प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 फेब्रुअरी p. ४
  • सरल तथा प्रभावकारी प्रस्तुतिहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सरल तथा प्रभावकारी प्रस्तुतिहरू
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • भेटलाई हाम्रो प्रस्तुतीकरणसित जोडने
    हाम्रो राज्य सेवकाई—१९९२
  • पर्चामा भएका कुराहरूलाई पत्रिकाहरूसँग जोड्‌नुहोस्‌
    हाम्रो राज्य सेवकाई—१९९३
  • तपाईंको प्रथम भेटमै पूर्वाधार स्थापित गर्नु होस्‌
    हाम्रो राज्य सेवकाई—१९९२
  • सरल तथा प्रभावकारी पुनःभेटहरू
    हाम्रो राज्य सेवकाई—१९९४
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 फेब्रुअरी p. ४

सरल तथा प्रभावकारी प्रस्तुतिहरू

१ येशूले सरल र स्पष्ट ढङ्‌गमा परमेश्‍वरको राज्यको घोषणा गर्नुभयो। सत्य कुरालाई सुनेपछि भेडा खालका मानिसहरूले राम्रो प्रतिक्रिया देखाउने छन्‌ भनेर उहाँलाई थाहा थियो। मानिसहरू आफ्नो सोचाइमा, रुचिमा र तर्क गर्ने क्षमतामा एक आपसमा फरक हुन्छन्‌ भन्‍ने कुरा पनि उहाँलाई थाहा थियो। यिनै कुराहरूलाई ध्यानमा राख्दै आफ्नो स्रोताहरूको ध्यान खिंच्न र तिनीहरूको हृदयलाई छुन उहाँले विभिन्‍न प्रकारका सरल परिचयहरू, प्रश्‍नहरू र उदाहरणहरू चलाउनुभयो। हामी पनि उहाँको उदाहरणको नकल गर्नसक्छौं र सरल तथा प्रभावकारी प्रस्तुतिहरूको सदुपयोग गर्नसक्छौं।

२ प्रभावकारी ढङ्‌गमा रिजनिङ्‌ग पुस्तकलाई चलाउनुहोस्‌: रिजनिङ्‌ग पुस्तक, पृष्ठ ११-मा दिएको “रोजगार/आश्रय” नामक शीर्षकको पहिलो परिचय समयानुकूल र प्रस्तुत गर्न सजिलो छ।

तपाईं भन्‍न सक्नुहुन्छ:

▪ “सबैका निम्ति रोजगार र घरको निश्‍चित प्रबन्ध मिलाउनका लागि के गर्न सकिन्छ भन्‍ने बारे हामीहरू तपाईंका छरछिमेकीसँग कुरा गर्दै थियौं। मानव सरकारले यस कामलाई पूरा गर्ला भनेर आशा गर्नु के तपाईंलाई मनासिब लाग्छ? . . . तर एकजना व्यक्‍ति हुनुहुन्छ जसलाई यी समस्याहरू कसरी समाधान गर्नुपर्छ भनेर थाहा छ; उहाँ हुनुहुन्छ, मानवजातिको सृष्टिकर्ता।” यशैया ६५:२१-२३ पढ्‌नुहोस्‌ र पढेको पद्य उहाँलाई कस्तो लाग्यो भनेर सोध्न सक्नुहुन्छ।

३ पृष्ठ १२-मा दिएको “अन्याय/दुःख-कष्ट” शीर्षकमा दिएको परिचयले आज धेरैजनालाई आकर्षित गर्ने छ।

तपाईं सोध्न सक्नुहुन्छ:

▪ “मानवजातिले भोगेको अन्याय र दुःख-कष्टलाई के परमेश्‍वरले साँच्चै नै वास्ता गर्नुहुन्छ भनेर के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?” घरधनीलाई जवाफ दिने मौका दिनुहोस्‌। त्यसपछि उपदेशक ४:१ र भजनसंग्रह ७२:१२-१४ पढ्‌नुहोस्‌। पढिसकेपछि सधैंभरि बाँच्नुहोस्‌ पुस्तकको पृष्ठ १५०-३ मा भएका चित्रहरू देखाउदैं र वर्तमान विश्‍व परिस्थितिहरूले कसरी बाइबलका भविष्यवाणीहरूलाई पूरा गरिरहेका छन्‌ भन्‍ने कुरालाई सङ्‌क्षेपमा बताउदैं त्यस पुस्तकलाई प्रस्तुत गर्नुहोस्‌। त्यसपछि, मानिसहरूका आशिषका निम्ति परमेश्‍वरले अरू कुन अगमवाणी गर्नुभएको छ भन्‍ने कुरा देखाउन पृष्ठ १६१-२ पल्टाउनुहोस्‌। उहाँलाई कुन चाहिं पक्ष सबैभन्दा मन पऱ्‍यो भनेर घरधनीलाई सोध्नुहोस्‌।

४ घरधनीसँग सङ्‌क्षिप्त छलफल गरिसके पछि शायद सधैंभरि बाँच्नुहोस्‌ पुस्तकको सट्टा कुनै एउटा पत्रिका, पुस्तिका वा पर्चामा घरधनीको ध्यान आकर्षण गर्नु अझ उपयुक्‍त हुनेछ भन्‍ने तपाईंलाई लाग्नसक्छ।

उदाहरणका लागि, यस लेखको दोस्रो अनुच्छेदमा दिएको परिचयलाई चलाएपछि, तपाईं यसो भन्‍न सक्नुहुन्छ:

▪ “हामीले दैनिक जीवनमा झेल्नु परेका अनेकन्‌ समस्याहरूलाई समाधान गर्न परमेश्‍वरले के गर्ने प्रतिज्ञा गर्नुभएको छ र त्यसबाट हामीले कसरी लाभ उठाउन सक्छौं भन्‍ने कुराको स्पष्ट वर्णन हाम्रा समस्याहरू—तिनीहरूको समाधान गर्न हामीलाई कसले मद्दत दिनेछ? भन्‍ने यस पुस्तिकामा तपाईंले पाउनु हुनेछ।” त्यसपछि यस पुस्तिकाको पृष्ठ १८ अनि १९ पल्टाउनुहोस्‌ र यहोवाले गर्नुभएका महान प्रतिज्ञाहरूतर्फ ध्यान आकर्षित गराउनुहोस्‌।

५ अथवा तेस्रो अनुच्छेदमा दिइएको परिचयलाई चलाइसके पछि शान्तिमय नयाँ संसारमा जीवन नामक पर्चामा दिइएका कुराहरूलाई जोड दिन सक्नुहुन्छ।

तपाईं भन्‍न सक्नुहुन्छ:

▪ “आज संसारमा जताततै दुःख-तकलिफ र कठिनाइहरू छन्‌। मानवजातिको निम्ति परमेश्‍वरले एउटा अद्‌भुत परिवर्तन ल्याउने प्रतिज्ञा गर्नुभएको छ र चाँडै नै युद्ध, अनिकाल, रोग-बिमारहरू कहिल्यै हुने छैन भनेर यस पर्चाले देखाउँछ।” यस पर्चाको तेस्रो पृष्ठमा दिइएको दोस्रो अनुच्छेदलाई पढ्‌नुहोस्‌।

६ मानिसहरू प्रति हामीले देखाएको निष्कपट चासो र साथ-साथमा हृदय छुने सरल तथा प्रभावकारी प्रस्तुतिले अवश्‍य भेडाखालका मानिसहरूलाई आकर्षित गर्ने छ।—यूह० १०:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने