प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ कोरिन्थी ५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

१ कोरिन्थी विषयवस्तु

      • अवैध यौनसम्बन्धको मामिला (१-५)

      • अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ (६-८)

      • दुष्ट मानिसलाई हटाओ (९-१३)

१ कोरिन्थी ५:१

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +एफि ५:३
  • +लेवी १८:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ८/१५/१९९७, पृ. २८

१ कोरिन्थी ५:२

मार्जिनल रेफरेन्स

  • +२कोरि. ७:९
  • +१कोरि. ५:१३; २यु १०

१ कोरिन्थी ५:५

मार्जिनल रेफरेन्स

  • +१ ति १:२०
  • +१कोरि. १:८

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    २/१५/२०१२, पृ. २२

    ७/१/२००८, पृ. २२-२३

    १२/१/२००६, पृ. १७

१ कोरिन्थी ५:६

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१कोरि. १५:३३; गला ५:९; २ति २:१६, १७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५७

    प्रहरीधरहरा,

    ३/१/१९९३, पृ. ४

१ कोरिन्थी ५:७

मार्जिनल रेफरेन्स

  • +युह १:२९
  • +१प १:१९, २०; प्रका ५:१२

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    बाइबल प्रश्‍नहरूको जवाफ, लेख १२०

    जीवन र प्रचारकार्य अभ्यास पुस्तिका,

    ४/२०१८, पृ. २

    प्रहरीधरहरा,

    १२/१५/२०१३, पृ. १९

    ३/१/१९९४, पृ. ४

    ३/१/१९९३, पृ. ४

    २/१/१९९१, पृ. २१

१ कोरिन्थी ५:८

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १३:७

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ३/१/१९९३, पृ. ४

१ कोरिन्थी ५:९

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

१ कोरिन्थी ५:१०

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१ युह २:१७
  • +युह १७:१५

१ कोरिन्थी ५:११

फुटनोट

  • *

    ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

  • *

    वा “मौखिक दुर्व्यवहार गर्छ।”

मार्जिनल रेफरेन्स

  • +गन १६:२५, २६; रोमी १६:१७; २यु १०
  • +एफि ५:५
  • +व्य २१:२०, २१; १प ४:३
  • +१कोरि. ६:९, १०; गला ५:१९-२१

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!, पाठ ५८

    ब्यूँझनुहोस्‌!,

    १०/८/१९९६, पृ. २६

१ कोरिन्थी ५:१३

मार्जिनल रेफरेन्स

  • +उप १२:१४
  • +उत्प ३:२३, २४; व्य १७:७; ति ३:१०; २यु १०

अनुक्रमणिकाहरू

  • अनुसन्धान सहयोगी

    प्रहरीधरहरा,

    ४/१५/२०१५, पृ. ३०

    ५/१५/१९९५, पृ. १३

अरू

१ कोरि. ५:१एफि ५:३
१ कोरि. ५:१लेवी १८:८
१ कोरि. ५:२२कोरि. ७:९
१ कोरि. ५:२१कोरि. ५:१३; २यु १०
१ कोरि. ५:५१ ति १:२०
१ कोरि. ५:५१कोरि. १:८
१ कोरि. ५:६१कोरि. १५:३३; गला ५:९; २ति २:१६, १७
१ कोरि. ५:७युह १:२९
१ कोरि. ५:७१प १:१९, २०; प्रका ५:१२
१ कोरि. ५:८प्रस्थ १३:७
१ कोरि. ५:१०१ युह २:१७
१ कोरि. ५:१०युह १७:१५
१ कोरि. ५:११गन १६:२५, २६; रोमी १६:१७; २यु १०
१ कोरि. ५:११एफि ५:५
१ कोरि. ५:११व्य २१:२०, २१; १प ४:३
१ कोरि. ५:१११कोरि. ६:९, १०; गला ५:१९-२१
१ कोरि. ५:१३उप १२:१४
१ कोरि. ५:१३उत्प ३:२३, २४; व्य १७:७; ति ३:१०; २यु १०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ कोरिन्थी ५:१-१३

पहिलो कोरिन्थी

५ भनौँ भने तिमीहरूमाझ अवैध यौनसम्बन्ध*+ राख्ने एक जना मानिस छ भनेर मैले सुनेको छु, यस्तो सम्बन्ध, जुन अन्यजातिका मानिसहरूले समेत राख्दैनन्‌। तिमीहरूमध्ये कसैले आफ्नै बुबाकी पत्नीलाई राखेको छ रे।+ २ के तिमीहरू यो कुरामा घमन्ड गर्छौ? बरु तिमीहरूले त शोक गर्नुपर्ने होइन र?+ अनि यस्तो काम गर्ने मानिसलाई आफ्नो बीचबाट हटाउनुपर्ने होइन र?+ ३ म त्यहाँ तिमीहरूकहाँ नभए तापनि मेरो मन त्यहीँ छ र यस्तो काम गर्ने मानिसलाई आफू त्यहीँ उपस्थित भएजस्तै गरी मैले दोषी साबित गरिसकेँ। ४ जब तिमीहरू प्रभु येसुको नाममा भेला हुन्छौ, तब मेरो मन अनि हाम्रा प्रभु येसुको शक्‍ति पनि तिमीहरूसित हुनेछ। ५ त्यसैले तिमीहरूले त्यस्तो मानिसलाई सैतानको हातमा सुम्पिदेओ+ ताकि त्यस मानिसले मण्डलीभित्र ल्याएको पापी झुकाव नष्ट होस्‌ र प्रभुको दिनमा मण्डलीको असल झुकाव सुरक्षित रहोस्‌।+

६ तिमीहरूले घमन्ड गर्नु ठीक छैन। अलिकता खमिरले* पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ भनेर के तिमीहरूलाई थाह छैन?+ ७ पुरानो खमिरलाई हटाओ तब तिमीहरू नयाँ ढिको बन्‍न सक्नेछौ किनकि हाम्रो निस्तारको पाठो, ख्रिष्टको+ बलिदान चढाइसकिएको हुनाले+ तिमीहरू वास्तवमा खमिरबाट मुक्‍त छौ। ८ त्यसैले आओ, हामी न पुरानो खमिरले न त खराबी अनि दुष्टताको खमिरले तर निष्कपटता अनि सत्यताको अखमिरा रोटीले यो चाड मनाऔँ।+

९ अवैध यौनसम्बन्ध* राख्नेहरूसित सङ्‌गत गर्न छोड्‌नू भनेर मैले आफ्नो पत्रमा तिमीहरूलाई लेखेको थिएँ १० तर अवैध यौनसम्बन्ध* राख्ने यस संसारका मानिसहरूसित+ वा लोभी मानिसहरूसित वा लुटाहा वा मूर्तिपूजकहरूसित पटक्कै सङ्‌गत नगर्नू भन्‍न खोजेको त होइन नत्र त तिमीहरू यस संसारबाट साँच्चै निस्केर जानुपर्नेछ।+ ११ तर अब म त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न छोड्‌नू+ भनेर तिमीहरूलाई लेख्दै छु, जसले भाइ कहलिएर पनि अवैध यौनसम्बन्ध* राख्छ वा जो लोभी+ वा मूर्तिपूजक हो वा जसले गालीगलौज गर्छ* वा जो पियक्कड+ वा लुटाहा हो।+ त्यस्तो मानिससित त खाँदै नखाओ। १२ बाहिरकाहरूको न्याय गर्न मलाई के खाँचो? तिमीहरूले भित्रकाहरूकै न्याय गर्नुपर्ने होइन र? १३ बाहिरकाहरूको न्याय त परमेश्‍वरले नै गर्नुहुन्छ।+ “त्यस दुष्ट मानिसलाई आफ्नो बीचबाट हटाओ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने