प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km93 मार्च p. १
  • “आउनुहोस्‌!” भनेर भनिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “आउनुहोस्‌!” भनेर भनिरहनुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९३
  • मिल्दोजुल्दो सामग्री
  • जवानहरूलाई तिनीहरू कसरी ‘रमाउन’ सक्छन्‌ भनी बताउने
    हाम्रो राज्य सेवकाई—१९९५
  • प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    हाम्रो राज्य सेवकाई—२००६
  • प्रकाश चरमोत्कर्ष पुस्तक फेरि अध्ययन गर्ने
    हाम्रो राज्य सेवकाई—१९९४
  • प्रस्तुतीहरु जसले प्रत्युत्तर पाउँछन्‌
    हाम्रो राज्य सेवकाई—१९९२
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९३
km93 मार्च p. १

“आउनुहोस्‌!” भनेर भनिरहनुहोस्‌

१ येशूको छुडौतीको बलिदानद्वारा यहोवाले कस्तो आश्‍चर्यपूर्ण प्रबन्ध गर्नुभएको छ! मानिसहरूलाई साँच्चै नै आनन्दित तुल्याउन चाहिने सबै कुराहरूको आधार हामी यसमा पाउँछौं। (यूहन्‍ना ३:१६) तर दुःखको कुरा, कमैले यस सत्यलाई बुझेर दृढतापूर्वक विश्‍वास गर्न सकेका छन्‌। त्यसो भए तापनि मानवजातिप्रति यहोवा आफ्नो मायालु चिन्ता प्रकट गर्नुहुन्छ र चारैतिरका मानिसहरूलाई यो सत्य चिनाउनका निम्ति उहाँले प्रबन्ध गर्नुभएको छ। आफ्नो पुत्र येशू ख्रीष्टद्वारा उहाँले सबैलाई आनन्द र अनन्त जीवनको आशा पाउने मौका दिनुभएको छ।—यूहन्‍ना १७:३.

२ मानवजातिका लागि पाप र मृत्युबाट छुटकारा दिने व्यक्‍तिको परिचय हजारौं वर्षसम्म अज्ञात थियो। ख्रीष्ट येशू आउनुभएर “जीवन र अविनाशलाई सुसमाचारद्वारा ज्योतिमा” नल्याउनु भएसम्म यो एउटा “पवित्र रहस्य” थियो। (रोमी १६:२५ न्यु व०; २ तिमो० १:१०) त्यही सुसमाचारलाई प्रथम शताब्दीमा येशूका चेलाहरूले घोषणा गरे; अहिले आधुनिक समयमा बाँचिरहेका हामीहरूले पनि सोही सुसमाचारलाई घोषणा गर्ने ठूलो सौभाग्य पाएका छौं। जब हामी राज्यको सुसमाचारलाई प्रचार गर्छौं तब यहोवा परमेश्‍वर, येशू ख्रीष्ट र ख्रीष्टका भाइहरू सँगसँगै हामीले पनि सबै प्रकारका मानिसहरूलाई यसो भनेर आमन्त्रित गरिरहेका हुनेछौं: “‘आउनुहोस्‌।’ . . . जीवनको पानी सित्तैंमा” लिनुहोस्‌।—प्रकाश २२:१७.

३ निस्सन्देह सबैले यस सुसमाचारलाई सुन्‍ने छैनन्‌। ज्यादै कमले मात्र यसलाई ध्यान दिन्छन्‌। जीवन दिने सत्यको पानीबाट फाइदा उठाउन आमन्त्रण गर्ने यहोवाका सेवकहरूलाई केही व्यक्‍तिहरू अशिष्टतापूर्वक इन्कार गर्छन्‌। तर त्यसो भए तापनि यहोवाको शक्‍तिद्वारा हामी यस काममा लागि नै रहन्छौं। सत्य कुरा बोल्न र यसलाई सुन्‍नेजतिलाई मदत गर्न हामीले देखाएको इच्छुकताले यहोवालाई आनन्दित तुल्याउँछ र यसले उहाँको आशिषहरू ल्याउँछ भन्‍ने कुरा हामीलाई राम्रोसँग थाहा छ।

४ सच्चाइको खोजी गर्ने व्यक्‍तिहरूलाई हामी मार्च महिनाको सेवकाईको दौडानमा यङ्‌ग पिपुल आस्क भन्‍ने पुस्तक पढ्‌न प्रोत्साहन दिनेछौं। आजको यस जमानामा सफा जीवन बिताउन यसले दिएको व्यावहारिक सल्लाहलाई प्रयोग गर्न र साथ-साथै यसको अन्तिम अध्यायमा बताए झैं भविष्यको आशाबारे सिक्न पनि तिनीहरूलाई आग्रह गर्नेछौं। नभए सधैंभरि बाँच्नसक्नु हुन्छ भन्‍ने पुस्तक तिनीहरूलाई देखाउनेछौं र तिनीहरूसँग एउटा नियमित बाइबल अध्ययन सञ्चालन गर्दा यसलाई प्रयोग गर्न प्रस्तुत गर्नेछौं। यी भेटहरूलाई स्वीकारेर तिनीहरूले यसबाट थुप्रै आशिषहरू बटुल्नेछन्‌। किनभने भविष्यबारे—अर्थात तिनीहरू र हाम्रो भविष्यबारे बाइबलले निकै कुराहरू बताउँछ। आज यहोवाका समर्पित सेवकहरू भएको थुप्रै व्यक्‍तिहरूले सधैंभरि बाँच्न सक्नुहुन्छ भन्‍ने पुस्तकमा दिएका बाइबलका सिद्धान्तहरूको व्याख्याहरूलाई पढेर नै सच्चाइमा चासो लिएका थिए। सच्चाइकालागि भोकाएका सोझा व्यक्‍तिहरूका निम्ति यसको कति महत्त्व छ भन्‍ने कुरा स्वयं हामी आफैले यसको सविस्तार अध्ययन गरेपछि बुझ्न सक्छौं। हाम्रो सेवकाईको दौडान यस प्रकारका व्यक्‍तिहरूलाई भेट्टाएपछि सधैंभरि बाँच्न सक्नुहुन्छ भन्‍ने पुस्तकको उपयोगिता देखाउन हामी त्यसबाट एक-दुईवटा मुख्य-मुख्य कुराहरू देखाउने प्रयास गर्नेछौं। अरू कुराहरू बाहेक हाम्रो २०वौं शताब्दीमा पूरा भैरहेका बाइबलका भविष्यवाणीहरू सम्बन्धी यसले दिएको स्पष्ट वर्णनलाई हामी देखाउन सक्छौं। उदाहरणका लागि येशूले दिनुभएको भविष्यवाणीहरू जसको वर्णन यस पुस्तकको अध्याय १८-मा गरिएको छ।

५ अप्रिल ६ तारिखका दिन येशूको मृत्युको स्मरणार्थ मनाउन हामी तयारी गर्दैछौं। त्यसकारण मानवजातिका निम्ति यहोवाले गर्नुभएको मायालु प्रबन्धको विषयमा कुरा गर्ने यो सबैभन्दा उपयुक्‍त समय हो। “‘आउनुहोस्‌।’ . . . जीवनको पानी सित्तैंमा” लिनुहोस्‌ भन्‍ने यस ढाडस दिने निमन्त्रणालाई फैलाउने जुन काम परमेश्‍वरले हामीलाई अह्राउनुभएको छ त्यसमा हामी लागिनै रहने छौं, चाहे मानिसहरूले सुनुन वा नसुनुन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने