प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “‘तिमीहरूले न्याय गर्दा त्यसलाई नबङ्‌ग्याउनू। कोही गरिब छ भन्दैमा तिमीहरूले उसको पक्ष लिई नहाल्नू अनि धनीको पक्ष पनि नलिनू।+ आफ्नो छिमेकीको न्याय ठीक तरिकामा गर्नू।

  • व्यवस्था १:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “त्यतिबेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यस्तो निर्देशन दिएको थिएँ, ‘मुद्दामामिलाको फैसला गर्दा तिमीहरूले पक्षपात नगर्नू,+ चाहे त्यो इस्राएली-इस्राएलीबीचको होस्‌ वा इस्राएली अनि इस्राएलीहरूमाझ बसोबास गर्ने विदेशीबीचको।+ १७ तिमीहरूले न्याय गर्दा कसैको पक्ष नलिनू।+ साना-ठूला सबैको कुरा सुन्‍नू।+ तिमीहरूले परमेश्‍वरको तर्फबाट न्याय गर्ने+ भएकोले मानिसदेखि नडराउनू;+ यदि कुनै मामिला सुल्झाउन तिमीहरूलाई एकदमै गाह्रो भयो भने त्यसलाई मकहाँ ल्याउनू। त्यो मामिला म हेर्नेछु।’+

  • व्यवस्था १६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीहरूले नियम बङ्‌ग्याएर अन्याय नगर्नू,+ पक्षपात नगर्नू+ अनि घुस नखानू किनभने घुसले बुद्धिमान्‌ मानिसलाई पनि अन्धो बनाइदिन्छ+ र धर्मी मानिसलाई छली कुरा गर्न लगाउँछ।

  • २ इतिहास १९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहोवा परमेश्‍वरको भय मान्‍नुहोस्‌।+ आफ्नो काम होसियारीपूर्वक गर्नुहोस्‌ किनकि हाम्रा परमेश्‍वर यहोवा अन्याय गर्नुहुन्‍न,+ पक्षपात गर्नुहुन्‍न+ अनि घुस पनि लिनुहुन्‍न।”+

  • १ तिमोथि ५:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ परमेश्‍वर, ख्रिष्ट येसु र चुनिएका स्वर्गदूतहरूसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु कि यी निर्देशनहरू कुनै पूर्वाग्रह नराखी वा पक्षपात नगरी पालन गर्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने