प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १९
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यर्मिया विषयवस्तु

      • यर्मियालाई माटोको भाँडो फुटाउन लगाइन्छ (१-१५)

        • बाआल देवताका लागि बालकको बलि (५)

यर्मिया १९:१

मार्जिनल रेफरेन्स

  • +यर्मि १८:२

यर्मिया १९:२

मार्जिनल रेफरेन्स

  • +यहो १५:८, १२; २इ २८:१, ३; यर्मि ७:३१

यर्मिया १९:४

मार्जिनल रेफरेन्स

  • +२रा २२:१६, १७; यसै ६५:११
  • +२इ ३३:१, ४
  • +२रा २१:१६; यसै ५९:७; यर्मि २:३४; वि ४:१३; मत्ति २३:३४, ३५

यर्मिया १९:५

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ २८:१, ३; ३३:१, ६; यसै ५७:५
  • +लेवी १८:२१; यर्मि ७:३१; ३२:३५

यर्मिया १९:६

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:३२

यर्मिया १९:७

मार्जिनल रेफरेन्स

  • +व्य २८:२५, २६; भज ७९:२; यर्मि ७:३३; १६:४

यर्मिया १९:८

मार्जिनल रेफरेन्स

  • +१रा ९:८; यर्मि १८:१६; वि २:१५

यर्मिया १९:९

मार्जिनल रेफरेन्स

  • +लेवी २६:२९; व्य २८:५३; वि २:२०; ४:१०; इज ५:१०

यर्मिया १९:११

मार्जिनल रेफरेन्स

  • +यर्मि ७:३२

यर्मिया १९:१३

फुटनोट

  • *

    यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

मार्जिनल रेफरेन्स

  • +भज ७९:१
  • +यर्मि ८:१, २; सप १:४, ५
  • +यर्मि ७:१८; ३२:२९

यर्मिया १९:१५

मार्जिनल रेफरेन्स

  • +नहे ९:१७, २९; जक ७:१२

अरू

यर्मि. १९:१यर्मि १८:२
यर्मि. १९:२यहो १५:८, १२; २इ २८:१, ३; यर्मि ७:३१
यर्मि. १९:४२रा २२:१६, १७; यसै ६५:११
यर्मि. १९:४२इ ३३:१, ४
यर्मि. १९:४२रा २१:१६; यसै ५९:७; यर्मि २:३४; वि ४:१३; मत्ति २३:३४, ३५
यर्मि. १९:५२इ २८:१, ३; ३३:१, ६; यसै ५७:५
यर्मि. १९:५लेवी १८:२१; यर्मि ७:३१; ३२:३५
यर्मि. १९:६यर्मि ७:३२
यर्मि. १९:७व्य २८:२५, २६; भज ७९:२; यर्मि ७:३३; १६:४
यर्मि. १९:८१रा ९:८; यर्मि १८:१६; वि २:१५
यर्मि. १९:९लेवी २६:२९; व्य २८:५३; वि २:२०; ४:१०; इज ५:१०
यर्मि. १९:११यर्मि ७:३२
यर्मि. १९:१३भज ७९:१
यर्मि. १९:१३यर्मि ८:१, २; सप १:४, ५
यर्मि. १९:१३यर्मि ७:१८; ३२:२९
यर्मि. १९:१५नहे ९:१७, २९; जक ७:१२
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
यर्मिया १९:१-१५

यर्मिया

१९ यहोवा यसो भन्‍नुहुन्छ: “जाऊ, कुमालेकहाँ गएर माटोको एउटा भाँडो किन।+ अनि केही मुखिया र केही अनुभवी पुजारीलाई लिएर २ ‘हिन्‍नोमको छोराको बेँसी’-को+ खपटा-ढोकामा जाऊ। अनि मैले बताउन लागेको कुरा त्यहाँ घोषणा गर। ३ तिमीले तिनीहरूलाई यसो भन्‍नू, ‘हे यहुदाका राजाहरू अनि यरुसलेमका बासिन्दाहरू हो! यहोवाको वचन सुन। सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

“‘“म यस ठाउँमा विपत्ति ल्याउनेछु। अनि यो घोषणा सुन्‍नेजति सबैको कान बज्नेछ। ४ किनभने तिनीहरूले मलाई त्यागेका छन्‌+ र यो ठाउँलाई मैले चिन्‍नै नसक्ने बनाएका छन्‌।+ तिनीहरूले यहाँ अरू देवताको निम्ति बलि चढाएका छन्‌, जसलाई न तिनीहरूले न तिनीहरूका पुर्खाहरूले न त यहुदाका राजाहरूले नै चिनेका थिए। साथै तिनीहरूले निर्दोष मानिसहरूको रगतले यो ठाउँ भरेका छन्‌।+ ५ आफ्ना छोराहरूलाई अग्निभेटीको रूपमा चढाउन तिनीहरूले बाआलको निम्ति अग्ला थानहरू* बनाएका छन्‌।+ मैले तिनीहरूलाई यसो गर्नू भनेर आज्ञा दिएकै थिइनँ। त्यस्तो कुरा मेरो मनमा समेत आएको थिएन।”’+

६ “‘यहोवा घोषणा गर्नुहुन्छ, “हेर, यस्तो दिन आउँदै छ, जब मानिसहरूले यस ठाउँलाई तोफेथ वा ‘हिन्‍नोमको छोराको बेँसी’ होइन बरु हत्या बेँसी भन्‍नेछन्‌।+ ७ यस ठाउँमा म यरुसलेम र यहुदाको योजना विफल तुल्याइदिनेछु। तिनीहरूलाई शत्रुहरूको तरबारले मर्न दिनेछु र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछु। तिनीहरूको लासलाई आकाशका चराचुरुङ्‌गी अनि पृथ्वीका जनावरहरूका निम्ति आहारा बनाइदिनेछु।+ ८ म यो सहरको हालत यस्तो बनाइदिन्छु कि यो सहर भएर जाने जो कोही पनि यसको हालत देखेर डरले हेरेको हेऱ्‍यै हुनेछ र खिसी गर्दै सिटी बजाउनेछ।+ ९ तिनीहरूका शत्रुहरू अनि तिनीहरूको ज्यान लिन खोज्नेहरूले घेरा हाल्दा तिनीहरू आकुलव्याकुल हुनेछन्‌ र म तिनीहरूलाई आफ्नै छोराछोरी अनि छिमेकीको मासु खान बाध्य पार्नेछु।”’+

१० “अनि तिमीसँगै जाने मानिसहरूको अगाडि त्यो माटोको भाँडो फुटाऊ ११ र तिनीहरूलाई यसो भन, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “जसरी कुनै मानिसले माटोको भाँडोलाई जोड्‌नै नसकिनेगरि फुटाउँछ, यी मानिसहरू अनि यस सहरलाई म त्यसैगरि नाश गर्नेछु। तिनीहरूले तोफेथमा यति धेरै लास गाड्‌नेछन्‌ कि त्यहाँ पाइला राख्ने ठाउँसमेत हुनेछैन।”’+

१२ “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘म यो सहर अनि यहाँ बस्ने मानिसहरूको हालत तोफेथको जस्तै बनाइदिनेछु। १३ यरुसलेमका घरहरू अनि यहुदाका राजाहरूका महलहरू तोफेथजस्तै अशुद्ध हुनेछन्‌।+ हो, जुन-जुन घरका छतमा तिनीहरूले आकाशका सारा सेनाका लागि* बलि चढाए+ र अरू देवताहरूका लागि मद्यभेटी चढाए,+ ती सबै अशुद्ध हुनेछन्‌।’”

१४ यहोवाले भविष्यवाणी गर्न पठाउनुभएको ठाउँ तोफेथबाट फर्केपछि यर्मिया यहोवाको भवनको चोकमा गएर उभिए र सबै मानिसलाई यसो भने: १५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म यो सहर अनि यसका सबै इलाकामा मैले भनेका सबै विपत्ति ल्याउनेछु किनकि तिनीहरूले हठी हुँदै मेरो वचन पालन गर्न इन्कार गरे।’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने