प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • याकुब विदेशी देवीदेवताका मूर्तिहरू हटाउँछन्‌ (१-४)

      • याकुब बेथेल फर्कन्छन्‌ (५-१५)

      • बिन्यामिनको जन्म; राहेलको मृत्यु (१६-२०)

      • इस्राएलका १२ छोरा (२१-२६)

      • इसहाकको मृत्यु (२७-२९)

उत्पत्ति ३५:१

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१९; ३१:१३
  • +उत्प २७:४२-४४

उत्पत्ति ३५:२

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:१९; व्य ५:७; यहो २३:७; १को १०:१४

उत्पत्ति ३५:३

फुटनोट

  • *

    वा “जुन बाटो।”

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१३, १५; ३१:४२

उत्पत्ति ३५:४

फुटनोट

  • *

    वा “लुकाए।”

उत्पत्ति ३५:६

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१९

उत्पत्ति ३५:७

फुटनोट

  • *

    यसको अर्थ हो, “बेथेलका परमेश्‍वर।”

मार्जिनल रेफरेन्स

  • +उत्प २८:२०-२२

उत्पत्ति ३५:८

फुटनोट

  • *

    यसको अर्थ हो, “रुवाबासीको सालको रूख।”

मार्जिनल रेफरेन्स

  • +उत्प २४:५९

उत्पत्ति ३५:१०

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२६; २७:३६
  • +उत्प ३२:२८

उत्पत्ति ३५:११

मार्जिनल रेफरेन्स

  • +उत्प १७:१; प्रस्थ ६:३; प्रका १५:३
  • +उत्प ४८:३, ४
  • +उत्प १७:५, ६; युह १२:१३

उत्पत्ति ३५:१२

मार्जिनल रेफरेन्स

  • +उत्प १५:१८; व्य ३४:४

उत्पत्ति ३५:१४

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१८

उत्पत्ति ३५:१५

मार्जिनल रेफरेन्स

  • +उत्प २८:१९

उत्पत्ति ३५:१७

मार्जिनल रेफरेन्स

  • +उत्प ३०:२२-२४

उत्पत्ति ३५:१८

फुटनोट

  • *

    यसको अर्थ हो, “मैले निकै पीडामा जन्माएको छोरा।”

  • *

    यसको अर्थ हो, “मेरो दायाँ हातको छोरा।” अर्थात्‌, मेरो प्यारो छोरा।

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२१; ४९:२७; व्य ३३:१२

उत्पत्ति ३५:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ४८:७; मिका ५:२; मत्ति २:६

उत्पत्ति ३५:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:३, ४; १इ ५:१

उत्पत्ति ३५:२३

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:३

उत्पत्ति ३५:२७

मार्जिनल रेफरेन्स

  • +उत्प ३१:१७, १८
  • +उत्प १५:१३; हिब्रू ११:९

उत्पत्ति ३५:२८

मार्जिनल रेफरेन्स

  • +उत्प २५:२०, २६

उत्पत्ति ३५:२९

मार्जिनल रेफरेन्स

  • +उत्प ४९:३०, ३१

अरू

उत्प. ३५:१उत्प २८:१९; ३१:१३
उत्प. ३५:१उत्प २७:४२-४४
उत्प. ३५:२उत्प ३१:१९; व्य ५:७; यहो २३:७; १को १०:१४
उत्प. ३५:३उत्प २८:१३, १५; ३१:४२
उत्प. ३५:६उत्प २८:१९
उत्प. ३५:७उत्प २८:२०-२२
उत्प. ३५:८उत्प २४:५९
उत्प. ३५:१०उत्प २५:२६; २७:३६
उत्प. ३५:१०उत्प ३२:२८
उत्प. ३५:११उत्प १७:१; प्रस्थ ६:३; प्रका १५:३
उत्प. ३५:११उत्प ४८:३, ४
उत्प. ३५:११उत्प १७:५, ६; युह १२:१३
उत्प. ३५:१२उत्प १५:१८; व्य ३४:४
उत्प. ३५:१४उत्प २८:१८
उत्प. ३५:१५उत्प २८:१९
उत्प. ३५:१७उत्प ३०:२२-२४
उत्प. ३५:१८उत्प ४६:२१; ४९:२७; व्य ३३:१२
उत्प. ३५:१९उत्प ४८:७; मिका ५:२; मत्ति २:६
उत्प. ३५:२२उत्प ४९:३, ४; १इ ५:१
उत्प. ३५:२३उत्प ४९:३
उत्प. ३५:२७उत्प ३१:१७, १८
उत्प. ३५:२७उत्प १५:१३; हिब्रू ११:९
उत्प. ३५:२८उत्प २५:२०, २६
उत्प. ३५:२९उत्प ४९:३०, ३१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ३५:१-२९

उत्पत्ति

३५ यो घटना भएपछि परमेश्‍वरले याकुबलाई भन्‍नुभयो: “अब यहाँबाट बेथेल+ जाऊ, त्यहीँ बस र तिमी आफ्नो दाइ एसावदेखि भागेको बेला तिमीकहाँ प्रकट हुनुभएको साँचो परमेश्‍वरको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”+

२ तब याकुबले आफ्नो घराना र आफूसित भएका सबै मानिसलाई भने: “तिमीहरूसँग भएका देवीदेवताका मूर्तिहरू हटाओ,+ आफूलाई चोखो पार अनि लुगा फेर। ३ त्यसपछि यो ठाउँ छोडेर हामी बेथेलतिर लागौँ। दुःखको बेला मेरो पुकारा सुन्‍नुहुने र म जहाँ* गए पनि सधैँ मसँगै हुनुहुने साँचो परमेश्‍वरको लागि म त्यहाँ वेदी बनाउँछु।”+ ४ तिनीहरूले आफूसित भएका विदेशी देवीदेवताका मूर्ति र कानमा लगाएको कुण्डल याकुबलाई दिए। अनि याकुबले ती लगेर सकेमनजिकैको ठूलो रूखमुनि गाडे।*

५ तिनीहरूको यात्रामा वरपरका सहरहरूका मानिसहरूले तिनीहरूलाई खेदेनन्‌। परमेश्‍वर याकुबका सन्तानसित हुनुभएकोले ती मानिसहरू डराएका थिए। ६ अन्तमा याकुब र तिनका सबै मानिस कनानको लुज+ अर्थात्‌ बेथेल पुगे। ७ तिनले त्यहाँ वेदी बनाए र त्यस ठाउँको नाम एल-बेथेल* राखे। किनभने आफ्नो दाइ एसावदेखि डराएर भागेको बेला साँचो परमेश्‍वर त्यही ठाउँमा याकुबकहाँ प्रकट हुनुभएको थियो।+ ८ पछि रिबेकाकी धाईआमा दबोराको+ मृत्यु भयो र तिनीहरूले उनलाई बेथेलको फेदीमा फलाँटको रूखमुनि गाडे। याकुबले त्यस ठाउँको नाम अल्लोन-बकुथ* राखे।

९ याकुब पद्दान-अरामबाट फर्किरहेको बेला परमेश्‍वर फेरि तिनीसामु प्रकट हुनुभयो र तिनलाई आशिष्‌ दिनुभयो। १० परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तिम्रो नाम याकुब हो।+ तर अबदेखि तिमी याकुब नामले होइन, इस्राएल नामले चिनिनेछौ।” अनि परमेश्‍वरले तिनलाई इस्राएल भनेर बोलाउन थाल्नुभयो।+ ११ परमेश्‍वरले तिनलाई अझै भन्‍नुभयो: “म सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुँ।+ तिम्रा सन्तान फलून्‌-फुलून्‌ र बढ्‌दै जाऊन्‌। तिम्रै सन्तानबाट विभिन्‍न जाति बन्‍नेछन्‌+ र राजाहरू निस्कनेछन्‌।+ १२ मैले अब्राहाम र इसहाकलाई दिने प्रतिज्ञा गरेको भूमि म तिमीलाई अनि तिम्रो शेषपछि तिम्रा सन्तानलाई दिनेछु।”+ १३ त्यसपछि परमेश्‍वर त्यस ठाउँबाट अलप हुनुभयो।

१४ परमेश्‍वर बोल्नुभएको त्यस ठाउँमा याकुबले एउटा ढुङ्‌गा ठड्‌याए, त्यसमाथि मद्यभेटी* चढाए र तेल पनि खन्याए।+ १५ परमेश्‍वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकुबले पहिलेजस्तै बेथेल नै राखे।+

१६ त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तर तिनीहरू एप्राता नपुग्दै राहेललाई सुत्केरी बेथा लाग्यो र तिनलाई झन्‌झन्‌ च्याप्दै लग्यो। १७ राहेल बच्चा जन्माउन नसकेर छटपटाइरहेको बेला सुँडेनीले तिनलाई भनिन्‌: “हिम्मत नहार्नुहोस्‌, तपाईँले यसपालि पनि छोरा पाउनुहुनेछ।”+ १८ राहेलले आफ्नो जीवनको अन्तिम घडीमा (किनकि तिनी मर्नै लागेकी थिइन्‌) आफ्नो छोराको नाम बेन-ओनि* राखिन्‌। तर याकुबले भने छोराको नाम बिन्यामिन*+ राखे। १९ यसरी एप्राता अर्थात्‌ बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे। २० त्यसपछि तिनले राहेलको चिहानमाथि एउटा ठूलो ढुङ्‌गा ठड्‌याए। त्यो ढुङ्‌गा आजसम्म पनि त्यहीँ छ।

२१ त्यसपछि इस्राएल त्यहाँबाट हिँडे र एदेरको धरहरा कटेपछि अलि पर तिनले पाल टाँगे। २२ इस्राएल त्यही ठाउँमा बास बसिरहेको बेला एकदिन रुबेन आफ्नो बुबाकी उपपत्नी बिल्हासित सुते र यो कुरा इस्राएलको कानमा पऱ्‍यो।+

याकुबका १२ भाइ छोरा थिए। २३ लेआले जन्माएको रुबेन+ याकुबको पहिलो सन्तान हुन्‌। लेआबाट जन्मिएका अरू छोराहरूको नाम सिमियोन, लेवि, यहुदा, इस्साकार र जबुलुन हो। २४ युसुफ र बिन्यामिन राहेलबाट जन्मिएका छोराहरू हुन्‌। २५ राहेलकी दासी बिल्हाबाट जन्मिएका छोराहरूचाहिँ दान र नप्तालि हुन्‌। २६ अनि गाद र असेर लेआकी दासी जिल्पाहले जन्माएका छोराहरू हुन्‌। याकुबका छोराहरू यिनीहरू नै हुन्‌ र यिनीहरू सबै पद्दान-अराममा जन्मिएका थिए।

२७ अन्तमा याकुब किर्यथ-अर्बा अर्थात्‌ हेब्रोनको मम्रेमा बसोबास गरिरहेका आफ्ना बुबा इसहाकको घर पुगे।+ अब्राहाम र इसहाक दुवै यही ठाउँमा प्रवासी भएर बसेका थिए।+ २८ इसहाक १८० वर्ष बाँचे।+ २९ इसहाक आफ्नो पूरा उमेर खाएर मरे। यसरी तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। तिनी आफ्नो जीवनसित सन्तुष्ट थिए। तिनका छोराहरू एसाव र याकुबले तिनको लास गाडे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने