प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w09 ५/१ pp. १०-११
  • नयाँ जन्म—यसको उपलब्धि?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नयाँ जन्म—यसको उपलब्धि?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धर्मपुत्र बनेपछिको परिवर्तन
  • हार्दिक अनुरोध
    ब्यूँझनुहोस्‌!—१९९७
  • नयाँ जन्म—व्यक्‍तिगत निर्णय?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • मलाई किन धर्मपुत्र बनाइएको होला?
    ब्यूँझनुहोस्‌!—२००३
  • नयाँ जन्म—यसको उद्देश्‍य?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
w09 ५/१ pp. १०-११

नयाँ जन्म—यसको उपलब्धि?

पवित्र आत्माद्वारा बप्तिस्मा लिने कुरा गर्दा येशूले किन ‘आत्माले जन्मने’ भन्‍ने अभिव्यक्‍ति चलाउनुभयो? (यूहन्‍ना ३:५) “जन्म” शब्दलाई उक्‍तिको रूपमा चलाउँदा यसले “सुरुआत” भन्‍ने अर्थ दिन्छ। जस्तै, “एउटा नयाँ राष्ट्रको जन्म।” तसर्थ, “नयाँ जन्म” भन्‍ने पदावलीले “नयाँ सुरुआत”-लाई संकेत गर्छ। त्यसकारण, “जन्म” र “नयाँ जन्म” भन्‍ने उक्‍तिले परमेश्‍वर र पवित्र आत्माले बप्तिस्मा लिनेहरूबीचको सम्बन्धमा नयाँ सुरुआत हुन्छ भनेर प्रकाश पार्छ। सम्बन्धमा त्यस्तो पूर्ण परिवर्तन कसरी हुन्छ?

स्वर्गमा शासन गर्न मानिसजातिलाई परमेश्‍वरले कसरी तयार पार्नुहुन्छ त्यसबारे बुझाउन प्रेरित पावलले पारिवारिक जीवनको एउटा उदाहरण चलाएका थिए। तिनले आफ्नो समयतिरका ख्रीष्टियानहरूलाई तिनीहरूले “धर्मपुत्र” भएको अनुभव गर्नेछन्‌ अनि सोही कारण परमेश्‍वरले तिनीहरूलाई “छोरा-छोरीलाईझैं” व्यवहार गर्नुहुनेछ भनेर लेखे। (गलाती ४:५; हिब्रू १२:७) कुनै व्यक्‍तिले पवित्र आत्माद्वारा बप्तिस्मा लिएपछि उसमा के-कस्तो परिवर्तन आउँछ, त्यसबारे बुझ्न धर्मपुत्रको उदाहरणले कसरी मदत गर्छ त्यसको लागि एकपटक फेरि जनजाति बच्चाहरूलाई भनेर खोलेको विद्यालयमा भर्ना हुन चाहने केटोको उदाहरणलाई विचार गर्नुहोस्‌।

धर्मपुत्र बनेपछिको परिवर्तन

उक्‍त उदाहरणमा त्यो केटो विद्यालयमा भर्ना हुन सक्दैन किनभने ऊ जनजाति बच्चा होइन। अब एकदिन ठूलो परिवर्तन आएको कल्पना गर्नुहोस्‌। एक जना जनजातिले उसलाई कानुनी तवरमै छोरा बनाउँछ। त्यसले त्यो केटोमा के असर पार्छ? हो, धर्मपुत्र बनेकोले उसले अब अरू जनजाति बच्चाहरूको जस्तै स्कूलमा भर्ना हुने लगायत अन्य अधिकार पाउन सक्छ। धर्मपुत्र बनेपछि उसको पूरै हैसियत बदलियो।

यसले नयाँ जन्मको अनुभव गर्नेहरूमा अझै महत्त्वपूर्ण तरिकामा के-के हुन्छ त्यो चित्रण गर्छ। केही समानताहरू विचार गर्नुहोस्‌। उक्‍त उदाहरणमा त्यो केटोलाई स्कूलमा ठाउँ दिइनेछ तर भर्ना हुनुपर्ने आवश्‍यकता पूरा गरेको छ भने मात्र अर्थात्‌ जनजाति भएमा मात्र। तर, ऊ आफैले यो आश्‍यकता पूरा गर्न सक्दैन। त्यसैगरि, केही मानिसहरूलाई परमेश्‍वरको राज्य अर्थात्‌ स्वर्गीय सरकारमा ठाउँ दिइनेछ तर तिनीहरूले भर्ना हुनको लागि आवश्‍यकता पूरा गरेका छन्‌ भने मात्र। त्यो आवश्‍यकता हो: “नयाँ गरी जन्मनु”। तर तिनीहरूले त्यो आवश्‍यकता आफैले पूरा गर्न सक्दैनन्‌ किनभने नयाँ जन्म परमेश्‍वरमा निर्भर गर्ने कुरा हो।

त्यो केटोको परिस्थितिमा केले परिवर्तन ल्यायो? धर्मपुत्र बनाउने कानुनी प्रक्रियाले। तर पक्कै पनि उक्‍त प्रक्रियाले त्यो केटोको स्वभावमा त परिवर्तन ल्याएन। धर्मपुत्र बनिसकेपछि पनि त्यो केटो पहिला जस्तो थियो त्यस्तै रह्‍यो। त्यसोभए तापनि कानुनी आवश्‍यकता पूरा गरिसकेपछि त्यो केटोको परिस्थितिमा चाहिं नयाँपन आयो। साँच्चै, उसले नयाँ सुरुआतको अनुभव गऱ्‍यो मानौं नयाँ जन्म। ऊ एक जना छोरा बन्यो जसले गर्दा उसलाई स्कूलमा भर्ना हुने र धर्मबुबाको परिवारको भाग हुने अधिकार दिइयो।

त्यसैगरि, यहोवाले पनि धर्मपुत्र बनाउन कानुनी प्रक्रिया अघि सार्नुभएर असिद्ध मानिसहरूको एउटा समूहको परिस्थितिमा परिवर्तन ल्याउनुभयो। त्यसै समूहका प्रेरित पावलले सँगी विश्‍वासीहरूलाई लेखे: “तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट अब्बा, पिता, भनी हामी पुकार्दछौं। हामी परमेश्‍वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनुहुन्छ।” (रोमी ८:१५, १६) हो, धर्मपुत्र बनाउने प्रक्रियाबाट ती ख्रीष्टियानहरू परमेश्‍वरको परिवारको भाग अर्थात्‌ “परमेश्‍वरको सन्तान” बने।—१ यूहन्‍ना ३:१; २ कोरिन्थी ६:१८.

निश्‍चय नै, परमेश्‍वरले धर्मपुत्र बनाएकोले ती व्यक्‍तिहरूको स्वभावमा परिवर्तन आएन किनभने तिनीहरू असिद्ध नै थिए। (१ यूहन्‍ना १:८) तैपनि, पावलले अझै बताएझैं धर्मपुत्रको कानुनी आवश्‍यकता पूरा गरिसकेपछि तिनीहरूको हैसियत बदलियो। साथै, परमेश्‍वरको आत्माले ती धर्मपुत्रहरूलाई स्वर्गमा ख्रीष्टसितै बाँच्ने बलियो आशा दियो। (१ यूहन्‍ना ३:२) पवित्र आत्माबाट पाएको त्यो बलियो विश्‍वासले जीवनलाई हेर्ने तिनीहरूको दृष्टिकोणमा पूरै परिवर्तन ल्याइदियो। (२ कोरिन्थी १:२१, २२) हो, तिनीहरूले नयाँ सुरुआत अनुभव गरे। अर्को शब्दमा भन्‍नुपर्दा नयाँ जन्म।

परमेश्‍वरका धर्मपुत्रहरूबारे बाइबल यसो भन्छ: “तिनीहरू परमेश्‍वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्नेछन्‌।” (प्रकाश २०:६) ती धर्मपुत्रहरूले ख्रीष्टसितै परमेश्‍वरको राज्यमा अर्थात्‌ स्वर्गीय सरकारमा राजाको स्थान पाउनेछन्‌। त्यो शासन “अविनाशी, विशुद्ध र नष्ट नहुने हकको निम्ति” ‘स्वर्गमा तिनीहरूका निम्ति साँचिराखेको छ’ भनी प्रेरित पत्रुसले सँगी विश्‍वासीहरूलाई बताए। (१ पत्रुस १:३, ४) साँच्चै कत्ति बहुमूल्य हक!

तर, शासन गर्ने यस मामिलामा पनि प्रश्‍न उठ्‌छ। यदि नयाँ गरी जन्मनेहरूले स्वर्गमा राजाको रूपमा शासन गर्छन्‌ भने तिनीहरूले कसमाथि शासन गर्नेछन्‌? यो प्रश्‍नबारे हामी यसपछिको लेखमा विचार गर्नेछौं।

(w 09 4/1)

[पृष्ठ १०-मा भएको चित्र]

धर्मपुत्र बनाउनेबारे पावलले के भने?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने