प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • करारको पुस्तकमा लेखिएअनुसार गर्न मानिसहरू तयार हुन्छन्‌ (१-११)

      • मोसा सिनै डाँडामा (१२-१८)

प्रस्थान २४:१

मार्जिनल रेफरेन्स

  • +लेवी १०:१

प्रस्थान २४:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २०:२१; गन १२:८

प्रस्थान २४:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २१:१; व्य ४:१
  • +व्य ५:२७; यहो २४:२२

प्रस्थान २४:४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३४:२७; व्य ३१:९

प्रस्थान २४:५

मार्जिनल रेफरेन्स

  • +लेवी ३:१; ७:११

प्रस्थान २४:७

फुटनोट

  • *

    त्यस पुस्तकमा २०:२२–२३:३३ मा उल्लिखित नियमहरू थिए।

मार्जिनल रेफरेन्स

  • +व्य ३१:११; प्रे १३:१५
  • +प्रस्थ १९:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ५/१/१९९५, पृ. ९, ११

    ३/१/१९९५, पृ. ११

प्रस्थान २४:८

मार्जिनल रेफरेन्स

  • +हिब्रू १२:२४
  • +हिब्रू ९:१८-२०

प्रस्थान २४:१०

मार्जिनल रेफरेन्स

  • +युह १:१८
  • +इज १:२६; प्रका ४:३

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख ८३

प्रस्थान २४:११

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:१

प्रस्थान २४:१२

मार्जिनल रेफरेन्स

  • +व्य ५:२२

प्रस्थान २४:१३

मार्जिनल रेफरेन्स

  • +गन ११:२८
  • +प्रस्थ २४:२

प्रस्थान २४:१४

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३२:१
  • +प्रस्थ १७:१०
  • +प्रस्थ १८:२५, २६

प्रस्थान २४:१५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:९

प्रस्थान २४:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:१०; लेवी ९:२३; गन १६:४२
  • +प्रस्थ १९:११

प्रस्थान २४:१८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १९:२०
  • +प्रस्थ ३४:२८; व्य ९:९

अरू

प्रस्थ. २४:१लेवी १०:१
प्रस्थ. २४:२प्रस्थ २०:२१; गन १२:८
प्रस्थ. २४:३प्रस्थ २१:१; व्य ४:१
प्रस्थ. २४:३व्य ५:२७; यहो २४:२२
प्रस्थ. २४:४प्रस्थ ३४:२७; व्य ३१:९
प्रस्थ. २४:५लेवी ३:१; ७:११
प्रस्थ. २४:७व्य ३१:११; प्रे १३:१५
प्रस्थ. २४:७प्रस्थ १९:८
प्रस्थ. २४:८हिब्रू १२:२४
प्रस्थ. २४:८हिब्रू ९:१८-२०
प्रस्थ. २४:१०युह १:१८
प्रस्थ. २४:१०इज १:२६; प्रका ४:३
प्रस्थ. २४:११प्रस्थ २४:१
प्रस्थ. २४:१२व्य ५:२२
प्रस्थ. २४:१३गन ११:२८
प्रस्थ. २४:१३प्रस्थ २४:२
प्रस्थ. २४:१४प्रस्थ ३२:१
प्रस्थ. २४:१४प्रस्थ १७:१०
प्रस्थ. २४:१४प्रस्थ १८:२५, २६
प्रस्थ. २४:१५प्रस्थ १९:९
प्रस्थ. २४:१६प्रस्थ १६:१०; लेवी ९:२३; गन १६:४२
प्रस्थ. २४:१६प्रस्थ १९:११
प्रस्थ. २४:१८प्रस्थ १९:२०
प्रस्थ. २४:१८प्रस्थ ३४:२८; व्य ९:९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान २४:१-१८

प्रस्थान

२४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमी र हारुन, नादाब र अबिहु+ अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्लेर मकहाँ आऊ र टाढैबाट मलाई दण्डवत्‌ गर। २ तिमी मात्र म यहोवा परमेश्‍वरको नजिक आऊ तर अरूचाहिँ नआऊन्‌। बाँकी इस्राएली पनि तिमीसित डाँडामा उक्लेर नआऊन्‌।”+

३ त्यसपछि मोसाले इस्राएलीहरूकहाँ गएर यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा र उहाँका सबै नियम सुनाए+ अनि तिनीहरू सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा मान्‍न हामी तयार छौँ।”+ ४ तब मोसाले यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा लेखे।+ त्यसपछि तिनी बिहान सबेरै उठे र तिनले डाँडाको फेदमा एउटा वेदी बनाए। साथै तिनले इस्राएलका १२ कुलका लागि ढुङ्‌गाका १२ वटा खामो ठड्‌याए। ५ त्यसपछि तिनले केही इस्राएली युवक छाने अनि तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाए र मेलबलिको रूपमा बहरहरू चढाए।+ ६ अनि मोसाले बलि चढाइएको जनावरको आधा रगत कचौराहरूमा हाले र आधा रगतचाहिँ वेदीमा छर्के। ७ त्यसपछि तिनले करारको पुस्तक* लिए र मानिसहरूसामु ठूलो स्वरले पढेर सुनाए।+ यो सुनेर तिनीहरूले यसो भने: “यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा मान्‍न हामी तयार छौँ र हामी आज्ञाकारी हुनेछौँ।”+ ८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+

९ मोसा र हारुन, नादाब र अबिहु अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्ले। १० त्यहाँ तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे।+ उहाँको पाउमुनि नीलम ढुङ्‌गा बिछ्याइएको पेटीजस्तै केही थियो र त्यो सफा आकाशजस्तै देखिन्थ्यो।+ ११ उहाँले इस्राएलका ती गण्यमान्य पुरुषहरूलाई कुनै हानि गर्नुभएन।+ अनि तिनीहरूले साँचो परमेश्‍वरको दर्शन* देखे र खानपिन गरे।

१२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “डाँडामा उक्लेर मकहाँ आऊ र यहीँ बस। म तिमीलाई इस्राएलीहरूले पालन गर्नुपर्ने नियम र आज्ञाहरू ढुङ्‌गाका पाटीमा लेखेर दिनेछु।”+ १३ अनि मोसा र तिनका सेवक यहोसु त्यहाँबाट हिँडे;+ मोसाचाहिँ साँचो परमेश्‍वरको डाँडासम्मै गए।+ १४ माथि उक्लनुअघि तिनले इस्राएलका नाइकेहरूलाई यसो भनेका थिए: “हामी नफर्केसम्म यहीँ पर्खिरहनुहोस्‌।+ हारुन र हुर तपाईँहरूसितै हुनुहुन्छ।+ कसैको कुनै मामिला सुल्झाउनुपरेमा उहाँहरूकहाँ जानुहोस्‌।”+ १५ त्यसपछि मोसा बादलले ढाकेको डाँडामा उक्ले।+

१६ यहोवा परमेश्‍वरको महिमा+ सिनै डाँडामा रहिरह्‍यो+ अनि छ दिनसम्म डाँडालाई बादलले ढाक्यो। सातौँ दिनमा बादलको बीचबाट परमेश्‍वरले मोसालाई बोलाउनुभयो। १७ तलबाट हेरिरहेका इस्राएलीहरूले डाँडाको टाकुरामा यहोवा परमेश्‍वरको महिमा दनदनी बलिरहेको आगोजस्तै देखे। १८ अनि मोसा बादलभित्र छिरेर डाँडामा उक्ले।+ तिनी ४० दिन र ४० रात त्यही डाँडामा बसे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने