प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

उत्पत्ति विषयवस्तु

      • लुतकहाँ स्वर्गदूतहरू आउँछन्‌ (१-११)

      • लुत र तिनको परिवारलाई सहर छोड्‌न आग्रह गरिन्छ (१२-२२)

      • सदोम र गमोराको विनाश (२३-२९)

        • लुतकी पत्नी नुनको खम्बा हुन्छिन्‌ (२६)

      • लुत र तिनका छोरीहरू (३०-३८)

        • मोआबीहरू र अम्मोनीहरूको सुरुवात (३७, ३८)

उत्पत्ति १९:१

मार्जिनल रेफरेन्स

  • +उत्प १८:२, २२

उत्पत्ति १९:३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

उत्पत्ति १९:५

मार्जिनल रेफरेन्स

  • +यहु ७

उत्पत्ति १९:८

फुटनोट

  • *

    वा “मेरो सुरक्षामा।” शा., “मेरो छायामुनि।”

मार्जिनल रेफरेन्स

  • +न्याय १९:२३, २४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००५, पृ. २४-२६

    १/१५/२००४, पृ. २७

उत्पत्ति १९:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९०

उत्पत्ति १९:१३

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१३; १८:२०

उत्पत्ति १९:१४

मार्जिनल रेफरेन्स

  • +लुका १७:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९९, पृ. ३०

    १२/१/१९९०

उत्पत्ति १९:१५

मार्जिनल रेफरेन्स

  • +लुका १७:२९-३१

उत्पत्ति १९:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३३:१९
  • +२प २:७-९

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ४/२०२०, पृ. १८

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ९/२०१७, पृ. ९

    प्रहरीधरहरा,

    १/१५/२००४, पृ. २८

    १/१/२००३, पृ. १६-१७

    १२/१/१९९०

उत्पत्ति १९:१७

मार्जिनल रेफरेन्स

  • +लुका ९:६२
  • +उत्प १३:१०

उत्पत्ति १९:१९

फुटनोट

  • *

    वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +भज १४३:११
  • +भज ६:४

उत्पत्ति १९:२१

मार्जिनल रेफरेन्स

  • +भज ३४:१५
  • +उत्प १९:३०; भज ६८:२०

उत्पत्ति १९:२२

फुटनोट

  • *

    यसको अर्थ हो, “सानो।”

मार्जिनल रेफरेन्स

  • +२प ३:९
  • +उत्प १४:२

उत्पत्ति १९:२४

मार्जिनल रेफरेन्स

  • +व्य २९:२३; लुका १७:२९; २प २:६

उत्पत्ति १९:२५

मार्जिनल रेफरेन्स

  • +उत्प १३:१०

उत्पत्ति १९:२६

मार्जिनल रेफरेन्स

  • +लुका १७:३२; हिब्रू १०:३८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/१९९०

उत्पत्ति १९:२७

मार्जिनल रेफरेन्स

  • +उत्प १८:२, २२

उत्पत्ति १९:२८

मार्जिनल रेफरेन्स

  • +यहु ७

उत्पत्ति १९:२९

मार्जिनल रेफरेन्स

  • +२प २:७, ८

उत्पत्ति १९:३०

मार्जिनल रेफरेन्स

  • +उत्प १९:२०, २२
  • +उत्प १९:१७

उत्पत्ति १९:३७

मार्जिनल रेफरेन्स

  • +व्य २:९
  • +१इ १८:२

उत्पत्ति १९:३८

मार्जिनल रेफरेन्स

  • +व्य २:१९; न्याय ११:४; नहे १३:१; सप २:९

अरू

उत्प. १९:१उत्प १८:२, २२
उत्प. १९:५यहु ७
उत्प. १९:८न्याय १९:२३, २४
उत्प. १९:१३उत्प १३:१३; १८:२०
उत्प. १९:१४लुका १७:२८
उत्प. १९:१५लुका १७:२९-३१
उत्प. १९:१६प्रस्थ ३३:१९
उत्प. १९:१६२प २:७-९
उत्प. १९:१७लुका ९:६२
उत्प. १९:१७उत्प १३:१०
उत्प. १९:१९भज १४३:११
उत्प. १९:१९भज ६:४
उत्प. १९:२१भज ३४:१५
उत्प. १९:२१उत्प १९:३०; भज ६८:२०
उत्प. १९:२२२प ३:९
उत्प. १९:२२उत्प १४:२
उत्प. १९:२४व्य २९:२३; लुका १७:२९; २प २:६
उत्प. १९:२५उत्प १३:१०
उत्प. १९:२६लुका १७:३२; हिब्रू १०:३८
उत्प. १९:२७उत्प १८:२, २२
उत्प. १९:२८यहु ७
उत्प. १९:२९२प २:७, ८
उत्प. १९:३०उत्प १९:२०, २२
उत्प. १९:३०उत्प १९:१७
उत्प. १९:३७व्य २:९
उत्प. १९:३७१इ १८:२
उत्प. १९:३८व्य २:१९; न्याय ११:४; नहे १३:१; सप २:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
  • ३८
पवित्र बाइबल नयाँ संसार अनुवाद
उत्पत्ति १९:१-३८

उत्पत्ति

१९ साँझतिर दुई स्वर्गदूत सदोममा आइपुगे। लुत सहरको ढोकामा बसिरहेका थिए। उनीहरूलाई देखेपछि लुत भेट्‌न गए र भुईँसम्मै घोप्टो परेर उनीहरूलाई ढोगे।+ २ अनि लुतले यस्तो बिन्ती गरे: “हे मेरा प्रभु, आफ्नो दासको घरमा पाल्नुहोस्‌ र आज राती यहीँ बास बस्नुहोस्‌; हामी तपाईँहरूका गोडा धोइदिन्छौँ। अनि भोलि बिहानै आफ्नो बाटो लाग्नुहोला।” तर उनीहरूले भने: “होइन, हामी यहीँ चोकमा रात काट्‌छौँ।” ३ तर लुतले ज्यादै कर गरे। त्यसैले उनीहरू लुतको घर गए। लुतले उनीहरूको लागि भोज तयार पारे र खमिर* नहालेको रोटी पनि पकाए। अनि उनीहरूले खाए।

४ उनीहरू सुत्नुअघि सदोमका जवानदेखि बूढा, सबै लोग्नेमान्छे हुल बाँधेर आए र लुतको घर घेरे। ५ तिनीहरूले ठूलठूलो स्वरमा लुतलाई बोलाउँदै यसो भने: “आज बेलुकी तेरो घरमा आएका मानिसहरू खोइ? उनीहरूलाई बाहिर निकाल्‌, हामी उनीहरूसित सम्भोग गर्न चाहन्छौँ।”+

६ सदोमका ती मानिसहरूलाई भेट्‌न लुत घरबाहिर निस्के र ढोका लगाए। ७ तिनले भने: “हे मेरा दाजुभाइ हो, यस्तो दुष्ट काम नगर्नुहोस्‌! ८ मेरा दुई कुमारी छोरी छन्‌। म तिनीहरूलाई तपाईँहरूसामु ल्याउँछु। तपाईँहरूलाई जस्तो उचित लाग्छ, तिनीहरूलाई त्यस्तै गर्नुहोस्‌। तर यी मानिसहरूलाई केही नगर्नुहोस्‌ किनकि उनीहरू मकहाँ बास बस्न* आएका छन्‌।”+ ९ तब ती मानिसहरूले भने: “पछि हट्‌!” तिनीहरूले अझै यसो भने: “यो विदेशी भएर हामीलाई नै सिकाउन खोज्दो रहेछ! अब तेरो हालत उनीहरूको भन्दा खराब बनाइदिनेछौँ।” त्यसपछि तिनीहरूले लुतलाई पेल्न थाले र ढोका फोर्न अघि बढे। १० तर लुतका पाहुनाहरूले हात पसारेर लुतलाई भित्र ताने र ढोका थुने। ११ अनि ढोकाबाहिर जम्मा भएका सानादेखि ठूला सबैलाई उनीहरूले अन्धा बनाइदिए। तैपनि छामछाम छुमछुम गर्दै तिनीहरूले ढोका खोज्न थाले र भेट्टाउन नसक्दा थाकेर हैरान भए।

१२ त्यसपछि ती पाहुनाहरूले लुतलाई भने: “यहाँ तिम्रो आफ्ना मान्छे अरू पनि छन्‌ कि? तिम्रा ज्वाइँहरू, छोराहरू, छोरीहरू र सहरमा भएका सबै नातेदारलाई लिएर यहाँबाट हिँडिहाल! १३ हामी यस सहरलाई नाश गर्नेछौँ। किनभने मानिसहरूको ठूलो गुनासो यहोवा परमेश्‍वरको कानसम्मै पुगेको छ।+ त्यसैले यहोवा परमेश्‍वरले हामीलाई यो सहर नाश गर्न पठाउनुभएको हो।” १४ अनि लुत आफ्ना हुनेवाला ज्वाइँहरूकहाँ गए र तिनीहरूलाई यो कुरा बताए। लुतले तिनीहरूलाई यसो भन्दै कर गरे: “उठ! यस सहरबाट झट्टै निस्किहाल! यहोवा परमेश्‍वरले यो सहर नाश गर्नुहुनेछ!” तर तिनीहरूलाई लुतले ठट्टा गरिरहेको जस्तो लाग्यो।+

१५ झिसमिसे उज्यालो हुन लाग्दा ती स्वर्गदूतहरूले लुतलाई हतार गर्न लगाए र भने: “छिटो गर! तिम्री पत्नी र यी दुई छोरीलाई लिएर निस्किहाल! नत्र यस सहरसँगसँगै तिमीहरू पनि नाश हुनेछौ!”+ १६ तर लुतले आलेटाले गरिरहे। यहोवा परमेश्‍वरले लुतमाथि दया देखाउनुभएकोले+ ती मानिसहरूले लुत, तिनकी पत्नी र तिनका छोरीहरूको हातै समातेर सहरबाहिर पुऱ्‍याए।+ १७ तिनीहरूलाई सहरबाहिर पुऱ्‍याउनेबित्तिकै ती स्वर्गदूतहरूमध्ये एकले भने: “ल, आफ्नो ज्यान जोगाउन यहाँबाट तुरुन्तै भागिहाल! तिमीहरूले पछाडि फर्केर नहेर्नू,+ तिमीहरू कतै पनि नरोकिनू!+ पहाडी इलाकातिर भाग्नू नत्र तिमीहरू मर्नेछौ!”

१८ तब लुतले भने: “हे यहोवा, बिन्ती छ! मलाई त्यतातिर नपठाउनुहोस्‌। १९ हेर्नुहोस्‌, यो दासले तपाईँको निगाह पाएको छ र मेरो ज्यान जोगाएर तपाईँले ममाथि अपार दया* देखाउनुभएको छ।+ तर म पहाडी इलाकातिर भाग्न सक्दिनँ। किनभने त्यहाँ पुग्नुअघि नै ममाथि केही अनिष्ट होला र मेरो ज्यान जाला भनेर मलाई डर लागिरहेको छ।+ २० बरु त्यहाँ नजिकै एउटा सानो सहर छ, म त्यहाँसम्म चाहिँ पुग्न सक्छु। बिन्ती! मलाई त्यहीँ जान दिनुहोस्‌। त्यहाँ जान पाएँ भने मेरो ज्यान जोगिन्छ।” २१ त्यसैले उनले भने: “ठीक छ, मैले तिम्रो बिन्ती सुनेँ।+ त्यस सहरलाई म नाश गर्दिनँ।+ २२ छिटो गर! भागेर त्यहीँ जाऊ। तिमी त्यहाँ नपुगुन्जेल म केही पनि गर्न सक्दिनँ।”+ त्यसैले त्यस सहरको नाम जोअर* राखियो।+

२३ लुत जोअर पुग्दा घाम उदाइसकेको थियो। २४ त्यसपछि यहोवा परमेश्‍वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। हो, यहोवा परमेश्‍वरले नै आकाशबाट त्यस्तो विपत्ति पठाउनुभयो।+ २५ यसरी उहाँले यर्दनको सबै इलाका, त्यहाँ बसोबास गर्ने सबै मानिस अनि बोटबिरुवासमेत सबै थोक नाश गर्नुभयो।+ २६ लुतको पछिपछि आइरहेकी तिनकी पत्नीले पछाडि फर्केर हेर्न थालिन्‌ र तिनी नुनको खम्बा भइन्‌।+

२७ अब्राहाम बिहान सबेरै उठे र यहोवा परमेश्‍वरले तिनीसँग कुरा गर्नुभएको ठाउँमा गए।+ २८ तिनले सदोम र गमोरा अनि यर्दनको चारैतिर हेर्दा डरलाग्दो दृश्‍य देखे। त्यहाँबाट धुवाँको मुस्लो आइरहेको थियो, आगोको भट्टीबाट निस्केको धुवाँको बाक्लो मुस्लोजस्तै।+ २९ यर्दनको इलाकामा पर्ने सहरहरू नाश गर्दा परमेश्‍वरले अब्राहामलाई सम्झनुभयो। त्यसैकारण लुत बसिरहेको सहरलाई नाश गर्नुअघि उहाँले लुतलाई त्यहाँबाट बाहिर लैजानुभयो।+

३० जोअरमा+ बस्न डर लागेकोले पछि लुत आफ्ना दुई छोरीसँगै त्यहाँबाट मास्तिर लागे र पहाडी इलाकामा बसे।+ तिनी आफ्ना दुई छोरीसँगै गुफामा बस्न थाले। ३१ एकदिन जेठीचाहिँले कान्छीलाई भनिन्‌: “हाम्रो बुबा वृद्ध भइसक्नुभयो। संसारको रीतअनुसारै हामीसँग बिहे गर्न यस ठाउँमा अरू कोही पनि लोग्नेमान्छे छैन। ३२ आऊ, हामी बुबालाई मद्य खुवाऔँ अनि बुबाको वंश जोगाउन उहाँसँग सुतौँ।”

३३ त्यसैले त्यो रात तिनीहरूले आफ्नो बुबालाई टन्‍नै मद्य खुवाए। अनि जेठीचाहिँ बुबासँग सुतिन्‌। लुतलाई आफ्नी छोरी कहिले आफूसित सुत्न आइन्‌ र कहिले उठेर गइन्‌, पत्तै भएन। ३४ भोलिपल्ट जेठीले आफ्नी बहिनीलाई भनिन्‌: “हेर, हिजो राती म बुबासँग सुतेँ। आज पनि बुबालाई मद्य खुवाऔँ। आजचाहिँ तिमी बुबासँग सुत र बुबाको वंश जोगाऔँ।” ३५ त्यसैले त्यो रात पनि तिनीहरूले आफ्नो बुबालाई टन्‍नै मद्य खुवाए। अनि कान्छीचाहिँ बुबासँग सुतिन्‌। लुतलाई आफ्नी छोरी कहिले आफूसित सुत्न आइन्‌ र कहिले उठेर गइन्‌, पत्तै भएन। ३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन्‌ र तिनको नाम मोआब+ राखिन्‌। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्‌।+ ३८ कान्छीले पनि एउटा छोरो जन्माइन्‌ र तिनको नाम बेन-अमि राखिन्‌। तिनी नै अहिलेका अम्मोनीहरूका+ पुर्खा हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने