प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • युसुफ आफूलाई चिनाउँछन्‌ (१-१५)

      • युसुफका दाजुभाइ याकुबलाई लिन जान्छन्‌ (१६-२८)

उत्पत्ति ४५:१

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:३०
  • +प्रे ७:१३

उत्पत्ति ४५:४

मार्जिनल रेफरेन्स

  • +उत्प ३७:२८; प्रे ७:९

उत्पत्ति ४५:५

मार्जिनल रेफरेन्स

  • +उत्प ४७:२३, २५; ५०:२०; भज १०५:१७

उत्पत्ति ४५:६

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:३०; ४७:१८

उत्पत्ति ४५:७

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२६

उत्पत्ति ४५:८

फुटनोट

  • *

    शा., “बुबा।”

मार्जिनल रेफरेन्स

  • +भज १०५:२१; प्रे ७:९, १०

उत्पत्ति ४५:९

मार्जिनल रेफरेन्स

  • +उत्प ४५:२६
  • +प्रे ७:१४

उत्पत्ति ४५:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:३३, ३४; ४७:१; प्रस्थ ८:२२; ९:२६

उत्पत्ति ४५:११

मार्जिनल रेफरेन्स

  • +उत्प ४७:१२

उत्पत्ति ४५:१२

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:२३

उत्पत्ति ४५:१४

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:२९

उत्पत्ति ४५:१८

मार्जिनल रेफरेन्स

  • +उत्प ४७:६

उत्पत्ति ४५:१९

मार्जिनल रेफरेन्स

  • +उत्प ४१:३९, ४०
  • +उत्प ४५:२७; ४६:५
  • +उत्प ४७:९

उत्पत्ति ४५:२०

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:६

उत्पत्ति ४५:२२

मार्जिनल रेफरेन्स

  • +उत्प ४३:३४

उत्पत्ति ४५:२४

मार्जिनल रेफरेन्स

  • +उत्प ४२:२१, २२

उत्पत्ति ४५:२६

मार्जिनल रेफरेन्स

  • +भज १०५:२१
  • +उत्प ४२:३८; ४४:२७, २८

उत्पत्ति ४५:२८

मार्जिनल रेफरेन्स

  • +उत्प ४६:३०

अरू

उत्प. ४५:१उत्प ४३:३०
उत्प. ४५:१प्रे ७:१३
उत्प. ४५:४उत्प ३७:२८; प्रे ७:९
उत्प. ४५:५उत्प ४७:२३, २५; ५०:२०; भज १०५:१७
उत्प. ४५:६उत्प ४१:३०; ४७:१८
उत्प. ४५:७उत्प ४६:२६
उत्प. ४५:८भज १०५:२१; प्रे ७:९, १०
उत्प. ४५:९उत्प ४५:२६
उत्प. ४५:९प्रे ७:१४
उत्प. ४५:१०उत्प ४६:३३, ३४; ४७:१; प्रस्थ ८:२२; ९:२६
उत्प. ४५:११उत्प ४७:१२
उत्प. ४५:१२उत्प ४२:२३
उत्प. ४५:१४उत्प ४६:२९
उत्प. ४५:१८उत्प ४७:६
उत्प. ४५:१९उत्प ४१:३९, ४०
उत्प. ४५:१९उत्प ४५:२७; ४६:५
उत्प. ४५:१९उत्प ४७:९
उत्प. ४५:२०उत्प ४६:६
उत्प. ४५:२२उत्प ४३:३४
उत्प. ४५:२४उत्प ४२:२१, २२
उत्प. ४५:२६भज १०५:२१
उत्प. ४५:२६उत्प ४२:३८; ४४:२७, २८
उत्प. ४५:२८उत्प ४६:३०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति ४५:१-२८

उत्पत्ति

४५ तब युसुफले मन थाम्नै सकेनन्‌+ र आफ्ना सेवकहरूलाई “तिमीहरू सबै बाहिर जाओ!” भनेर आदेश दिए। युसुफले आफ्ना दाजुभाइसामु आफू को हुँ भनेर बताउँदा त्यहाँ अरू कोही थिएन।+

२ त्यसपछि तिनी डाँको छोडेर रोए। वरपरका मिश्रीहरूले अनि फारोको महलमा हुनेहरूले समेत तिनी रोएको सुने। ३ अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “म युसुफ हुँ। के मेरो बुबा जीवितै हुनुहुन्छ?” तर तिनका दाजुभाइ अक्क न बक्क भए, उनीहरूले केही जवाफै दिन सकेनन्‌। ४ अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “कृपया मेरो नजिकै आउनुहोस्‌।” तब उनीहरू सबै नजिक गए।

अनि तिनले भने: “म युसुफ हुँ, तपाईँहरूले मिश्रमा बेच्नुभएको तपाईँहरूको भाइ।+ ५ तर तपाईँहरू त्यो कुरा सम्झेर दुःख नमान्‍नुहोस्‌ अनि एकअर्कालाई दोष पनि नलगाउनुहोस्‌। हामी सबैको ज्यान जोगाउन भनेर नै परमेश्‍वरले मलाई तपाईँहरूभन्दा अघि यहाँ पठाउनुभएको हो।+ ६ अनिकाल सुरु भएको भर्खर दुई वर्ष भयो।+ अझै पाँच वर्ष अनिकाल हुनेछ। त्यतिन्जेल न खेत जोतिनेछ न बाली नै भित्र्याइनेछ। ७ तपाईँहरूलाई असाधारण तरिकामा बचाउन र पृथ्वीबाट तपाईँहरूको वंश विनाश हुनदेखि जोगाउन+ परमेश्‍वरले मलाई यहाँ तपाईँहरूभन्दा अघि पठाउनुभएको हो। ८ त्यसैले मलाई यहाँ पठाउने तपाईँहरू होइन, साँचो परमेश्‍वर नै हुनुहुन्छ। उहाँले नै मलाई फारोको प्रमुख सल्लाहकार* नियुक्‍त गर्नुभयो, तिनको घरको हर्ताकर्ता बनाउनुभयो र पूरै मिश्र मेरो हातमा सुम्पनुभयो।+

९ “अब झट्टै बुबाकहाँ फर्कनुहोस्‌ र उहाँलाई भन्‍नुहोस्‌: ‘तपाईँको छोरा युसुफले यसो भनेको छ: “परमेश्‍वरले मलाई पूरै मिश्र सुम्पनुभएको छ।+ त्यसैले रतीभर ढिला नगरी मकहाँ आउनुहोस्‌।+ १० तपाईँ, तपाईँका छोराछोरी, नातिनातिना, गाईवस्तु र तपाईँसित भएको सबथोक लिएर आउनुहोस्‌। तपाईँहरू मेरो नजिकै गोसेनमा+ बस्नुहुनेछ। ११ तपाईँ अनि तपाईँको परिवारलाई चाहिने अन्‍न म दिनेछु नत्र त तपाईँसित भएका सबै थोक सिद्धिनेछन्‌ र तपाईँहरू सबै भोकभोकै पर्नुहुनेछ। किनभने अनिकाल अझै पाँच वर्षसम्म चल्नेछ।”’+ १२ तपाईँहरूसित बोल्ने म युसुफ नै हुँ भनेर मेरो भाइ बिन्यामिन र तपाईँहरूले आफ्नै आँखाले देखिसक्नुभएको छ।+ १३ त्यसैले झट्टै गएर बुबालाई मिश्रमा मैले पाएको गौरव र तपाईँहरूले देखेको सबै कुरा बताउनुहोस्‌। अनि उहाँलाई लिएर यहाँ आउनुहोस्‌।”

१४ त्यसपछि तिनले आफ्नो भाइ बिन्यामिनलाई अङ्‌गालो हाले र धुरुधुरु रोए। बिन्यामिन पनि तिनलाई अङ्‌गालो हालेर रोए।+ १५ अनि युसुफले आफ्ना सबै दाइलाई म्वाइँ खाए र उनीहरूसित पनि रोए। त्यसपछि बल्ल तिनका दाजुभाइले तिनीसित कुरा गरे।

१६ “युसुफका दाजुभाइ आएका छन्‌” भन्‍ने खबर फारोको महलमा पुग्यो। यो सुनेर फारो र तिनका सेवकहरू खुसी भए। १७ तब फारोले युसुफलाई बोलाएर भने: “तिम्रा दाजुभाइलाई भन, ‘आ-आफ्नो जनावरमा मालसामान लादेर कनान फर्कनुहोस्‌। १८ त्यसपछि आफ्नो बुबा अनि पूरै परिवारलाई लिएर यहाँ आउनुहोस्‌। म तपाईँहरूलाई मिश्रका राम्राराम्रा थोक दिनेछु र तपाईँहरूले मिश्रको सबैभन्दा असल उब्जनी खानुहुनेछ।’+ १९ अनि उनीहरूलाई यस्तो आदेश पनि देऊ:+ ‘मिश्रबाट बयलगाडाहरू+ लगेर त्यसमा आफ्ना छोराछोरी अनि पत्नीलाई चढाएर ल्याउनुहोस्‌ अनि बुबालाई पनि बयलगाडामा राखेर यहाँ ल्याउनुहोस्‌।+ २० आफ्नो मालसामानको चिन्ता नगर्नुहोस्‌+ किनकि मिश्रका सबैभन्दा राम्राराम्रा थोक तपाईँहरूकै हुनेछ।’”

२१ अनि इस्राएलका छोराहरूले त्यसै गरे। युसुफले फारोको हुकुमबमोजिम बयलगाडाहरू दिए र यात्राको लागि खानेकुरा पनि दिए। २२ तिनले उनीहरू प्रत्येकलाई एक-एक जोर नयाँ लुगा पनि दिए तर बिन्यामिनलाई भने चाँदीका ३०० टुक्रा र पाँच जोर लुगा दिए।+ २३ तिनले बुबाको निम्ति १० वटा गधामा मिश्रका राम्राराम्रा थोक पठाए अनि बुबाको यात्राको लागि १० वटा गधैनीमा अन्‍न, रोटी र अरू आवश्‍यक सामान पनि पठाए। २४ त्यसपछि तिनले आफ्ना दाजुभाइलाई बिदा गरे। उनीहरू हिँड्‌नै लाग्दा तिनले भने: “बाटोमा आपसमा झगडा नगर्नुहोस्‌ है!”+

२५ त्यसपछि उनीहरू मिश्रबाट निस्के र कनानमा आफ्नो बुबा याकुबकहाँ आइपुगे। २६ अनि उनीहरूले बुबालाई भने: “युसुफ जिउँदै छ! पूरै मिश्र उसको हातमा सुम्पिइएको छ!”+ तर उनीहरूको कुरा सुनेर याकुब स्तब्ध भए। तिनले उनीहरूको कुरा पत्याउँदै पत्याएनन्‌।+ २७ युसुफले भनेको सबै कुरा उनीहरूले बताएपछि अनि युसुफले तिनको लागि पठाएको बयलगाडा देखेपछि याकुब बल्ल ढुक्क भए। २८ अनि खुसी हुँदै तिनले भने: “मेरो छोरा युसुफ जिउँदै रहेछ भनेर अब म पक्का भएँ! मलाई उसकहाँ लैजाओ! मर्नुअघि म उसको मुख हेर्न चाहन्छु।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने