प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “तिमीहरूका छोराछोरी र नातिनातिना भएपछि अनि तिमीहरू त्यस देशमा बसेको धेरै समय बितिसकेपछि यदि तिमीहरू भ्रष्ट भयौ र तिमीहरूले मूर्तिहरू बनायौ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरको नजरमा दुष्ट काम गरेर उहाँलाई रिस उठायौ भने+ २६ आज म स्वर्ग र पृथ्वीमा भएका सबैलाई साक्षी राखेर भन्छु, तिमीहरू जुन देश अधिकार गर्न यर्दनपारि जान लागेका छौ, त्यहाँ तिमीहरू निश्‍चय पनि तुरुन्तै नाश हुनेछौ। तिमीहरू त्यहाँ धेरै दिनसम्म बस्न पाउनेछैनौ, तिमीहरूको नामोनिसान मेटिनेछ।+

  • व्यवस्था ३०:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “तर तिमीहरूको मन बहकियो+ र तिमीहरूले परमेश्‍वरको कुरा सुनेनौ अनि अरू देवीदेवतातर्फ आकर्षित भएर उनीहरूलाई ढोग्न थाल्यौ र उनीहरूकै सेवा गर्न थाल्यौ भने+ १८ आज म तिमीहरूलाई भन्छु, तिमीहरू पक्कै नाश हुनेछौ।+ तिमीहरूले यर्दनपारि जुन देश अधिकार गर्नेछौ, त्यहाँ तिमीहरू लामो समयसम्म बस्न पाउनेछैनौ।

  • यहोसु २३:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “तर तिमीहरूले परमेश्‍वरलाई त्याग्यौ, तिमीहरूसँग बसोबास गरिरहेका अरू जातिहरू, जो-जो बाँकी छन्‌, तिनीहरूसित घुलमिल भयौ,+ तिनीहरूसित बिहाबारी गऱ्‍यौ+ र तिनीहरूसँग सरसङ्‌गत गऱ्‍यौ भने १३ यो कुरा नबिर्स, यहोवा परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूको सामनेबाट फेरि धपाउनुहुनेछैन।+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल देशबाट तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरू तिमीहरूका लागि पासो र फन्दा हुनेछन्‌। तिनीहरू तिमीहरूको पिठिउँमा कोर्रा+ र आँखामा छेस्कोसरह हुनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने