प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १७
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

प्रस्थान विषयवस्तु

      • पिउने पानीको विषयमा होरेबमा कचकच (१-४)

      • चट्टानबाट पानी (५-७)

      • अमालेकीहरूको आक्रमण र हार (८-१६)

प्रस्थान १७:१

मार्जिनल रेफरेन्स

  • +गन ३३:२
  • +गन ३३:१२
  • +गन ३३:१४

प्रस्थान १७:२

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ५:१९, २१; गन १४:२, ३; २०:३
  • +गन १४:२२; भज ७८:१८, २२; १०६:१४

प्रस्थान १७:३

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १६:२, ३

प्रस्थान १७:५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ ७:२०

प्रस्थान १७:६

मार्जिनल रेफरेन्स

  • +गन २०:८; व्य ८:१४, १५; नहे ९:१५; भज ७८:१५; १०५:४१; १कोरि. १०:१, ४

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा (अध्ययन संस्करण),

    ७/२०१८, पृ. १३-१४

प्रस्थान १७:७

फुटनोट

  • *

    यसको अर्थ हो, “जाँच; परीक्षा।”

  • *

    यसको अर्थ हो, “झगडा।”

मार्जिनल रेफरेन्स

  • +व्य ९:२२
  • +भज ८१:७
  • +व्य ६:१६; भज ९५:८, ९; हिब्रू ३:८, ९

प्रस्थान १७:८

मार्जिनल रेफरेन्स

  • +व्य २५:१७; १स १५:२
  • +उत्प ३६:१२

प्रस्थान १७:९

मार्जिनल रेफरेन्स

  • +गन ११:२८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    १२/१/२००२, पृ. ९

प्रस्थान १७:१०

मार्जिनल रेफरेन्स

  • +यहो ११:१५
  • +प्रस्थ २४:१३, १४

प्रस्थान १७:१३

मार्जिनल रेफरेन्स

  • +यहो ११:१२

प्रस्थान १७:१४

मार्जिनल रेफरेन्स

  • +गन २४:२०; व्य २५:१९; १इ ४:४२, ४३

प्रस्थान १७:१५

फुटनोट

  • *

    यसको अर्थ हो, “यहोवा मेरो झन्डा हुनुहुन्छ।”

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२५

प्रस्थान १७:१६

मार्जिनल रेफरेन्स

  • +प्रका १९:१
  • +१स १५:२०; एस्त ९:२४

अरू

प्रस्थ. १७:१गन ३३:२
प्रस्थ. १७:१गन ३३:१२
प्रस्थ. १७:१गन ३३:१४
प्रस्थ. १७:२प्रस्थ ५:१९, २१; गन १४:२, ३; २०:३
प्रस्थ. १७:२गन १४:२२; भज ७८:१८, २२; १०६:१४
प्रस्थ. १७:३प्रस्थ १६:२, ३
प्रस्थ. १७:५प्रस्थ ७:२०
प्रस्थ. १७:६गन २०:८; व्य ८:१४, १५; नहे ९:१५; भज ७८:१५; १०५:४१; १कोरि. १०:१, ४
प्रस्थ. १७:७व्य ९:२२
प्रस्थ. १७:७भज ८१:७
प्रस्थ. १७:७व्य ६:१६; भज ९५:८, ९; हिब्रू ३:८, ९
प्रस्थ. १७:८व्य २५:१७; १स १५:२
प्रस्थ. १७:८उत्प ३६:१२
प्रस्थ. १७:९गन ११:२८
प्रस्थ. १७:१०यहो ११:१५
प्रस्थ. १७:१०प्रस्थ २४:१३, १४
प्रस्थ. १७:१३यहो ११:१२
प्रस्थ. १७:१४गन २४:२०; व्य २५:१९; १इ ४:४२, ४३
प्रस्थ. १७:१६प्रका १९:१
प्रस्थ. १७:१६१स १५:२०; एस्त ९:२४
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान १७:१-१६

प्रस्थान

१७ इस्राएलीहरूको सारा समुदाय यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ+ सिन निर्जनभूमिबाट निस्केर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै रेफिदिम पुगे र तिनीहरूले त्यहाँ पाल टाँगे।+ तर त्यहाँ पिउनको लागि पानी थिएन।

२ त्यसैले मानिसहरू मोसासित यसो भन्दै झगडा गर्न थाले:+ “हामीलाई पानी दिनुहोस्‌।” तर मोसाले तिनीहरूलाई भने: “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन बारम्बार यहोवा परमेश्‍वरको परीक्षा गर्छौ?”+ ३ इस्राएलीहरू असाध्यै तिर्खाएका थिए। त्यसैले तिनीहरूले मोसासित यसरी गनगन गरिरहे:+ “यहाँ आएर हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तु पानी नपाएर तिर्खाले मर्नु नै थियो भने तपाईँले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो?” ४ तब मोसाले यहोवा परमेश्‍वरलाई यसो भन्दै पुकारे: “यी मानिसहरूलाई म के गरूँ? तुरुन्तै केही नगर्ने हो भने यिनीहरूले मलाई ढुङ्‌गाले हान्‍नेछन्‌।”

५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूको समुदायबाट केही नाइकेलाई लिएर तिमी अघिअघि जाऊ। अनि तिमीले जुन लौरोले नाइल नदीलाई हिर्काएका थियौ, त्यो लौरो पनि सँगै लैजाऊ।+ ६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्‌नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्‌।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे। ७ मोसाले त्यस ठाउँको नाम मास्साह*+ र मरिबा*+ राखे किनभने इस्राएलीहरूले मोसासित झगडा गरेका थिए र यसो भन्दै यहोवा परमेश्‍वरको परीक्षा गरेका थिए:+ “के यहोवा परमेश्‍वर साँच्चै हामीसित हुनुहुन्छ?”

८ इस्राएलीहरू रेफिदिममा+ भएको बेला अमालेकीहरूले+ तिनीहरूलाई आक्रमण गरे। ९ अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्‌न जाऊ। मचाहिँ साँचो परमेश्‍वरले मलाई आफूसँगै लैजाऊ भन्‍नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।” १० तब यहोसुले मोसाले भनेझैँ गरे;+ तिनले अमालेकीहरूसित लडाइँ गरे। मोसा, हारुन र हुरचाहिँ+ पहाडको टाकुरामा गएर उभिए।

११ मोसाले दुवै हात उठाइराख्दा इस्राएलीहरू विजयी हुन्थे तर तिनले हात झार्नेबित्तिकै अमालेकीहरू विजयी हुन्थे। १२ मोसाका हातहरू फतक्क गलेपछि हारुन र हुरले एउटा ढुङ्‌गा ल्याइदिए। अनि मोसा त्यसमा बसे। त्यसपछि तिनीहरूमध्ये एक जनाले मोसाको दायाँ हात र अर्कोले बायाँ हात उचालिराखे। यसरी घाम नअस्ताएसम्म मोसाले आफ्ना दुवै हात उठाइराख्न सके। १३ यसप्रकार यहोसुले अमालेकीहरू र उनीहरूका मानिसहरूलाई तरबारले मारे।+

१४ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म यस धर्तीबाट अमालेकीहरूको नामोनिसान मेटाउनेछु। यो कुरा कहिल्यै नबिर्सन त्यसलाई पुस्तकमा लेखिराख अनि यहोसुलाई पनि सुनाइदेऊ।”+ १५ तब मोसाले एउटा वेदी बनाए र यसो भन्दै त्यसको नाम यहोवा-निस्सी* राखे: १६ “अमालेकीहरूले याहको+ सिंहासनविरुद्ध हात उठाएकोले उनीहरूले पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरसित लड्‌नुपर्नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने