प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६३
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

यसैया विषयवस्तु

      • जातिजातिका मानिसहरूसित यहोवाको बदला (१-६)

      • विगतमा यहोवाले देखाउनुभएको अटल प्रेम (७-१४)

      • पश्‍चात्तापको प्रार्थना (१५-१९)

यसैया ६३:१

फुटनोट

  • *

    वा सम्भवतः “चहकिलो रातो रङ्‌गको।”

मार्जिनल रेफरेन्स

  • +भज १३७:७; यसै ३४:५, ६
  • +आमो १:१२

यसैया ६३:२

मार्जिनल रेफरेन्स

  • +योए ३:१३; प्रका १४:१९, २०; १९:१५

यसैया ६३:३

मार्जिनल रेफरेन्स

  • +यसै ३४:२

यसैया ६३:४

मार्जिनल रेफरेन्स

  • +यसै ३४:८; ३५:४; ६१:१, २

यसैया ६३:५

फुटनोट

  • *

    वा “उद्धार गरेँ।”

मार्जिनल रेफरेन्स

  • +यसै ५१:९; ५२:१०; ५९:१६

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१/२००७, पृ. ११

यसैया ६३:६

मार्जिनल रेफरेन्स

  • +यर्मि २५:१५, १६

यसैया ६३:७

मार्जिनल रेफरेन्स

  • +भज ७८:१२; १०५:५

यसैया ६३:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ २४:७
  • +प्रस्थ १४:३०

यसैया ६३:९

फुटनोट

  • *

    वा “उहाँकै सामने रहने स्वर्गदूत।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ३:७
  • +प्रस्थ १४:१९; २३:२०
  • +व्य ७:८
  • +प्रस्थ १९:४; व्य १:३१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १५७

    प्रहरीधरहरा (जन संस्करण),

    सङ्‌ख्या ३ २०१८ पृ. ८

यसैया ६३:१०

मार्जिनल रेफरेन्स

  • +व्य ९:७
  • +प्रे ७:५१; एफि ४:३०
  • +लेवी २६:१४, १७; व्य २८:६३
  • +यर्मि २१:५

यसैया ६३:११

फुटनोट

  • *

    शा., “तिनलाई।”

मार्जिनल रेफरेन्स

  • +भज ७७:२०
  • +प्रस्थ १४:३०; यसै ५१:१०
  • +गन ११:१६, १७

यसैया ६३:१२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ६:१, ६; १५:१६
  • +प्रस्थ १४:२१, २२
  • +प्रस्थ ९:१५, १६; १४:१७; रोमी ९:१७

यसैया ६३:१३

फुटनोट

  • *

    वा “गहिरो।”

  • *

    वा “निर्जनभूमिमा।”

यसैया ६३:१४

फुटनोट

  • *

    वा “र आफ्नो नामको सौन्दर्य बढाउनुभयो।”

मार्जिनल रेफरेन्स

  • +यहो २२:४
  • +२स ७:२३; नहे ९:१०

यसैया ६३:१५

फुटनोट

  • *

    वा “सुन्दर।”

  • *

    शा., “तपाईँलाई किन भित्रभित्रै औडाहा हुँदैन?”

मार्जिनल रेफरेन्स

  • +यर्मि ३१:२०
  • +व्य ४:३१; नहे ९:१७

यसैया ६३:१६

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ४:२२
  • +यसै ४१:१४

यसैया ६३:१७

फुटनोट

  • *

    वा “तर्काउनुहुन्छ?”

  • *

    शा., “बनाउनुहुन्छ।”

मार्जिनल रेफरेन्स

  • +यसै ६:१०
  • +भज ७४:२; ८०:१४, १५

यसैया ६३:१८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ ३६:१९; यसै ६४:११; वि १:१०

अरू

यसै. ६३:१भज १३७:७; यसै ३४:५, ६
यसै. ६३:१आमो १:१२
यसै. ६३:२योए ३:१३; प्रका १४:१९, २०; १९:१५
यसै. ६३:३यसै ३४:२
यसै. ६३:४यसै ३४:८; ३५:४; ६१:१, २
यसै. ६३:५यसै ५१:९; ५२:१०; ५९:१६
यसै. ६३:६यर्मि २५:१५, १६
यसै. ६३:७भज ७८:१२; १०५:५
यसै. ६३:८प्रस्थ २४:७
यसै. ६३:८प्रस्थ १४:३०
यसै. ६३:९प्रस्थ ३:७
यसै. ६३:९प्रस्थ १४:१९; २३:२०
यसै. ६३:९व्य ७:८
यसै. ६३:९प्रस्थ १९:४; व्य १:३१
यसै. ६३:१०व्य ९:७
यसै. ६३:१०प्रे ७:५१; एफि ४:३०
यसै. ६३:१०लेवी २६:१४, १७; व्य २८:६३
यसै. ६३:१०यर्मि २१:५
यसै. ६३:११भज ७७:२०
यसै. ६३:११प्रस्थ १४:३०; यसै ५१:१०
यसै. ६३:११गन ११:१६, १७
यसै. ६३:१२प्रस्थ ६:१, ६; १५:१६
यसै. ६३:१२प्रस्थ १४:२१, २२
यसै. ६३:१२प्रस्थ ९:१५, १६; १४:१७; रोमी ९:१७
यसै. ६३:१४यहो २२:४
यसै. ६३:१४२स ७:२३; नहे ९:१०
यसै. ६३:१५यर्मि ३१:२०
यसै. ६३:१५व्य ४:३१; नहे ९:१७
यसै. ६३:१६प्रस्थ ४:२२
यसै. ६३:१६यसै ४१:१४
यसै. ६३:१७यसै ६:१०
यसै. ६३:१७भज ७४:२; ८०:१४, १५
यसै. ६३:१८२इ ३६:१९; यसै ६४:११; वि १:१०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
पवित्र बाइबल नयाँ संसार अनुवाद
यसैया ६३:१-१९

यसैया

६३ एदोमबाट+ आइरहेको,

चहकिलो रङ्‌गको* लुगा लगाएर बोज्राहबाट+ आइरहेको को हो?

शानदार पोसाक पहिरिएर

आफ्नो पराक्रम देखाउँदै अघि बढिरहेको को हो?

“त्यो म नै हुँ, म असल कुरा बोल्छु।

त्यो म नै हुँ, म उद्धार गर्ने शक्‍तिशाली परमेश्‍वर हुँ।”

 २ तपाईँको लुगा किन रातो छ?

तपाईँको लुगा कोलमा अङ्‌गुर पेल्ने मानिसको जस्तो किन छ?+

 ३ “मैले एक्लै कोलमा अङ्‌गुर पेलेँ।

जातिजातिका मानिसहरूबाट मलाई साथ दिने कोही थिएन।

मैले रिसले तिनीहरूलाई पेलिरहेँ,

मैले क्रोधले तिनीहरूलाई कुल्चीमिल्ची गरिरहेँ।+

तिनीहरूको रगतले मेरो लुगा लतपतिएको छ,

मेरो लुगाभरि रगतको दाग लागेको छ।

 ४ बदला लिने दिन मैले तोकिसकेको छु,+

मेरा मानिसहरूलाई मोल तिरेर छुटाउने वर्ष आएको छ।

 ५ मैले यताउता हेरेँ तर मलाई मदत गर्ने कोही थिएन;

साथ दिन कोही अघि नसरेको देखेर मलाई अचम्म लाग्यो।

अनि मैले आफ्नै पाखुराको बलले जितेँ,*+

मेरो क्रोधले मलाई साथ दियो।

 ६ मैले आफ्नो रिसमा मानिसहरूलाई कुल्चीमिल्ची गरेँ,

मैले तिनीहरूलाई मेरो क्रोध पिउन लगाएँ अनि तिनीहरू मात्तिए,+

तिनीहरूको रगत मैले भुईँमा खन्याइदिएँ।”

 ७ यहोवाको अटल प्रेमको म बयान गर्नेछु;

यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ,+

ती सबै कामको लागि म उहाँको प्रशंसा गर्नेछु।

यहोवाले कृपा र अपार प्रेम देखाएर

इस्राएलका घरानाका लागि थुप्रै असल काम गर्नुभएको छ।

 ८ उहाँले यसो भन्‍नुभयो: “यिनीहरू नै मेरा मानिसहरू हुन्‌, यिनीहरू मेरा सन्तान हुन्‌; यिनीहरूले मलाई धोका दिनेछैनन्‌।”+

त्यसैले उहाँ तिनीहरूको उद्धारक बन्‍नुभयो।+

 ९ हरेक चोटि तिनीहरू दुःखमा पर्दा उहाँ पनि दुःखी हुनुभयो।+

उहाँले आफ्नै दूत* पठाएर तिनीहरूलाई बचाउनुभयो।+

प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो;+

पहिले-पहिलेदेखि उहाँ आफैले तिनीहरूलाई बोकेर हिँड्‌नुभयो।+

१० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्‍तिलाई दुःखी बनाए।+

त्यसैले उहाँ तिनीहरूको शत्रु बन्‍नुभयो+

र तिनीहरूमाथि जाइलाग्नुभयो।+

११ अनि तिनीहरूलाई बितेका दिनहरू झलझली याद आयो।

उहाँको सेवक मोसाको समयका कुरा तिनीहरूले सम्झे र यसो भने:

“आफ्ना मानिसहरू र तिनीहरूका गोठालाहरूलाई+ समुद्र पार गराउने परमेश्‍वर कहाँ हुनुहुन्छ?+

मोसालाई* पवित्र शक्‍ति दिने परमेश्‍वर कहाँ हुनुहुन्छ?+

१२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्‍वर,+

जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+

र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+

१३ उहाँ कहाँ हुनुहुन्छ,

जसले उर्लँदो* पानीको बीचबाट तिनीहरूलाई हिँडाउनुभयो,

जसले गर्दा खुला मैदानमा* दौडिरहेको घोडाजस्तै तिनीहरू विनाअवरोध हिँड्‌न सके?

१४ बेँसीको मैदानमा पुगेर वस्तुभाउले विश्राम गरेझैँ

यहोवाको पवित्र शक्‍तिको मदतले तिनीहरूले विश्राम पाए।”+

यसरी तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुभयो

र आफ्नो नाम महिमित पार्नुभयो।*+

१५ स्वर्गबाट तल हेर्नुहोस्‌,

उच्च ठाउँमा भएको तपाईँको पवित्र र महिमित* वासस्थानबाट हेर्नुहोस्‌।

तपाईँ आफ्नो जोस र शक्‍ति अहिले किन देखाउनुहुन्‍न?

तपाईँको करुणा+ र तपाईँको कृपाले+ तपाईँलाई अहिले किन झकझक्याउँदैन?*

ती सबै तपाईँले हामीदेखि रोकेर राख्नुभएको छ।

१६ तपाईँ हाम्रा बुबा हुनुहुन्छ,+

अब्राहामले हामीलाई नचिने तापनि,

इस्राएलले हामीलाई नचिने तापनि,

हे यहोवा, तपाईँ नै हाम्रा बुबा हुनुहुन्छ।

हामीलाई वर्षौँअघि मोल तिरेर छुटाउने तपाईँ नै हुनुहुन्छ।+

१७ हे यहोवा, तपाईँ किन हामीलाई तपाईँको मार्गबाट तर्किन दिनुहुन्छ?*

तपाईँको डर मान्‍नै छोड्‌नेगरि तपाईँ किन हाम्रो मनलाई कठोर हुन दिनुहुन्छ?*+

आफ्ना सेवकहरूको निम्ति फर्कनुहोस्‌!

तपाईँले छान्‍नुभएको जाति, तपाईँको सम्पत्तिको खातिर फर्कनुहोस्‌।+

१८ तपाईँले दिनुभएको भूमिलाई तपाईँका पवित्र जातिले थोरै समय अधिकार गरे

तर तपाईँका शत्रुहरूले तपाईँको पवित्र स्थानलाई* कुल्चीमिल्ची गरे।+

१९ हामी तपाईँले कहिल्यै शासन नगरेको जातिजस्तै भएको वर्षौँ भयो।

हामी तपाईँको नामले कहिल्यै नचिनिएको जातिजस्तै भएका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने