प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 सङ्‌ख्या १ पृ. १२-१३
  • ४ | ईश्‍वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ४ | ईश्‍वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको शिक्षा:
  • यसको अर्थ के हो?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • संसारमा घृणा किन व्याप्त छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणाको जरा सदाका लागि उखेलिनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 सङ्‌ख्या १ पृ. १२-१३
मानिसहरू उज्यालो प्रकाश छरिरहेको ठूलो बाइबल भएतिर जाँदै छन्‌। ती मानिसहरूको छायाले विगतमा तिनीहरूको मन घृणाले भरिएको थियो भनेर प्रकट गर्छ।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

४ | ईश्‍वरको मदत पाएर घृणामाथि विजयी हुनुहोस्‌

बाइबलको शिक्षा:

“पवित्र शक्‍तिको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वास, नम्रता, आत्मसंयम हो।”—गलाती ५:२२, २३.

यसको अर्थ के हो?

ईश्‍वरको मदत पाएर हामी घृणामाथि विजय हासिल गर्न सक्छौँ। आफ्नै भरमा कहिल्यै विकास गर्न नसकिने असल गुणहरू हामी ईश्‍वरको शक्‍ति पाएर विकास गर्न सक्छौँ। त्यसैले घृणामाथि विजय हासिल गर्न आफ्नै बलमा भर पर्नुको साटो ईश्‍वरको मदतमा भर पर्नुपर्छ। त्यसो गऱ्‍यौँ भने हामीले पनि बाइबलको एक लेखक पावलले जस्तै अनुभव गर्न सक्नेछौँ। तिनले लेखे: “जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु।” (फिलिप्पी ४:१३) हो, हामी पनि यसो भन्‍न सक्नेछौँ: “मलाई मदत यहोवाबाट आउँछ।”—भजन १२१:२.

तपाईँ के गर्न सक्नुहुन्छ?

“यहोवाको मदत पाएर म हिंस्रकबाट शान्तिप्रेमी व्यक्‍ति बन्‍न सकेँ।”—वाल्डो

यहोवालाई मनैदेखि प्रार्थना गरेर उहाँको पवित्र शक्‍ति माग्नुहोस्‌। (लुका ११:१३) उहाँका जस्तै गुणहरू झल्काउन मदत गर्नुहोस्‌ भनेर बिन्ती गर्नुहोस्‌। घृणा हटाउन मदत गर्ने गुणहरूबारे बाइबलमा अध्ययन गर्नुहोस्‌। प्रेम, शान्ति, धीरज र आत्मसंयमजस्ता गुणहरू कसरी विकास गर्न सक्छु भनेर विचार गर्नुहोस्‌। साथै यस्ता गुणहरू विकास गर्न कडा मेहनत गरिरहेका मानिसहरूसित सङ्‌गत गर्नुहोस्‌। तिनीहरूले तपाईँलाई “प्रेम र सुकर्म गर्न उत्साहित” पार्नेछन्‌।—हिब्रू १०:२४.

अनुभव—वाल्डो

तिनी हिंसा र घृणामाथि विजयी भए

वाल्डो।

वाल्डोको बाल्यकाल निकै हिंसात्मक वातावरणमा बित्यो। तिनी आफै पनि हिंसाको सिकार भए। त्यसैले तिनको मन घृणाले भरियो। तिनी भन्छन्‌: “म अक्सर लागूपदार्थका डिलरहरूसित झगडा गरिरहन्थेँ। एकपटक मलाई मार्न विपक्षी ग्याङले एक जना कुख्यात हत्यारालाई पैसा दिएछ। धन्‍न म जसोतसो ज्यान जोगाएर भाग्न सकेँ। उसको प्रहारले म सामान्य घाइतेचाहिँ भएँ।”

वाल्डोलाई आफ्नी पत्नीले बाइबल अध्ययन गर्न थालेको पटक्कै मन परेन। तिनी भन्छन्‌: “म यहोवाका साक्षीहरूलाई घृणा गर्थेँ। कैयौँ पटक त मुख पनि छाडेँ। तर तिनीहरू सधैँ मिजासिलो भई कुरा गर्थे।”

समय बित्दै जाँदा वाल्डोले पनि बाइबल अध्ययन गर्न थाले। तिनी भन्छन्‌: “आफूले सिकिरहेको कुरा लागू गर्न सजिलो थिएन। म आफ्नो हिंस्रक स्वभाव कहिल्यै त्याग्न सक्दिनँ जस्तो लाग्थ्यो।” तर बाइबलबाट सिकेको एउटा कुराले तिनको जीवनलाई नयाँ मोड दियो।

वाल्डो भन्छन्‌: “एकदिन मेरो अध्ययन सञ्चालक आलेह्‍यान्ड्रोले मलाई गलाती ५:२२, २३ पढ्‌न लगाउनुभयो। . . . ती पदमा बताइएका गुणहरू म आफ्नै बलबर्कतले होइन तर ईश्‍वरको मदत पाएर विकास गर्न सक्छु भनेर उहाँले बताउनुभयो। त्यस सत्यले मेरो दृष्टिकोण पूरै बदलिदियो।”

ईश्‍वरको मदतमा भर परेकोले वाल्डोले घृणामाथि विजय हासिल गरेका छन्‌। तिनी भन्छन्‌: “म परिवर्तन भएको छु भनेर मेरा नातेदारहरू र पहिलेका साथीहरू विश्‍वासै गर्न सक्दैनन्‌।” तिनी अझ भन्छन्‌: “यहोवाको मदत पाएर म हिंस्रकबाट शान्तिप्रेमी व्यक्‍ति बन्‍न सकेँ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने