प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w04 १/१५ p. २६-p. २९ par. ८
  • उत्पत्तिको पुस्तकका विशेषताहरू—२

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्पत्तिको पुस्तकका विशेषताहरू—२
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अब्राहाम परमेश्‍वरको मित्र बन्छन्‌
  • (उत्पत्ति ११:१०–२३:२०)
  • याकूबका १२ छोराहरू हुन्छन्‌
  • (उत्पत्ति २४:१-३६:४३)
  • यहोवाले मिश्रमा युसूफलाई आशिष्‌ दिनुहुन्छ
  • (उत्पत्ति ३७:१–५०:२६)
  • हाम्रा लागि पाठहरू:
  • तिनीहरूको अटल विश्‍वास थियो
  • उत्पत्ति विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • अब्राहाम र तिनका परिवारलाई परमेश्‍वर आशिष्‌ दिनुहुन्छ
    बाइबल—यसले दिने सन्देश के हो?
  • यहोवा—“शान्ति दिनुहुने परमेश्‍वर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • जलप्रलयदेखि मिश्रबाट छुटकारासम्म
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
w04 १/१५ p. २६-p. २९ par. ८

यहोवाको वचन जीवित छ

उत्पत्तिको पुस्तकका विशेषताहरू—२

प्रथम पुरुष आदमको सृष्टिदेखि याकूबको छोरा युसूफको मृत्युसम्म गरी उत्पत्तिको पुस्तकले मानव इतिहासको २,३६९ वर्षहरूलाई ढाक्छ। सुरुका १० अध्यायहरू र ११ औं अध्यायका ९ पदसम्म सृष्टिदेखि लिएर बाबेलको धरहरासम्मका विवरणहरू यस पत्रिकाको अघिल्लो अंकमा छलफल गरियो।a यस लेखले उत्पत्तिका बाँकी विवरणहरूका विशेषताहरूमाथि विचार गर्छ, जुन परमेश्‍वरले अब्राहाम, इसहाक, याकूब र युसूफसित गर्नुभएका व्यवहारहरूसित सम्बन्धित छ।

अब्राहाम परमेश्‍वरको मित्र बन्छन्‌

(उत्पत्ति ११:१०–२३:२०)

करिब ३५० वर्षपछि नूहको छोरा शेमको कुलमा परमेश्‍वरको लागि अति प्रिय साबित भएका एक जना पुरुषको जन्म हुन्छ। तिनको नाउँ अब्राम हो, यो नाउँलाई परिवर्तन गरेर पछि अब्राहाम राखिन्छ। परमेश्‍वरको आज्ञाअनुसार अब्रामले कल्दीहरूको देश ऊर छोड्‌छन्‌ अनि यहोवाले तिनी र तिनका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको भूमिमा पाल टाँगेर बस्छन्‌। तिनको विश्‍वास र आज्ञाकारिताले अब्राहाम “परमेश्‍वरका मित्र” कहलिन्छन्‌।—याकूब २:२३.

यहोवाले सदोम र त्यस वरपर रहेका सहरहरूमा बस्ने दुष्ट बासिन्दाहरू विरुद्ध कदम चाल्नुहुन्छ तर लूत र तिनका छोरीहरूलाई बचाइन्छ। अब्राहामको छोरा इसहाकको जन्म हुँदा परमेश्‍वरको प्रतिज्ञा पूरा हुन्छ। वर्षौंपछि यहोवाले अब्राहामलाई बलिदानको रूपमा त्यस पुत्रलाई चढाउने आज्ञा दिनुहुँदा अब्राहामको विश्‍वास जाँचिन्छ। अब्राहाम आज्ञा मान्‍न तयार हुन्छन्‌ तर स्वर्गदूतले रोक्छन्‌। अब्राहाम एक विश्‍वासी पुरुष हुन्‌ भन्‍ने कुरामा शंका गर्ने कुनै ठाउँ छैन र तिनकै सन्तानद्वारा सारा राष्ट्रहरूले आशिष्‌ पाउनेछन्‌ भनेर तिनलाई आश्‍वासन दिइन्छ। आफ्नी प्यारी पत्नी साराको मृत्युले अब्राहामलाई अत्यन्तै शोक विह्वल बनाउँछ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१२:१-३—अब्राहामसँग बाँधिएको करार कहिलेदेखि लागू भयो र कति समयसम्मको लागि? “तँमानै[अब्राम] पृथ्वीका सबै कुलले आशिष पाउनेछन्‌” भनी यहोवाले अब्रामसँग बाँध्नुभएको करार तिनी कनानको यात्रामा निस्कँदा बाटोमा तिनले युफ्रेटिस नदी पार गरेको समयदेखि लागू भयो। यो सा.यु.पू. १९४३ निसान १४ मा अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट छुटाइएको समयभन्दा ४३० वर्ष अघिको कुरा हुनुपर्छ। (प्रस्थान १२:२, ६, ७, ४०, ४१) अब्राहामसँग बाँधिएको करार “युगयुगसम्म स्थापित” गरिएको करार हो। पृथ्वीका सारा परिवारहरूले आशिष्‌ नपाउन्जेल र परमेश्‍वरका सारा शत्रुहरूको नाश नहोउन्जेल यो करारको अन्त्य हुनेछैन।—उत्पत्ति १७:७; १ कोरिन्थी १५:२३-२६.

१५:१३—अब्रामका सन्तानले ४०० वर्ष कष्ट भोग्नुपर्ने भविष्यवाणी कहिले पूरा भयो? यो कष्टकर समयको सुरुवात सा.यु.पू. १९१३ मा भयो जब अब्राहामका छोरा इसहाक ५ वर्ष पुग्दा तिनले आमाको दुध खान छोडे जुनबेला तिनका १९ वर्षीय सौतेला दाइ इश्‍माएल तिनीसित “ठट्टा” गर्दै थिए। (उत्पत्ति २१:८-१४; गलाती ४:२९) सा.यु.पू. १५१३ मा मिश्रीहरूको दासत्वबाट इस्राएलीहरूलाई मुक्‍त गरिंदा यसको अन्त्य भयो।

१६:२—के साराईले आफ्नी दासी हागारलाई अब्रामकी पत्नीको रूपमा दिनु उचित थियो? साराईले यसो गर्नु त्यस बेलाको प्रचलन अनुरूप थियो—त्यतिबेला उत्तराधिकारी जन्माउनको लागि आफ्नो पतिलाई दासी दिनु एउटी बाँझी स्त्रीको दायित्व थियो। बहुविवाहको चलन सबैभन्दा पहिले कयिनको वंशमा देखापऱ्‍यो। पछि गएर यो प्रचलन बन्यो र यहोवाका केही उपासकहरूले पनि यो प्रचलनलाई अपनाए। (उत्पत्ति ४:१७-१९; १६:१-३; २९:२१-२८) तथापि, एकै जनासित मात्र विवाह गर्नुपर्ने आफ्नो सुरुको स्तरलाई यहोवाले कहिल्यै त्याग्नुभएन। (उत्पत्ति २:२१, २२) नूह अनि तिनका छोराहरूलाई ‘फल्दै-फुल्दै वृद्धि हुँदै जाओ’ भन्‍ने आज्ञा फेरि एक चोटि दिनुहुँदा स्पष्टतः ती आज्ञाहरू एकै जनासित मात्र विवाह गर्नुपर्ने स्तर अनुरूप थियो। (उत्पत्ति ७:७; ९:१; २ पत्रुस २:५) अनि एकै जनासित मात्र विवाह गर्नुपर्ने यो स्तरलाई येशू ख्रीष्टले पुनः जोड दिनुभयो।—मत्ती १९:४-८; १ तिमोथी ३:२, १२.

१९:८—के लूतले आफ्ना छोरीहरू सदोमबासीहरूलाई सुम्पनु गलत थिएन? पूर्वीय नीतिअनुसार आफ्नो घरमा आएका पाहुनाहरूको रक्षा गर्नु घरधनीको कर्तव्य हुन्थ्यो, आवश्‍यक परेको खण्डमा पाहुनाको रक्षाको लागि घरधनी आफ्नो ज्यान दिनसम्म पनि तयार हुनुपर्थ्यो। लूत यसो गर्न तयार थिए। उनी साहसी भई भीडसामु गए, आफ्नो घरको पछाडिको ढोका थुने र एक्लैले भीडको सामना गरे। आफ्ना छोरीहरूलाई सुम्पने बेलासम्ममा आफूकहाँ आएका पाहुनाहरू परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरू हुन्‌ भनेर लूतले थाह पाइसकेको हुनुपर्छ र मिश्रमा आफ्नी काकी सारालाई बचाउनुभए जस्तै परमश्‍वरले आफ्ना छोरीहरूलाई पनि बचाउन सक्नुहुन्छ भनेर उनले तर्क गरेको पनि हुन सक्छ। (उत्पत्ति १२:१७-२०) अन्ततः उक्‍त परिस्थितिमा लूत र उनका छोरीहरू सुरक्षित रहे।

१९:३०-३८—लूत नशाले मात्तिएको अनि उनले आफ्ना छोरीहरूसितको यौनसम्पर्कबाट छोराहरू जन्माएको कुराप्रति के यहोवाले आँखा चिम्लनुभयो? यहोवा न हाडनाताकरणी न त मतवालापनप्रति नै आँखा चिम्लनुहुन्छ। (लेवी १८:६, ७, २९; १ कोरिन्थी ६:९, १०) वास्तवमा, सदोमका बासिन्दाहरूको “अधर्म कामहरू” देखेर लूत दुःखी थिए। (२ पत्रुस २:६-८) लूत पूरा होसहवासमा हुँदा उनी पक्कै पनि तिनीहरूसित यौन सम्पर्क राख्न राजी हुने थिएनन्‌ भनेर उनका छोरीहरूले बुझे भन्‍ने कुरा तिनीहरूले उनलाई नशाले लट्ठ बनाएको तथ्यबाट स्पष्ट हुन्छ। तर तिनीहरू त्यस देशमा परदेशी भएका हुनाले लूतको वंश विनाश हुनबाट बचाउन तिनीहरूले यो बाहेक अन्य उपाय देखेनन्‌। अब्राहामको सन्तान इस्राएलीहरूसित मोआबीहरू (मोआबद्वारा) र अम्मोनीहरूको (बेनम्मीद्वारा) सम्बन्धलाई स्पष्ट पार्न यो विवरण बाइबलमा लिपिबद्ध छ।

हाम्रा लागि पाठहरू:

१३:८, ९. मतभेदहरू सुल्झाउन अब्राहामले कति राम्रो उदाहरण छोडे! आर्थिक लाभ, व्यक्‍तिगत रुची अथवा घमण्डको खातिर शान्तिमय सम्बन्धलाई तोड्‌ने काम कहिल्यै नगरौं।

१५:५, ६. अब्राहाम वृद्ध हुँदै गइरहेका थिए र त्यतिबेलासम्ममा पनि एउटै छोरा नहुँदा यसबारे तिनले परमेश्‍वरलाई बिन्ती गरे। फलस्वरूप यहोवाले तिनलाई आश्‍वासन दिनुभयो। परिणाम? अब्राहामले “परमप्रभुमाथि विश्‍वास गरे।” यदि हामीले यहोवालाई प्रार्थनामा आफ्नो मनका सारा कुराहरू पोखायौं, बाइबलबाट उहाँका आश्‍वासनहरूलाई स्वीकाऱ्‍यौं र उहाँका आज्ञाहरू पालन गऱ्‍यौं भने हाम्रो विश्‍वास बलियो हुनेछ।

१५:१६. यहोवाले एमोरीहरूमाथि (अथवा कनानीहरू) चार पुस्तासम्म न्याय ल्याउनुभएन। किन? किनकि उहाँ धीरजी परमेश्‍वर हुनुहुन्छ। सुध्रने आशा छउन्जेल उहाँले कुर्नुभयो। यहोवा जस्तै हामी पनि धीरजी हुनु आवश्‍यक छ।

१८:२३-३३. उहाँ लापरवाही ढंगले मानिसहरूको नाश गर्नुहुन्‍न। उहाँले धर्मीहरूलाई बचाउनुहुन्छ।

१९:१६. लूतले “आले-टाले गरिरहे,” र स्वर्गदूतहरूले उनीलगायत उनको परिवारलाई सदोम सहरबाट तानेर बाहिर निकाल्नुपऱ्‍यो। दुष्ट संसारको अन्त हुने दिनको प्रतीक्षा गर्दा आफ्नो अविलम्बी भाव नगुमाउनु बुद्धिमानी कदम हो।

१९:२६. संसारमा हामीले छोडेर आएका कुराहरूमा अलमलिनु अथवा ती कुराहरूको लालसा गरेर पछाडि फर्केर हेर्नु कत्ति मूर्खतापूर्ण हुन्छ!

याकूबका १२ छोराहरू हुन्छन्‌

(उत्पत्ति २४:१-३६:४३)

अब्राहामले इसहाकको विवाह, यहोवामाथि विश्‍वास राख्ने स्त्री रिबेकासित गर्ने प्रबन्ध मिलाउँछन्‌। रिबेकाले एसाव र याकूब नाउँ गरेका जुम्ल्याह दाजुभाइलाई जन्म दिन्छिन्‌। एसावले आफ्नो जेष्ठ अधिकारलाई तुच्छ ठान्छन्‌ र याकूबलाई बेचिदिन्छन्‌ जसले पछि आफ्नो पिताको आशिष्‌ प्राप्त गर्छन्‌। याकूब पद्दनरामतिर भाग्छन्‌ जहाँ उनले लेआ र राहेलसित विवाह गर्छन्‌ र तिनी आफ्नो परिवार लिएर नजाउन्जेल २० वर्षसम्म आफ्नो ससुराको बगाल चराउँछन्‌। लेआ, राहेल र तिनीहरूका दुइ जना दासीबाट याकूबका १२ जना छोरा र छोरीहरू पनि जन्मन्छन्‌। याकूब एउटा स्वर्गदूतसित कुश्‍ती लड्‌छन्‌ र आशिष्‌ प्राप्त गर्छन्‌ र उनको नाउँ परिवर्तन गरेर इस्राएल राखिन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२८:१२, १३—याकूबले सपनामा देखेको “भऱ्‍याङ[को]” अर्थ के थियो? ढुंगाका खुड्‌किलाहरू जस्तो देखिन सक्ने यो “भऱ्‍याङ[ले]” पृथ्वी र स्वर्गबीच सञ्चार सम्पर्क छ भन्‍ने कुरालाई संकेत गर्थ्यो। यस भऱ्‍याङबाट परमेश्‍वरका स्वर्गदूतहरू उक्लेको र ओर्लेको कुराबाट के स्पष्ट भयो भने, स्वर्गदूतहरूले यहोवा तथा उहाँको अनुमोदन पाएका मानिसबीच महत्त्वपूर्ण ढंगमा सेवा पुऱ्‍याउँछन्‌। —यूहन्‍ना १:५१.

३०:१४, १५—राहेलले किन केही दुधे फलहरूका लागि आफ्नो पतिसित सम्भोग गर्ने मौका त्यागिन्‌? पुरातन समयमा दुधे फललाई निद्रा लगाउने तथा लट्ठ बनाएर पीडा कम गर्ने औषधी अथवा मांसपेशीहरूको ऐंठनलाई रोक्न अथवा उक्‍त रोग निको पार्नको लागि सेवन गरिन्थ्यो। उक्‍त फलले यौन इच्छा जगाउनुका साथै मानव प्रजनन क्षमतामा वृद्धि ल्याउँछ अथवा गर्भधारण गर्नमा सहयोग पुऱ्‍याउँछ भन्‍ने विश्‍वास गरिन्थ्यो। (श्रेष्ठगीत ७:१३) राहेलले कुन मनसायले यसो गरिन्‌ भनेर बाइबलले नखुलाए तापनि तिनलाई दुधे फलहरूले गर्भधारण गर्नमा सहयोग गर्नुका साथै बाँझी हुनुको अपमानबाट मुक्‍त गर्नेछ भन्‍ने लागेको हुनुपर्छ। तथापि, यो घटना यहोवाले “तिनको गर्भ खोलिदिनु[भन्दा]” केही वर्ष अगाडिको हो।—उत्पत्ति ३०:२२-२४.

हाम्रा लागि पाठहरू:

२५:२३. जन्मन अगावै कुनै व्यक्‍तिको आनुवंशिक रचना पत्ता लगाउने र पछि हुने कुरा पहिला नै थाह पाउने अनि आफ्नो उद्देश्‍यको लागि कसैलाई अगाडिबाटै रोज्ने क्षमता यहोवासित छ। यद्यपि, उहाँले व्यक्‍तिविशेषको अन्तिम भवितव्यलाई पूर्वनिर्धारण गर्नुहुन्‍न।—होशे १२:३; रोमी ९:१०-१२.

२५:३२,३३; ३२:२४-२९. जेष्ठ अधिकार प्राप्त गर्नको लागि याकूबले देखाएको चासो अनि आशिष्‌ प्राप्त गर्नको लागि रातभरि स्वर्गदूतसित कुश्‍ती लडेकोबाट उनी साँच्चै पवित्र कुराहरूको मूल्यांकन गर्थे भन्‍ने कुरा स्पष्ट हुन्छ। यहोवाले हामीलाई धेरै पवित्र कुराहरू सुम्पनुभएको छ, जस्तै उहाँसितको हाम्रो सम्बन्ध र उहाँको संगठन, छुडौती, बाइबल र हाम्रो राज्य आशा। हामी यस्ता कुराहरूप्रति मूल्यांकन प्रकट गर्ने सन्दर्भमा याकूब जस्तै होऔं।

३४:१, ३०. दिनाले यहोवालाई प्रेम नगर्ने मानिसहरूलाई साथी बनाएकी हुनाले याकूबमाथि “संकष्ट” ल्याउने समस्याहरू सुरु भयो। हामीले पनि हाम्रो संगति बुद्धिमानीपूर्वक छान्‍नुपर्छ।

यहोवाले मिश्रमा युसूफलाई आशिष्‌ दिनुहुन्छ

(उत्पत्ति ३७:१–५०:२६)

याकूबका छोराहरूलाई डाहले गर्दा आफ्नो भाइ युसूफलाई दासको रूपमा बेच्न उक्साउँछ। मिश्रमा युसूफलाई झ्यालखानामा राखिन्छ किनकि उनले विश्‍वासीपूर्वक र साहसी भइ परमेश्‍वरका नैतिक स्तरहरू पालन गर्छन्‌। पछि, फिरऊनको सपनाको अर्थ खोल्न उनलाई झ्यालखानाबाट निकालिन्छ र फिरऊनको उक्‍त सपनामा सात वर्षको सहकाल पछि सात वर्ष अनिकाल पर्ने भविष्यवाणी गरिएको हुन्छ। त्यसपछि युसूफलाई मिश्रको खाद्य प्रशासक बनाइन्छ। अनिकालले गर्दा उनका भाइहरू अन्‍नको खोजीमा मिश्र आउँछन्‌। परिवारको पुनर्मिलन हुन्छ र गोशेनको उर्वर भूमिमा उनीहरू बसोबास गर्छन्‌। आफ्नो मृत्युशय्यामा याकूबले आफ्ना छोराहरूलाई आशिष्‌ दिन्छन्‌ अनि भविष्यमा महान्‌ आशिष्‌हरूको निश्‍चित आशा दिने भविष्यवाणी गर्छन्‌। याकूबको शरीरलाई गाड्‌नको लागि कनानमा लगिन्छ। ११० वर्षको उमेरमा युसूफको मृत्यु हुँदा उनको शरीरलाई कुहुनु नदिन विभिन्‍न प्रकारका लेपहरू दलिन्छ अनि तिनको लास प्रतिज्ञा गरिएको भूमिमा लगिन्छ।—प्रस्थान १३:१९.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

४३:३२—हिब्रूहरूसित बसेर खानुलाई मिश्रीहरू किन तुच्छ दृष्टिले हेर्थे? धेरै हदसम्म धार्मिक पूर्वाग्रह अथवा जातीय घमण्डको कारणले यसो भएको हुन सक्छ। मिश्रीहरूले गोठालाहरूलाई पनि तुच्छ ठान्थे। (उत्पत्ति ४६:३४) किन? हुनसक्छ, मिश्रीहरूको जातीय प्रणालीमा गोठालाहरू निम्न श्रेणीमा पर्थे। अथवा हुनसक्छ, खेतीयोग्य जमीन सीमित भएको हुनाले बगाल चराउन चरनको खोजी गर्नेहरूलाई मिश्रीहरू घृणा गर्थे।

४४:५, नयाँ संशोधित संस्करण—के यसूफले शकुन-अपशकुनको लागि साँच्चै कचौराको प्रयोग गरे? चाँदीको कचौरा तथा यसबारे भनिएका कुरा एउटा चाल अथवा जुक्‍ति थियो। युसूफ यहोवाका विश्‍वासी उपासक थिए। जसरी बिन्यामीनले साँच्चै चोरेका थिएनन्‌, त्यसरी नै शकुन-अपशकुनको लागि उनले कचौरा प्रयोग गरेका थिएनन्‌।

४९:१०“राजदण्ड” तथा “राज्य चलाउनेको लाठी[को]” अर्थ के हो? राजदण्ड भनेको शासकले शाही अख्तियारको प्रतिक स्वरूप बोक्ने छडी हो। राज्य चलाउनेको लाठी भनेको तिनको आदेश दिने शक्‍तिलाई संकेत गर्ने एउटा लामो डन्डा हो। याकूबले उल्लेख गरेका यी सन्दर्भहरूले शिलो नआउन्जेल विशेष अख्तियार र शक्‍ति यहूदाको कुलमाथि निहित हुने थियो भन्‍ने कुरालाई संकेत गर्थ्यो। यहूदाको वंशबाट आउने सन्तान येशू ख्रीष्ट हुनुहुन्छ जसलाई यहोवाले स्वर्गीय शासन सुम्पनुभएको छ। ख्रीष्टमा शाही अख्तियार हुनुका साथै आदेश दिने शक्‍ति पनि छ।—भजन २:८, ९; यशैया ५५:४; दानियल ७:१३, १४.

हाम्रा लागि पाठहरू:

३८:२६. यहूदाले आफ्नी विधवा बुहारी तामारसित गरेको व्यवहार गलत थियो। यद्यपि, तिनलाई गर्भवती बनाउनुमा आफू जिम्मेवार भएको कुराको सामना गर्नुपर्दा तिनले नम्रतापूर्वक आफ्नो गल्ती स्वीकारे। हामीले पनि आफ्नो गल्ती मानिलिन ढिला-सुस्ती गर्नु हुँदैन।

३९:९. पोतीफरकी पत्नीप्रति युसूफले देखाएको प्रतिक्रियाले नैतिकताको विषयमा उनको सोचाइ परमेश्‍वरको सोचाइसित मेल खान्थ्यो अनि उनको अन्तस्करण ईश्‍वरीय सिद्धान्तद्वारा निर्देशित थियो भन्‍ने कुरा स्पष्ट हुन्छ। सत्यको सही ज्ञानमा बढ्‌दै जाँदा के हामीले पनि यसै गर्ने कोसिस गर्नु पर्दैन र?

४१:१४-१६, ३९, ४०. उहाँसित डराउनेहरूका निम्ति यहोवाले परिस्थितिलाई उल्टाइदिन सक्नुहुन्छ। दुःखकष्ट आइपर्दा हामीले यहोवामाथि भरोसा राख्नु र उहाँप्रति विश्‍वासी हुनु बुद्धिमानी हुन्छ।

तिनीहरूको अटल विश्‍वास थियो

निस्सन्देह, अब्राहाम, इसहाक, याकूब तथा युसूफ ईश्‍वरभीरू पुरुषहरू थिए। उत्पत्तिको पुस्तकमा लिपिबद्ध तिनीहरूका जीवनसम्बन्धी विवरणहरूले साँच्चै विश्‍वासलाई बलियो बनाउँछ अनि हामीलाई धेरै बहुमूल्य पाठहरू सिकाउँछ।

ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको लागि आफ्नो साप्ताहिक बाइबल पढाइको असाइनमेन्ट पूरा गर्नुहुँदा तपाईंले यस विवरणबाट लाभ उठाउन सक्नुहुन्छ। माथि उल्लिखित कुराहरूलाई विचार गर्दा विवरणलाई अझ जीवन्त बनाउन मदत मिल्नेछ।

[फुटनोट]

a जनवरी १, २००४ अंकको प्रहरीधरहरा-मा “यहोवाको वचन जीवित छ—उत्पत्तिको पुस्तकका विशेषताहरू—१” शीर्षकको लेख हेर्नुहोस्‌।

[पृष्ठ २६-मा भएको चित्र]

यहोवाले युसूफलाई आशिष्‌ दिनुहुन्छ

[पृष्ठ २६-मा भएको चित्र]

अब्राहाम विश्‍वासी पुरुष थिए

[पृष्ठ २६-मा भएको चित्र]

धर्मी लूत र तिनका छोरीहरूलाई बचाइयो

[पृष्ठ २९-मा भएको चित्र]

याकूबले पवित्र कुराहरूको मूल्यांकन गरे। के तपाईं गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने