भजनसङ्ग्रह
७४ हे परमेश्वर, तपाईँले हामीलाई किन सदाको लागि त्याग्नुभयो?+
आफ्नै खर्कको बगालमाथि तपाईँको रिस किन दन्कियो?+
२ तपाईँले धेरै पहिले आफ्नो निम्ति रोज्नुभएका मानिसहरूलाई* सम्झनुहोस्+
अनि आफ्नो उत्तराधिकार बनाउन तपाईँले छुटाउनुभएको जातिलाई सम्झनुहोस्।+
सियोन डाँडालाई सम्झनुहोस्, जहाँ तपाईँ बास गर्नुहुन्थ्यो।+
३ तहसनहस भएको ठाउँतिर तपाईँको पाइला चाल्नुहोस्।+
शत्रुहरूले पवित्र ठाउँका सबै कुरालाई नाश गरेका छन्।+
४ तपाईँको उपासना गर्ने ठाउँमा तपाईँका शत्रुहरू गर्जिए;+
त्यहाँ तिनीहरूले आफ्नै झन्डा गाडेका छन्।
५ तिनीहरू घना जङ्गलका रूखहरूलाई बन्चरोले ढाल्ने मानिसहरूजस्तै थिए।
६ त्यहाँ खोपिएका सबै कुरालाई+ तिनीहरूले बन्चरो र फलामको डन्डाले चकनाचुर पारिदिए।
७ तपाईँको पवित्र स्थानमा* तिनीहरूले आगो लगाइदिए।+
तपाईँको नाम बहन गर्ने वासस्थानलाई ध्वस्त पारेर तिनीहरूले त्यसलाई अपवित्र पारे।
८ तिनीहरू र तिनीहरूका सन्तानले मनमनै यसो भने:
“यस भूमिमा भएका परमेश्वरको उपासना गर्ने सबै ठाउँ जलाउनुपर्छ।”
९ त्यहाँ हामी कुनै चिन्ह देख्दैनौँ;
त्यहाँ कोही पनि भविष्यवक्ता बाँकी छैन
अनि कहिलेसम्म यस्तो हुने हो, हामी कसैलाई थाह छैन।
१० हे परमेश्वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्?+
के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्?+
११ तपाईँ आफ्नो हातलाई, आफ्नो दाहिने हातलाई किन रोकेर राख्नुहुन्छ?+
बगलीबाट* आफ्नो हात निकाल्नुहोस् र तिनीहरूको अस्तित्व मेटिदिनुहोस्।
१२ तर परमेश्वर, जसले पृथ्वीमा उद्धारको काम गर्नुहुन्छ,+
उहाँ धेरै अघिदेखि नै मेरा राजा हुनुहुन्छ।
१३ तपाईँले आफ्नो शक्तिले समुद्रमा हलचल मच्चाउनुभयो;+
समुद्रका विशाल जलजन्तुका शिर तपाईँले कुच्याउनुभयो।
१४ लेवियातानको* टाउको तपाईँले कुच्याउनुभयो।
तपाईँले त्यसलाई निर्जनभूमिमा बस्नेहरूको लागि आहारको रूपमा दिनुभयो।
१६ दिन र रात तपाईँकै हुन्।
ज्योति र सूर्य बनाउनुहुने तपाईँ नै हुनुहुन्छ।+
१८ हे यहोवा, शत्रुहरूले गरेको गिल्ला सम्झनुहोस्।
हेर्नुहोस्, मूर्ख मानिसहरूले कसरी तपाईँको नामको अपमान गरिरहेका छन्!+
१९ आफ्नो ढुकुरको जीवन जङ्गली जनावरहरूलाई नसुम्पनुहोस्।
अत्याचारमा परेका आफ्ना मानिसहरूको जीवनलाई सदाको लागि नबिर्सनुहोस्।
२० तपाईँले गर्नुभएको करारलाई सम्झनुहोस्
किनकि पृथ्वीका अँध्यारा ठाउँहरू हिंसाको अड्डा भएका छन्।
२१ थिचोमिचोमा परेकाहरू निराश भएर फर्कनु नपरोस्;+
दीनदुःखी र गरिबहरूले तपाईँको नामको प्रशंसा गरून्।+
२२ हे परमेश्वर, जाग्नुहोस् र आफ्नो मुद्दा लड्नुहोस्।
मूर्खले कसरी सारा दिन तपाईँलाई हाँसोमा उडाएको छ, सम्झनुहोस्।+
२३ तपाईँका शत्रुहरूले भनेका कुरा नबिर्सनुहोस्।
तपाईँका विरोधीहरूको गर्जन आकाशसम्मै बढ्दै गइरहेको छ।