“जे जे मैले तिमीहरूलाई आज्ञा गरें, . . . ती . . . सिकाओ”
१ चेला बनाउने काममा सिकाउने काम पनि सम्मिलित छ। कुनै एकजना व्यक्ति ख्रीष्टको चेला बनिसक्नुभन्दा अघि, तिनलाई येशूले आज्ञा गर्नुभएको “सबै गर्नालाई” सिकाउनु पर्दछ। (मत्ती २८:१९, २०) र यस कामलाई पूरा गर्ने सबैभन्दा उत्तम उपाय बाइबल अध्ययन गर्नु हो।
२ बाइबल अध्ययनहरू सुरु गर्न सधैं सजिलो हुँदैन। यदि बाइबल अध्ययन भेट्टाउन तपाईंलाई गाह्रो भैरहेको छ भने निरुत्साहित नहुनुहोस्। बाइबल अध्ययन सुरु गर्नमा सफलता प्राप्त गर्नका लागि दृढ निश्चय र अरूहरूलाई सत्य कुरा बाँड्ने निष्कपट इच्छा हुनु आवश्यक छ।—गला० ६:१०.
३ चासो जगाउनु: तपाईंले प्रथम भेटमा गर्नुभएको छलफलले सीमित मात्रामा मात्र चासो जगाउन सक्छ। परिस्थिति अनुसार घरधनीकहाँ कुनै एउटा पर्चा, पुस्तिका वा पत्रिका छाड्न सकिन्छ। यी मध्ये कुनै एकलाई बाइबल अध्ययन सुरु गर्न तपाईं चलाउन सक्नुहुन्छ। दिएको समाचार प्रति घरधनीले अझ चासो देखाएमा अर्को पटक आउनु हुँदा तिनको ध्यान कुनै अर्को उपयुक्त प्रकाशन तर्फ लैजान सकिन्छ।
४ सफलताको कुञ्जी पूर्वतयारी हो। तपाईंले पुनःभेटमा चलाउन योजना बनाउनुभएका पर्चा, पुस्तिका वा पत्रिकामा उद्धृत कुनै एउटा शास्त्रपद्यलाई पहिले नै किन छान्नुहुन्न? यसप्रकार प्रकाशनमा दिएको टिप्पणीहरूलाई तपाईं आफ्नो छलफलमा जोड्न सक्नु हुनेछ। शायद सोझै प्रकाशनबाट तपाईं एक-दुईवटा अनुच्छेदहरू पनि पढ्न सक्नुहोला।
५ तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “अहिले पूरा भइरहेको एउटा विशिष्ट भविष्यवाणीबारे हामी केही जानकारीहरू बाँड्दै छौं।” मत्ती २४:३ पढ्नुहोस्, त्यसपछि पढेको कुरालाई “हाम्रा समस्याहरू” पुस्तिकाको पृष्ठ १३ देखि १५-मा दिएको चित्र र टिप्पणीहरूसित जोड्नुहोस्। शान्तिमय नयाँ संसारमा जीवन नामक पर्चालाई चलाउँदा पनि यस्तै मिल्दोजुल्दो प्रस्तावलाई चलाउन सकिन्छ।
६ साँचो चासो छ भनेर एकपल्ट थाहा पाएपछि त्यसलाई तुरुन्त पछ्याउनु पर्दछ। एक हप्ताभित्र नै फर्कने कोशिश गर्नुहोस्। यसो गर्दा यो भन्दा अघिको समयमा तपाईंले छलफल गर्नुभएका कुराहरू घरधनीको मनमा ताजै हुनेछ। प्रत्येक पल्ट तपाईं भेट गर्न जानुहुँदा, बितेका समयमा तपाईंले छाड्नुभएको प्रकाशनका केही अनुच्छेदहरूमाथि छलफल गर्नुहोस्। त्यसपछि कुनै उपयुक्त समयमा सोही प्रक्रियालाई कायम राख्दै सधैंभरि बाँच्नुहोस् पुस्तकलाई चलाउन सक्नुहुन्छ।
७ येशूले अगमवाणी गर्नुभएको ठूलो कटनीको काममा अझ थुप्रै काम गर्न आज बाँकी नै छ। (मत्ती ९:३७, ३८) सोझा हृदय भएकाहरूलाई जसै हामी सिकाउँदै जान्छौं ‘जगतको अन्तैसम्म हामीहरूका साथमा हुनेछु’ भनेर येशूले दिनुभएको आश्वासनले हामीलाई ढाडस दिइरहने छ।