१६ “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।+
४ तर हामीप्रतिको गहिरो प्रेमले गर्दा+ कृपाका धनी परमेश्वरले+५ हामी आफ्ना अपराधहरूले गर्दा मरेको+ भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रिष्ट येसुसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो।
१८ किनकि ख्रिष्ट हाम्रा पापहरू हटाउन एकै चोटि सदाको लागि मर्नुभयो।+ तिमीहरूलाई डोऱ्याएर परमेश्वरकहाँ पुऱ्याउन सकियोस् भनेर+ उहाँ धर्मी हुनुभए तापनि पापीहरूको लागि मर्नुभयो।+ उहाँ मानिसको रूपमा मर्नुभयो+ तर अदृश्य व्यक्तिको रूपमा ब्युँताइनुभयो।+
१० प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको निम्ति प्रायश्चितको बलिदानस्वरूप+ उहाँले आफ्नो छोरालाई पठाउनुभयो।+