पत्रिकाहरूको प्रयोग गर्दै अरूहरूलाई लाभ पुऱ्याउनु होस्
१ प्रहरीधरहरा र अवेक! पत्रिकाहरूका नयाँ अङ्कहरू पाउँदा हामी कति खुशी हुन्छौं। तिनमा प्रस्तुत गरिएका कुराहरूबाट लाभ उठाउन हामी तिनलाई सकेसम्म चाँडो पढ्ने मौका खोज्छौं। हाम्रो व्यक्तिगत लाभ हुने कुराहरूलाई मात्र ध्यान दिंदै पढ्नुको सट्टा, यी पत्रिकाहरू अरूलाई दिंदा प्रयोग गर्न सकिने बुँदाहरू खोज्दै पढ्नु पनि राम्रो हो। हाम्रो मण्डलीको इलाकामा प्रयोग गर्न सकिने कुनै त्यस्तो कुरा देख्यौं भने, तिनमा चिन्ह लगाएर राख्नु अथवा हाम्रो व्यक्तिगत प्रतिका पानाहरूको छेउमा सानो टिप्पणीहरू लेख्न पनि उचित हुनेछ। यसप्रकार हामीले वार्तालापका विषयहरू अथवा त्यस लेखको स्थानीय प्रयोग गर्ने तरिकाहरूबारे आफूलाई याद दिलाउन सक्छौं।
२ हाम्रा पत्रिकाहरू कहिले पुरानो हुँदैन। हामीले धेरैजसो सबैभन्दा नयाँ पत्रिकाहरू प्रस्तुत गर्नमा ध्यान केन्द्रित गरे तापनि, पुराना अङ्कहरूलाई चाहिं फाल्नु पर्दैन। किनभने तिनमा भएको जानकारी पुरानो भएको हुँदैन। आफ्नो झोलामा पुराना अङ्कहरूलाई पनि राख्ने गर्नुहोस् ताकि साक्षी दिने बेलामा ती पनि उपलब्ध हुन्छन्। खासगरी, घरधनीको कुनै विशेष रुचि थाह पाउँदा ती खूबै काम आउन सक्छन्। घरधनीसित पुरानो पत्रिका छाडदा पनि, हामीले पत्रिकाहरूका लागि थाप्ने गरेको चन्दाको चर्चा गर्नु उचितै हुनेछ।