प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १३:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ अनि ज-जसले येसुमाथि विश्‍वास गर्छन्‌, तिनीहरू सबै मोसाको व्यवस्थाले+ निर्दोष साबित गर्न नसकेका कुराहरूबाट निर्दोष साबित हुनेछन्‌+ भनेर पनि हामी प्रचार गर्दै छौँ।

  • रोमी १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यसै सुसमाचारद्वारा परमेश्‍वरले आफ्नो भलाइ प्रकट गर्नुहुन्छ। अनि जोसित विश्‍वास छ, उसले त्यो देख्छ र त्यसले उसको विश्‍वासलाई अझ बलियो बनाउँछ+ किनकि यस्तो लेखिएको छ: “तर धर्मी मानिस विश्‍वासैले गर्दा जिउनेछ।”+

  • रोमी ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ एक जना मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राजाले झैँ राज गऱ्‍यो+ भने ज-जसले परमेश्‍वरको असीम अनुग्रह प्रशस्तै पाउँछन्‌ अनि उहाँले सित्तैँमा दिनुभएको वरदानले गर्दा धर्मी ठहरिन्छन्‌,+ तिनीहरूले एकै जना मानिस, येसु ख्रिष्टद्वारा जीवन पाउनुका साथै राजाको रूपमा शासन गर्नेछन्‌+ भनेर हामी झनै पक्का हुन सक्छौँ।+

  • १ कोरिन्थी ६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर परमेश्‍वरले तिमीहरूलाई धोएर शुद्ध बनाउनुभएको छ,+ पवित्र पार्नुभएको छ+ अनि हाम्रा प्रभु येसु ख्रिष्टको नाममा र आफ्नो पवित्र शक्‍तिद्वारा धर्मी ठहराउनुभएको छ।+

  • याकुब २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि धर्मशास्त्रमा लेखिएको यो वचन पूरा भयो: “अब्राहामले यहोवा* परमेश्‍वरमाथि विश्‍वास गरे र यसले गर्दा तिनी उहाँको नजरमा धर्मी ठहरिए”+ अनि तिनी यहोवा* परमेश्‍वरको मित्र कहलाइए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने