-
व्यवस्था १७:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसो हो भने यहोवा परमेश्वरले जसलाई रोज्नुहुन्छ, उसैलाई राजा नियुक्त गर्नू।+ तिमीहरूले आफ्नै इस्राएली भाइबन्धुमध्ये एक जनालाई रोजेर राजा नियुक्त गर्नू। तिमीहरूले कोही विदेशी अर्थात् गैर-इस्राएलीलाई आफ्नो राजा नियुक्त नगर्नू।
-
-
१ राजा ११:१-३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ राजा सुलेमानले फारोकी छोरीबाहेक+ अरू थुप्रै विदेशी स्त्रीलाई पनि प्रेम गरे।+ तिनले मोआबी,+ अम्मोनी,+ एदोमी, सिदोनी+ र हित्ती+ स्त्रीहरूसित मायाप्रीती गाँसे। २ यी स्त्रीहरू ती जातिका थिए, जसबारे यहोवा परमेश्वरले इस्राएलीहरूलाई यसो भन्नुभएको थियो: “तिमीहरू तिनीहरूमाझ नजानू* र तिनीहरू पनि तिमीहरूमाझ नआऊन्। नत्र त तिनीहरूले तिमीहरूको हृदय बहकाइदिनेछन् र तिमीहरूलाई तिनीहरूको देवीदेवता पुज्न लगाउनेछन्।”+ तैपनि सुलेमान उनीहरूको पछि लागे र उनीहरूलाई प्रेम गरे। ३ सुलेमानका ७०० जना पत्नी थिए, जो राजकुमारीहरू थिए। तिनका ३०० जना उपपत्नी पनि थिए। तिनका पत्नीहरूले बिस्तारै-बिस्तारै तिनको हृदय बहकाइदिए।*
-