प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ अनि आफ्नो गृहनगर पुगेपछि+ उहाँले तिनीहरूको सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुनेर तिनीहरू छक्क परे र यसो भने: “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो?+

  • मर्कुस ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ जब विश्रामदिन* आयो, तब उहाँले सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुन्‍नेहरूमध्ये धेरै जना छक्क परे र यसो भने: “यस मानिसले यस्तो कुरा कहाँबाट सिक्यो?+ यस मानिसले यस्तो बुद्धि कसरी पायो? यसलाई यस्तो शक्‍तिशाली कामहरू गर्ने क्षमता कसले दियो?+

  • लुका २:४६, ४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ तीन दिनपछि बल्ल तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बीचमा बसेर सुन्दै अनि सोध्दै गरिरहनुभएको भेट्टाए। ४७ उहाँको कुरा सुन्‍नेजति सबै उहाँको जवाफ अनि समझशक्‍ति देखेर छक्क परिरहेका थिए।+

  • लुका ४:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि उहाँ आफू हुर्केको सहर नासरत जानुभयो+ र त्यहाँ आफ्नो बानीअनुसार विश्रामदिनमा* सभाघरभित्र पस्नुभयो+ र धर्मशास्त्र पढ्‌नलाई उभिनुभयो। १७ उहाँलाई भविष्यवक्‍ता यसैयाको मुठा दिइयो र उहाँले त्यो खोल्नुभयो अनि यस्तो लेखिएको ठाउँ फेला पार्नुभयो:

  • प्रेषित ४:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ जब तिनीहरूले पत्रुस र युहन्‍नाको साहस देखे र दुवै जना अशिक्षित* अनि साधारण मानिस+ रहेछन्‌ भनी बुझे, तब तिनीहरूले अचम्म माने। अनि उनीहरू येसुसित हिँडडुल गर्ने गर्थे+ भनी तिनीहरूले थाह पाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने