प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसैले म तिमीले मागेकै आशिष्‌ दिनेछु।+ तिमीलाई बुद्धि र समझले भरिएको हृदय दिनेछु।+ तिमीजस्तो बुद्धिमान्‌ मानिस न पहिले थियो न पछि नै हुनेछ।+

  • १ राजा ४:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ परमेश्‍वरले सुलेमानलाई अपार बुद्धि र समझशक्‍ति दिनुभयो। समझले भरिएको तिनको हृदय समुद्र किनारामा फैलिएको बालुवाजत्तिकै विशाल थियो।+

  • अय्युब ३५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँ पृथ्वीका जनावरहरूलाई भन्दा+ हामीलाई धेरै सिकाउनुहुन्छ+

      र आकाशका चराचुरुङ्‌गीलाई भन्दा हामीलाई बुद्धिमान्‌ बनाउनुहुन्छ।

  • हितोपदेश २:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि बुद्धि दिने यहोवा नै हुनुहुन्छ;+

      उहाँकै मुखबाट ज्ञान र समझशक्‍तिको कुरा निस्कन्छ।

  • उपदेशक २:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ साँचो परमेश्‍वरलाई खुसी तुल्याउने मानिसहरूलाई उहाँ बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ।+ तर पापीहरूलाई भने उहाँ जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ। यसरी जम्मा गरिएको र बटुलिएको कुरा पनि उहाँलाई खुसी पार्ने व्यक्‍तिले नै पाउँछ।+ यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।

  • दानिएल १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि साँचो परमेश्‍वरले यी चार जना युवकलाई हरेक किसिमको साहित्य र बुद्धिको कुरा बुझ्ने ज्ञान र समझ* दिनुभयो। उहाँले दानिएललाई हरेक किसिमको दर्शन* र सपना बुझ्ने समझ दिनुभयो।+

  • मत्ति ११:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ त्यसबेला येसुले यसो भन्‍नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान्‌ र बुद्धिजीवीहरूबाट लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ।+

  • याकुब १:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसैले यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌+ र उसलाई त्यो दिइनेछ+ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन* दिनुहुन्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने