प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ ३/८ pp. २६-२७
  • ग्रीसले धार्मिक अधिकारको समर्थन गर्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ग्रीसले धार्मिक अधिकारको समर्थन गर्छ
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा बेग्लै नतिजा
  • तीव्र दबाउ बेकार हुन्छ
  • देख्ने व्यक्‍तिहरू प्रभावित भए
  • अधिवेशनको उल्लेखनीय पक्ष
  • १९९८ “परमेश्‍वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९८
  • १९९५ “आनन्दित प्रशंसकहरू” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९५
  • सन्‌ १९९९ “परमेश्‍वरको भविष्यसूचक वचन” जिल्ला अधिवेशन
    हाम्रो राज्य सेवकाई—१९९९
  • हाम्रो जिल्ला अधिवेशन—सत्यको पक्षमा जोडदार प्रमाण
    हाम्रो राज्य सेवा—२०१२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००२
g०२ ३/८ pp. २६-२७

ग्रीसले धार्मिक अधिकारको समर्थन गर्छ

गत वर्ष,  ग्रीक सरकारले यहोवाका साक्षीहरूको एउटा ठूलो अधिवेशनका लागि पहिलो पटक त्यहाँको एउटा अत्यन्तै सुविधाजनक खेल मैदान प्रयोग गर्ने अनुमति दियो। यस २०,००० जना जति मानिसहरू अटाउने ओलम्पिक खेलभवनमा भित्र खेलिने खेलहरू खेलिन्छन्‌। यो वातानुकूलित रंगशाला सन्‌ २००४ मा एथेन्समा हुने ओलम्पिक खेलको लागि पनि प्रयोग गरिनेछ।

उल्लेखनीय कुरा के छ भने, सन्‌ १९६३ र १९८८ मा पनि साक्षीहरूले अधिवेशन सञ्चालन गर्न एथेन्सको ठूलो खेल मैदान प्रयोग गर्ने प्रबन्ध मिलाएका थिए। तर दुवै पटक, ग्रीक अर्थोडक्स चर्चको धम्कीबाट डराएर अधिकारीहरूले साक्षीहरूलाई उक्‍त मैदानहरू प्रयोग गर्न दिएनन्‌।

एउटा बेग्लै नतिजा

उपस्थित सबै जना अटाउने थोरै खेल मैदानहरूमध्ये एउटा अर्थात्‌ ओलम्पिक खेलभवन प्रयोग गर्न साक्षीहरूले फेब्रुअरी २००१ मा अनुमति मागे। तर कतै अतीत दोहोरिने हो कि भनेर तिनीहरू चिन्तित थिए। नभन्दै, अधिकारीहरूले सुरुमा त्यस्तै नकारात्मक जवाफ दिए।

तर, तुरुन्तै न्यायी र निष्पक्ष भनेर नाउँ कमाएका उच्च अधिकारीहरूसित सम्पर्क गरियो। उपासना गर्न र शान्तपूर्वक भेला हुन पाउने संवैधानिक हकहरू पालन गर्न के तिनीहरू इच्छुक हुनेछन्‌? के तिनीहरूले धार्मिक दबाउको प्रतिरोध गर्नेछन्‌? हो, तिनीहरूले त्यसै गरे र तिनीहरूले गरेको नयाँ निर्णयले पहिलेको निर्णयलाई बदर गऱ्‍यो। यसले गर्दा साक्षीहरूलाई जुलाई २७-२९, २००१ मा त्यस खेलभवनमा अधिवेशन आयोजना गर्ने बाटो खुल्यो।

त्यसै गरी, अधिकारीहरूले सरकारी स्वामित्वमा रहेको थिस्सलोनिकाको पालाइस डे स्पोर्ट भन्‍ने खेलभवन प्रयोग गर्ने अनुमति पनि साक्षीहरूलाई दिए।

तीव्र दबाउ बेकार हुन्छ

जसै एथेन्समा अधिवेशन सुरु हुने दिन नजिक आयो, अनेक किसिमका प्रश्‍नहरू मनमा उब्जिन थाल्यो: अर्थोडक्स पादरीहरूको दबाउको बावजूद के अधिकारीहरू आफ्नो निर्णयमा दृढ रहन सक्लान्‌ त? गैरकानुनी तत्त्वहरूबाट कुनै प्रकारको बाधाबिघ्न नझेली के साक्षीहरूले जमघट गर्न सक्लान्‌?

यस सम्मेलनमा अवरोध खडा गर्न अर्थोडक्स चर्चले दबाउ दिन छोडेन। अधिवेशनबारे उल्लेख नगर्नू भनी अर्थोडक्स पादरीहरूले आदेश दिएको कुरा टेलिभिजन स्टेशनहरूले बताए। तथापि, अन्तमा गएर चर्चका सबै प्रयासहरू बेकार भए।

हाँसउठ्‌दो कुरा त के छ भने, अर्थोडक्स चर्चले साक्षीहरूलाई गुप्त धर्म भनी आरोप लगाएका छन्‌। तर खेलभवनभित्र के हुँदैछ भनी थाह पाउनबाट सर्वसाधारणलाई बञ्चित गराउने कोसिस पनि वास्तवमा चर्च आफैले गरेको थियो। खुसीको कुरा, सञ्चार-माध्यमका साहसी सञ्चारकर्मीहरू पादरीहरूको दबाउसामु झुकेनन्‌। तिनीहरूले अधिवेशनबारे विस्तृत र निष्पक्ष समाचार प्रस्तुत गरे।

आफ्नो विश्‍वासबारे कुरा गर्ने सिलसिलामा हजारौं प्रतिनिधिहरूले अधिवेशनबारे सर्वसाधारणलाई जानकारी दिए। जहाँसुकै गए तापनि प्रतिनिधिहरूले झुण्डाएका पहेंलो रङका अधिवेशन बिल्लाबाट उनीहरू प्रस्टै चिनिन्थे। अधिवेशनमा आमन्त्रित गरिएका यहोवाका साक्षीहरूबाहेक अरू पनि थुप्रै आए र अन्तिम दिनको उपस्थिति संख्या १५,७६० पुग्यो। जुलाईको अन्तिम दुई हप्तामा थिस्सलोनिकाको पालाइस डे स्पोर्टमा भएका अधिवेशनहरूमा कुल १३,१७३ जना उपस्थित भए।

देख्ने व्यक्‍तिहरू प्रभावित भए

यहोवाका साक्षीहरूको २,६०४ जना स्वयम्‌सेवकहरूको ठूलो हूल खेलभवनमा सरसफाइ, रंगरोगन र अधिवेशनको तयारीको लागि जाँदा, रंगशालाका प्रबन्धकले यसो भने: “यस ठाउँमा पहिला कहिल्यै नभएको काम हेर्न हामीहरू यहाँ आयौं।” एक जना मानिसले यस्तो टिप्पणी गरे: “यस ठाउँलाई जीर्णोद्धार गर्ने हो भने तपाईंहरूले नै यो ठाउँ हरेक वर्ष चलाउनुपर्छ।”

खेलभवनको सार्वजनिक मामिलासम्बन्धी निर्देशक आन्द्रिआस भार्डाकिस पनि प्रभावित भए। तिनले यसो भने, “तपाईंहरूले यस ठाउँलाई श्रृंगार्नुभएको छ। यस ठाउँलाई व्यवस्थित राख्न हामीसित कर्मचारीहरू नभएको त होइन तर यस अधिवेशनलाई सफल बनाउनमा तपाईंहरूको सहभागिताको ठूलो हात थियो।”

शान्त भीडलाई नियन्त्रण गर्न अधिवेशनको दौडान कुनै प्रहरी पठाउनु नपर्ने भएपछि, एक जना प्रहरी अधिकृतले छक्क पर्दै यसो भने: “यत्तिको शिष्टता र व्यवस्थित भीड मैले पहिला कहिल्यै देखेको थिइनँ!”

अधिवेशनको उल्लेखनीय पक्ष

अधिवेशनको समापन भाषणमा ग्रीकको राष्ट्रिय शिक्षा तथा धर्म मन्त्रालयले यहोवाका साक्षीहरूलाई “चिरपरिचित धर्म” भनेर मान्यता दिएको घोषणा गरियो। यसबाहेक, मन्त्रालयले एथेन्समा अवस्थित यहोवाका साक्षीहरूको राष्ट्रिय मुख्यालयलाई आधिकारिक मान्यता दिएको थियो। उक्‍त सरकारी कागजातको केही अंश यस प्रकार थियो:

“यहोवाका मसीही साक्षीहरूलाई प्रशासनले चिरपरिचित धर्म मानेको छ . . . र यसबाट उनीहरूले सबै प्रकारका कानुनी लाभ उठाउन सक्नेछन्‌। संविधानको माथि उल्लेखित धाराले उपासना गर्ने स्वतन्त्रता, उपासना पद्धतिको स्वतन्त्रता र हरेक चर्च वा धार्मिक सभा कसरी सञ्चालन गर्ने भनी रोज्ने स्वतन्त्रताको सुरक्षा प्रदान गर्छ। यस्तो स्वतन्त्रताबाट मारूसी स्थित यस संगठनको हातामा [यहोवाका साक्षीहरूको शाखा कार्यालयले] पनि परमेश्‍वरप्रति समर्पित पवित्र र शुद्ध थलोको रूपमा मान्यता पाउनेछ। यस्ता भवनहरूलाई बेथेल भनिन्छ, जसको अर्थ हो, ‘परमेश्‍वरको घर।’ ”

यहोवाका साक्षीहरूलगायत, धार्मिक स्वतन्त्रताका पक्षधरहरू सबै नै यी कदमहरूका लागि कृतज्ञ छन्‌। यसको फलस्वरूप सबै मानिसहरूले ‘सब प्रकारका भक्‍ति र गम्भीरतामा शान्ति र चैनको’ मसीही जीवन बिताउन पाऊन्‌ भनी उनीहरू प्रार्थना गर्छन्‌।—१ तिमोथी २:१, २. (g02 2/22)

[पृष्ठ २६-मा भएको चित्र]

ओलम्पिक खेलभवनमा साक्षीहरू भेला हुन्छन्‌

[स्रोत]

Harry Bilios

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने