प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • मानिसहरू खानेकुराको विषयमा गनगन गर्छन्‌ (१-३)

      • यहोवा गनगन सुन्‍नुहुन्छ (४-१२)

      • बट्टाई चरा र मन्‍नको प्रबन्ध (१३-२१)

      • विश्रामदिनमा मन्‍न दिइँदैन (२२-३०)

      • सम्झनाको लागि मन्‍न राखिन्छ (३१-३६)

प्रस्थान १६:१

मार्जिनल रेफरेन्स

  • +गन ३३:१०, ११

प्रस्थान १६:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:२४; १कोरि. १०:६, १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००६, पृ. ७

प्रस्थान १६:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:३; गन १६:१३
  • +गन ११:४; १४:२, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१/२००६, पृ. ७

प्रस्थान १६:४

मार्जिनल रेफरेन्स

  • +भज ७८:२४, २५; १०५:४०; युह ६:३१, ३२, ५८; १कोरि. १०:१, ३
  • +मत्ति ६:११
  • +व्य ८:२

प्रस्थान १६:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३५:२
  • +प्रस्थ १६:२२

प्रस्थान १६:६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:७; गन १६:२८, २९

प्रस्थान १६:८

मार्जिनल रेफरेन्स

  • +गन २१:७; १स ८:७

प्रस्थान १६:९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२; गन ११:१

प्रस्थान १६:१०

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:२१; गन १६:१९; मत्ति १७:५

प्रस्थान १६:१२

फुटनोट

  • *

    शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +गन १४:२७
  • +भज १०५:४०
  • +प्रस्थ ४:५; ६:७

प्रस्थान १६:१३

मार्जिनल रेफरेन्स

  • +गन ११:३१, ३४; भज ७८:२७-२९

प्रस्थान १६:१४

मार्जिनल रेफरेन्स

  • +गन ११:७; व्य ८:३; नहे ९:१५

प्रस्थान १६:१५

मार्जिनल रेफरेन्स

  • +गन २१:५; व्य ८:१४, १६; यहो ५:११, १२; युह ६:३१, ३२, ५८; १कोरि. १०:१, ३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९९, पृ. २५

प्रस्थान १६:१६

फुटनोट

  • *

    लगभग २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:३६

प्रस्थान १६:१८

मार्जिनल रेफरेन्स

  • +२कोरि. ८:१५

प्रस्थान १६:१९

मार्जिनल रेफरेन्स

  • +मत्ति ६:११, ३४

प्रस्थान १६:२२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:५

प्रस्थान १६:२३

फुटनोट

  • *

    हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:८; ३१:१५; ३५:२; लेवी २३:३
  • +गन ११:७, ८

प्रस्थान १६:२६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:९, १०; ३१:१३; व्य ५:१५

प्रस्थान १६:२८

मार्जिनल रेफरेन्स

  • +गन १४:११; भज ७८:१०; १०६:१३

प्रस्थान १६:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३१:१३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९८, पृ. १६

प्रस्थान १६:३०

मार्जिनल रेफरेन्स

  • +लेवी २३:३; व्य ५:१३, १४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ७/१५/१९९८, पृ. १६

प्रस्थान १६:३१

फुटनोट

  • *

    यो नाम “यो के हो?” भन्‍ने हिब्रू अभिव्यक्‍तिबाट आएको हुन सक्छ। शब्दावलीमा “मन्‍न” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१५; गन ११:७

प्रस्थान १६:३२

मार्जिनल रेफरेन्स

  • +भज १०५:५, ४०

प्रस्थान १६:३३

मार्जिनल रेफरेन्स

  • +हिब्रू ९:४

प्रस्थान १६:३४

फुटनोट

  • *

    शा., “साक्षीअगाडि।” यो बहुमूल्य कागजपत्र राख्ने बाकस हुन सक्छ।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २७:२१

प्रस्थान १६:३५

मार्जिनल रेफरेन्स

  • +यहो ५:११, १२
  • +व्य ८:२; नहे ९:२१; भज ७८:२४
  • +गन ३३:४८; व्य ३४:१

प्रस्थान १६:३६

फुटनोट

  • *

    एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अरू

प्रस्थ. १६:१गन ३३:१०, ११
प्रस्थ. १६:२प्रस्थ १५:२४; १कोरि. १०:६, १०
प्रस्थ. १६:३प्रस्थ १७:३; गन १६:१३
प्रस्थ. १६:३गन ११:४; १४:२, ३
प्रस्थ. १६:४भज ७८:२४, २५; १०५:४०; युह ६:३१, ३२, ५८; १कोरि. १०:१, ३
प्रस्थ. १६:४मत्ति ६:११
प्रस्थ. १६:४व्य ८:२
प्रस्थ. १६:५प्रस्थ ३५:२
प्रस्थ. १६:५प्रस्थ १६:२२
प्रस्थ. १६:६प्रस्थ ६:७; गन १६:२८, २९
प्रस्थ. १६:८गन २१:७; १स ८:७
प्रस्थ. १६:९प्रस्थ १६:२; गन ११:१
प्रस्थ. १६:१०प्रस्थ १३:२१; गन १६:१९; मत्ति १७:५
प्रस्थ. १६:१२गन १४:२७
प्रस्थ. १६:१२भज १०५:४०
प्रस्थ. १६:१२प्रस्थ ४:५; ६:७
प्रस्थ. १६:१३गन ११:३१, ३४; भज ७८:२७-२९
प्रस्थ. १६:१४गन ११:७; व्य ८:३; नहे ९:१५
प्रस्थ. १६:१५गन २१:५; व्य ८:१४, १६; यहो ५:११, १२; युह ६:३१, ३२, ५८; १कोरि. १०:१, ३
प्रस्थ. १६:१६प्रस्थ १६:३६
प्रस्थ. १६:१८२कोरि. ८:१५
प्रस्थ. १६:१९मत्ति ६:११, ३४
प्रस्थ. १६:२२प्रस्थ १६:५
प्रस्थ. १६:२३प्रस्थ २०:८; ३१:१५; ३५:२; लेवी २३:३
प्रस्थ. १६:२३गन ११:७, ८
प्रस्थ. १६:२६प्रस्थ २०:९, १०; ३१:१३; व्य ५:१५
प्रस्थ. १६:२८गन १४:११; भज ७८:१०; १०६:१३
प्रस्थ. १६:२९प्रस्थ ३१:१३
प्रस्थ. १६:३०लेवी २३:३; व्य ५:१३, १४
प्रस्थ. १६:३१प्रस्थ १६:१५; गन ११:७
प्रस्थ. १६:३२भज १०५:५, ४०
प्रस्थ. १६:३३हिब्रू ९:४
प्रस्थ. १६:३४प्रस्थ २७:२१
प्रस्थ. १६:३५यहो ५:११, १२
प्रस्थ. १६:३५व्य ८:२; नहे ९:२१; भज ७८:२४
प्रस्थ. १६:३५गन ३३:४८; व्य ३४:१
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १६:१-३६

प्रस्थान

१६ अनि इस्राएलीहरूको सारा समुदाय एलिमबाट हिँड्‌यो। मिश्रबाट निस्केको दोस्रो महिनाको १५ औँ दिनमा तिनीहरू एलिम र सिनैको बीचमा पर्ने सिन निर्जनभूमिमा आइपुगे।+

२ त्यहाँ इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनसित गनगन गर्न थाल्यो।+ ३ इस्राएलीहरूले मोसा र हारुनसित यसरी गनगन गरिरहे: “मिश्रमा छँदा हामीले मासु र अरू खानेकुरा अघाउन्जेल खान पाइरहेका थियौँ। तपाईँहरूले हामी सबैलाई यस निर्जनभूमिमा ल्याएर भोकभोकै मार्न लाग्नुभयो।+ बरु यहोवा परमेश्‍वरले हामीलाई मिश्रमै नाश गर्नुभएको भए हुन्थ्यो।”+

४ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर, म तिमीहरूका निम्ति स्वर्गबाट खानेकुरा बर्साउनेछु।+ हरेक इस्राएलीले बाहिर गएर आफूलाई दिनभरिको लागि जति खानेकुरा चाहिन्छ, त्यति मात्र बटुलून्‌।+ तिनीहरूले मैले भनेजस्तै गर्छन्‌ कि गर्दैनन्‌, म हेर्छु।+ ५ छैटौँ दिनमा+ भने तिनीहरूले अरू दिनभन्दा दोबर बटुलून्‌ र त्यसैअनुसार भोजन तयार पारून्‌।”+

६ त्यसैले मोसा र हारुनले सबै इस्राएलीलाई यसो भने: “मिश्रबाट तिमीहरूलाई छुटाउनुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ भनेर साँझपख तिमीहरूले अवश्‍य थाह पाउनेछौ।+ ७ अनि बिहान तिमीहरूले यहोवा परमेश्‍वरको अचम्मको काम देख्नेछौ किनभने तिमीहरूको गनगन उहाँले सुन्‍नुभएको छ। हामी को हौँ र! तिमीहरू किन हामीसित गनगन गर्छौ? तिमीहरूले त वास्तवमा यहोवा परमेश्‍वरसित गनगन गरिरहेका छौ।” ८ मोसाले अझै भने: “यहोवा परमेश्‍वरले तिमीहरूलाई साँझको लागि टन्‍न मासु र बिहानको लागि प्रशस्त मात्रामा अरू खानेकुरा दिनुहुँदा तिमीहरूले यहोवा परमेश्‍वरसित गरेको गनगन उहाँले सुन्‍नुभयो भनेर थाह पाउनेछौ। हामी को हौँ र! तिमीहरूले यस्तो गनगन गरेर वास्तवमा हाम्रो होइन तर यहोवा परमेश्‍वरको विरोध गरेका हौ।”+

९ तब मोसाले हारुनलाई भने: “इस्राएलीहरूको सारा समुदायलाई भन्‍नुहोस्‌, ‘यहोवा परमेश्‍वरसामु भेला होओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ।’”+ १० हारुनले इस्राएलीहरूको सारा समुदायलाई मोसाले भनेको कुरा सुनाउनेबित्तिकै तिनीहरूले फर्केर निर्जनभूमितिर हेरे। अनि हेर, बादलमा यहोवा परमेश्‍वरको महिमा देखा पऱ्‍यो!+

११ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १२ “मैले इस्राएलीहरूको गनगन सुनेको छु।+ तिनीहरूलाई भन, ‘तिमीहरूले साँझ* मासु र बिहानचाहिँ अघाउन्जेल अरू खानेकुरा खानेछौ।+ तब तिमीहरूले म नै तिमीहरूका परमेश्‍वर यहोवा हुँ भनेर थाह पाउनेछौ।’”+

१३ त्यो साँझ बट्टाई चराहरू आएर पूरै छाउनी ढाके+ अनि बिहान भने छाउनीको चारैतिर शीत पऱ्‍यो। १४ शीत सुकेपछि चिनीजस्तै मसिनो सेतो दाना निर्जनभूमिभरि देखियो।+ १५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्‍न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+ १६ यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ: ‘हरेकले जति खान सक्छ, त्यति मात्र बटुल्नू। तिमीहरूले आफ्नो पालमा जति जना छन्‌, त्यसको सङ्‌ख्या हिसाब गरेर प्रत्येकको लागि एक ओमेर*+ बटुल्नू।’” १७ मोसाले भनेझैँ इस्राएलीहरूले गरे; आवश्‍यकताअनुसार कसैले धेरै बटुले, कसैले थोरै। १८ त्यसपछि तिनीहरूले आफूले बटुलेको खानेकुरा ओमेरले नापे। ज-जसले धेरै बटुलेका थिए, तिनीहरूलाई चाहिनेभन्दा बढी भएन अनि ज-जसले थोरै बटुलेका थिए, तिनीहरूलाई कम पनि भएन।+ हरेकले आफूले जति खान सक्छ, त्यति मात्र बटुलेका थिए।

१९ अनि मोसाले तिनीहरूलाई भने: “कसैले पनि आफूले बटुलेको खानेकुरा भोलिपल्ट बिहानसम्म बाँकी नराख्नू।”+ २० तर तिनीहरूले मोसाको कुरा टेरेनन्‌। तिनीहरूमध्ये कसै-कसैले बिहानसम्म खानेकुरा बाँकी राख्दा त्यसमा स्याउँस्याउँती किरा पऱ्‍यो र गन्हाउन थाल्यो। यो देखेर मोसा तिनीहरूसित रिसाए। २१ हरेक बिहान इस्राएलीहरूले आफूले खान सक्नेजति मात्र बटुल्थे। चर्को घाम लाग्न थालेपछि जमिनमा भएको त्यो खानेकुरा बिलाउँथ्यो।

२२ छैटौँ दिन तिनीहरूले अरू दिनभन्दा दोबर+ अर्थात्‌ एक जनाको लागि दुई ओमेर बटुले। त्यसैले इस्राएलीहरूका कुलनायकहरू मोसालाई त्यो कुरा बताउन आए। २३ तब मोसाले तिनीहरूलाई भने: “यहोवा परमेश्‍वरले नै यसो गर भन्‍नुभएको हो। भोलिको दिन यहोवा परमेश्‍वरको लागि छुट्ट्याइएको पवित्र विश्रामदिन* हुनेछ। भोलि तिमीहरूले कुनै काम गर्नेछैनौ।+ त्यसैले जे-जति पकाउन चाहन्छौ, आजै पकाऊ अनि जे-जति उमाल्न चाहन्छौ, आजै उमाल।+ उब्रेको जतिचाहिँ भोलि बिहानसम्म राख।” २४ मोसाले आज्ञा गरेझैँ तिनीहरूले त्यो खानेकुरा भोलिपल्ट बिहानसम्म राखे। तर त्यो गन्हाएन र त्यसमा किरा पनि परेन। २५ तब मोसाले भने: “त्यो खानेकुरा आज खाओ किनभने आजको दिन यहोवा परमेश्‍वरको लागि छुट्ट्याइएको विश्रामदिन हो। अनि आज तिमीहरूले जमिनमा केही खानेकुरा पाउनेछैनौ। २६ तिमीहरूले छ दिनसम्म खानेकुरा बटुल्नू तर सातौँ दिन अर्थात्‌ विश्रामदिनमा+ तिमीहरूले केही पाउनेछैनौ।” २७ सातौँ दिनमा पनि कोही-कोही खानेकुरा बटुल्न बाहिर निस्के तर तिनीहरूले केही पाएनन्‌।

२८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीहरू कतिन्जेल मेरो कुरा सुन्दैनौ? तिमीहरू कहिलेसम्म मेरो नियम पालन गर्न इन्कार गर्छौ?+ २९ विश्रामदिन मनाउने आज्ञा यहोवा परमेश्‍वरले नै दिनुभएको हो भनेर नबिर्स।+ त्यसैले त उहाँले छैटौँ दिनमा तिमीहरूलाई दुई दिनको लागि पुग्ने खानेकुरा दिनुहुन्छ। सातौँ दिनमा सबै जना आ-आफ्नै इलाकामा बस्नू, कोही पनि बाहिर नजानू।” ३० त्यसैले मानिसहरूले सातौँ दिनमा विश्रामदिन मनाए।+

३१ इस्राएलीहरूले त्यस खानेकुराको नाम “मन्‍न”* राखे। त्यो धनियाँको दानाजस्तै सेतोसेतो देखिन्थ्यो। अनि त्यसको स्वादचाहिँ मह मिसाएर बनाइएको रोटीको जस्तो थियो।+ ३२ मोसाले भने: “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ, ‘मिश्रबाट ल्याउँदा निर्जनभूमिमा मैले तिमीहरूलाई कस्तो खानेकुरा खुवाएको थिएँ भनेर पछि आउने पुस्ताहरूलाई देखाउन तिमीहरूले एक ओमेर मन्‍न छुट्ट्याएर राख्नू।’”+ ३३ यसकारण मोसाले हारुनलाई भने: “एउटा भाँडो लिएर त्यसमा एक ओमेर मन्‍न भर्नुहोस्‌ र त्यसलाई यहोवा परमेश्‍वरसामु राख्नुहोस्‌ ताकि त्यो पुस्तौँपुस्तासम्म रहोस्‌।”+ ३४ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै हारुनले त्यो मन्‍न एउटा भाँडोमा हाले अनि त्यो सुरक्षित होस्‌ भनेर सन्दुकअगाडि* राखे।+ ३५ मानिसहरू बसोबास गरेको ठाउँमा नपुगेसम्म+ इस्राएलीहरूले ४० वर्षसम्म मन्‍न खाए।+ कनान देशको सिमानामा नपुगेसम्म तिनीहरूले मन्‍न खाए।+ ३६ एपाको* दस भागको एक भागलाई एक ओमेर भनिन्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने