प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 सेप्टेम्बर p. २
  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू
  • हाम्रो राज्य सेवकाई—१९९४
  • उपशीर्षकहरू
  • सेप्टेम्बर ५ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १२ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर १९ मा सुरु हुने हप्ता
  • सेप्टेम्बर २६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवकाई—१९९४
km94 सेप्टेम्बर p. २

सेप्टेम्बर महिनाका लागि सेवा सभाहरू

सेप्टेम्बर ५ मा सुरु हुने हप्ता

गीत ५ (२८)

१० मि.:स्थानीय घोषणाका साथमा हाम्रो राज्य सेवकाई बाट उपयुक्‍त घोषणाहरू।

२० मि.:“राज्य सेवाको धन बढाउनुहोस्‌।” सेवा निरीक्षक र अर्को प्राचीन मिलेर लेखका मुख्य बुँदाहरू छलफल गर्छन्‌। गत वर्षको मण्डलीको क्रियाकलापको पुनरावलोकन गर्नुहोस्‌ र उन्‍नतिका लागि सुझावहरू दिंदै सराहना पनि गर्नुहोस्‌। सेवकाईमा हाम्रो व्यक्‍तिगत सहभागितालाई बढाउने लक्ष्य राख्न जोड दिनुहोस्‌।

१५ मि.:“सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकप्रति चासो बढाउनुहोस्‌।” एउटा केटा वा केटी समेत तीन वा चार जना प्रकाशकहरूले यो लेख छलफल गर्छन्‌ र त्यसपछि त्यसको अभ्यास गर्छन्‌। दुई वा तीन वटा प्रस्तुतिहरू प्रदर्शन गरिसकेपछि त्यसको पुनरावृत्ति गर्छन्‌ र एकअर्कालाई व्यवहारिक सुझावहरू दिंदै सराहना गर्छन्‌।

गीत ३२ (१०) र समापन प्रार्थना।

सेप्टेम्बर १२ मा सुरु हुने हप्ता

गीत ५४ (१८)

७ मि.:स्थानीय घोषणाहरू।

२० मि.:“सधैंभरि बाँच्न सक्नु हुन्छ पुस्तकबाट बाइबल अध्ययन सुरु गर्ने।” स्रोतासित छलफल गर्नुहोस्‌। सुझावित प्रस्तुतिहरूलाई चलाउँदै दुई वटा प्रदर्शनीको प्रबन्ध गर्नुहोस्‌।

१८ मि.:“तिनीहरूले साक्षी दिन बन्द गरेका छैनन्‌।” प्रश्‍नोत्तर छलफल। हामी सबैले सेवकाईमा उत्तिकै समय बिताउन नसके पनि आफूले जति गर्न सक्छौं त्यसमा आनन्दित र पूर्ण मनको हुने कोशिश गर्नुपर्छ भनी प्रकाश पार्नुहोस्‌।

गीत ६० (८६) र समापन प्रार्थना।

सेप्टेम्बर १९ मा सुरु हुने हप्ता

गीत ३६ (१४)

७ मि.:स्थानीय घोषणाहरू। लेखा रिपोर्ट र चन्दा प्राप्तिको रसीद भए पढेर सुनाउनुहोस्‌।

१३ मि.:“स्कूलमा तयार हुनुहोस्‌।” प्रश्‍नोत्तर छलफल। जवान व्यक्‍तिहरूले सामना गर्ने समस्याहरू र आमाबाबुले आफ्ना छोराछोरीलाई मदत गर्न सक्ने तरिकाहरूमाथि प्रकाश पार्नुहोस्‌।

२५ मि.:“१९९४ ‘ईश्‍वरीय भय’ जिल्ला सम्मेलन”। परिशिष्टाङ्‌क। प्राचीनद्वारा अनुच्छेद १-११ सम्म प्रश्‍नोत्तर छलफल। “जिल्ला सम्मेलनका सम्झौटाहरू” मा विशेष ध्यान दिनुहोस्‌।

गीत ६७ (३८) र समापन प्रार्थना।

सेप्टेम्बर २६ मा सुरु हुने हप्ता

गीत ४४ (४१)

१० मि.:स्थानीय घोषणाहरू। “नयाँ क्षेत्रीय सम्मेलनको कार्यक्रम” लेखका मुख्य बुँदाहरूमाथि प्रकाश पार्नुहोस्‌।

२० मि.:“१९९४ ‘ईश्‍वरीय भय’ जिल्ला सम्मेलन”। परिशिष्टाङ्‌क। अनुच्छेद १२-२५ लाई ढाक्दै मण्डलीको सचिवद्वारा भाषण।

१५ मि.:अक्टोबर महिनामा प्रहरीधरहरा र अवेक! को ग्राहक बन्‍ने प्रस्ताव राख्ने। विश्‍वव्यापी प्रचार-कार्यमा हाम्रा पत्रिकाहरूले ठूलो भूमिका निभाउँछन्‌; लाखौं व्यक्‍तिहरूले यसै माध्यमद्वारा पहिलो पटक सच्चाइ थाहा पाएका छन्‌। पत्रिकाहरूलाई निरन्तर चलाउनुपर्ने र ढोका-ढोकाको प्रचार-कार्यमा अरू साहित्यहरू प्रस्तुत गर्नु भए तापनि पत्रिकाहरू पेश गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। साप्ताहिक पत्रिका दिवसका फाइदाहरू उल्लेख गर्नुहोस्‌। सडक प्रचार-कार्य र पसल-पसलमा साक्षी दिने कार्यले कसरी पत्रिकाहरू वितरण गर्ने थुप्रै मौकाहरू खुलेका छन्‌ भनी छलफल गर्नुहोस्‌। पत्रिका रूट सुरु गर्ने लक्ष्य राख्दै पत्रिका वितरण गरेका स्थानहरूको रेकर्ड राख्न भाइहरूलाई सम्झाउनुहोस्‌। ग्राहक बन्‍न आग्रह गर्दा सकारात्मक हुन प्रोत्साहित गर्नुहोस्‌। प्रचारमा जानुअघि राम्रो तयारी गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिनुहोस्‌। एक जना सानो उमेरको प्रकाशकसहित जम्मा तीन जना प्रकाशकहरूलाई पत्रिका प्रस्तुति र ग्राहक बन्‍ने प्रस्तावको दुई, तीन वटा जति प्रदर्शनी गर्न लगाउनुहोस्‌।

गीत ७६ (७२) र समापन प्रार्थना।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने