-
मत्ति ४:१-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब परमेश्वरको शक्तिले येसुलाई निर्जनभूमितिर डोऱ्यायो, जहाँ दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने+ कोसिस गऱ्यो।+ २ अनि ४० दिन र ४० रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। ३ तब त्यो प्रलोभक+ आयो र यसो भन्यो: “यदि तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने यी ढुङ्गाहरू रोटी भइजाऊन् भन्नुहोस्।” ४ तर उहाँले यसो भन्दै जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा* परमेश्वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”+
५ त्यसपछि दियाबलले उहाँलाई पवित्र सहरमा लग्यो+ र मन्दिरको पर्खालको बुर्जामा* राख्यो+ ६ र उहाँलाई भन्यो: “तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस् किनभने यस्तो लेखिएको छ: ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन् ताकि तिम्रो खुट्टा ढुङ्गामा नबजारियोस्।’”+ ७ येसुले त्यसलाई भन्नुभयो: “यस्तो पनि लेखिएको छ: ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू।’”+
८ फेरि दियाबलले उहाँलाई असाध्यै अग्लो डाँडामा लग्यो अनि संसारका सबै राज्य र त्यसको महिमा देखायो+ ९ र त्यसले उहाँलाई भन्यो: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।” १० तब येसुले त्यसलाई भन्नुभयो: “ए सैतान, पर गइहाल्! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+
-
-
लुका ४:१-१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब येसु पवित्र शक्तिले भरिएर यर्दन नदीबाट जानुभयो र पवित्र शक्तिले उहाँलाई निर्जनभूमितर्फ डोऱ्यायो,+ २ जहाँ उहाँले ४० दिन बिताउनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन। त्यसैले ती दिनहरू बितेपछि उहाँ भोकाउनुभयो। तब दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्यो।+ ३ दियाबलले उहाँलाई यसो भन्यो: “यदि तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने यो ढुङ्गा रोटी भइजाओस् भन्नुहोस्।” ४ तर येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन।’”+
५ त्यसपछि दियाबलले उहाँलाई अग्लो ठाउँमा लग्यो र छिनभरमै संसारका सबै राज्य देखायो।+ ६ अनि त्यसले उहाँलाई भन्यो: “म यी सबै राज्यको अख्तियार अनि त्यसको महिमा तपाईँलाई दिनेछु। किनकि ती मलाई दिइएका छन्+ र जसलाई इच्छा लाग्छ, म उसैलाई दिन्छु। ७ तपाईँले मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक तपाईँकै हुनेछ।” ८ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+
९ त्यसपछि त्यसले उहाँलाई यरुसलेममा लग्यो र मन्दिरको पर्खालको बुर्जामा* राख्यो र उहाँलाई भन्यो: “तपाईँ परमेश्वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्+ १० किनभने यस्तो लेखिएको छ, ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ ११ र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन् ताकि तिम्रो खुट्टा ढुङ्गामा नबजारियोस्।’”+ १२ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो भनिएको छ, ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्वरको परीक्षा कहिल्यै नलिनू।’”+ १३ यसरी सबै परीक्षा लिइसकेपछि अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि दियाबलले उहाँलाई छोडेर गयो।+
-