा के भन्छ? कृपया यसपछिको लेख पढ्‌नुहोस्‌। बाइबलले दिने जवाफले तपाईंलाई छक्कै पार्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने