प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 मार्च पृ. ३२
  • एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • परमेश्‍वरको नाम—यसको प्रयोग अनि अर्थ
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • मध्यपूर्वमा एक नजर
    ब्यूँझनुहोस्‌!—२०१५
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 मार्च पृ. ३२
३,००० वर्ष पुरानो माटोको भाँडो

एउटा पुरानो भाँडोमा बाइबल पात्रको नाम

३,००० वर्ष पुरानो माटोको भाँडोमा कनानी भाषामा लेखिएको अभिलेखमा बाइबल पात्रको नाम भेटियो

सन्‌ २०१२ मा पुरातत्त्वविद्‌हरूले ३,००० वर्ष पुरानो माटोको भाँडोका टुक्राटाक्री फेला पारे। उनीहरूको लागि यो निकै चासोको विषय थियो। किन? त्यो भाँडोमा खास त्यस्तो के थियो? भाँडोका टुक्राटाक्री आफैमा विशेष थिएन तर त्यसमा लेखिएको कुरा भने विशेष थियो।

पुरातत्त्वविद्‌हरूले त्यस भाँडोका टुक्राटाक्री जोडेर सिङ्‌गो भाँडो बनाएपछि त्यसमा लेखिएको कुरा पढ्‌न सम्भव भयो। त्यसमा कनानी भाषामा यस्तो लेखिएको थियो: “बेदाका [छोरा] एश्‍बाल।” यो नाम यसअघि कुनै पनि अभिलेखमा भेटिएको थिएन।

बाइबलमा एश्‍बाल नामका अर्का व्यक्‍तिबारे उल्लेख गरिएको छ। उनी राजा शाऊलका छोरा थिए। (१ इति. ८:३३; ९:३९) उत्खननमा संलग्न प्राध्यापक योसेफ गर्फिङ्‌कल यसो भन्छन्‌: “बाइबलमा एश्‍बाल नाम उल्लेख हुनु र अहिले भेटिएको दाऊदको शासनकालको अभिलेखमा पनि त्यही नाम उल्लेख हुनु साँच्चै अचम्मलाग्दो कुरा हो।” कसै-कसैको विचारमा यो नाम दाऊदको समयमा मात्रै पाइन्थ्यो। बाइबलको विवरण ऐतिहासिक रूपमा सही छ भनेर देखाउने यो अर्को एउटा प्रमाण हो।

बाइबलको अरू भागमा एश्‍बाल नामबाट ‘बाल’ हटाएर त्यसको ठाउँमा “बोशेत” राखी “ईश्‍बोशेत” लेखिएको छ। (२ शमू. २:१०) किन? अनुसन्धानकर्ताहरूका अनुसार बाल नामले कनानीहरूले पुज्ने वर्षाका देव बालको सम्झना गराउने भएकोले दोस्रो शमूएलको किताबमा यो नाम प्रयोग नगरिएको हुन सक्छ। तर पहिलो इतिहासको किताबमा भने एश्‍बाल नाम नै पाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने