पुराना पुस्तकहरूको सदुपयोग गर्ने
१ यहोवाले हामीलाई प्रशस्त आध्यात्मिक पोषिलो भोजनको प्रबन्ध गरिदिनु भएको छ। यसमध्ये प्रायजसो आध्यात्मिक भोजन हालै प्रकाशित १९२पृष्ठे पुस्तकहरूको रूपमा आएको छ। हाम्रो राज्य सेवकाईमा सूचीबद्ध कुनै पनि १९२पृष्ठे पुस्तक हामी जनवरीमा विशेष मूल्यमा वितरण गर्नेछौं। राम्रै अवस्थामा भएका त्यस्ता केही पुस्तकहरू के तपाईंको घरमा छ? के तपाईंले मण्डलीबाट स्टक लिनुभएको छ? छ भने, तपाईंको प्रस्तुतिको लागि विषयसूची पुनरावृत्ति गर्न र केही वार्तालापीय बुँदाहरू छान्नु बेस हुनेछ।
२ “गुड न्युज टु मेक यु ह्याप्पि” पुस्तक प्रस्तुत गर्दै हुनुहुन्छ भने यसो भन्नुभए हुन्छ:
▪“धेरै समस्याहरू हुनाले अधिकांश मानिसहरू यस संसारमा आनन्द प्राप्त गर्नै गाह्रो भएको महसुस गर्छन्। वर्तमान परिस्थितिहरूमा खुशी हुन के तपाईंलाई सम्भव छ जस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्। पृष्ठ १०६ पल्टाउनुहोस् र मानिसहरू अपराधको डरमा कसरी बाँचिरहेका छन्, उल्लेख गर्नुहोस्।] आजका समस्याहरूको सामना कसरी गर्न सक्छौं र अन्ततः शान्तिपूर्ण नयाँ संसारमा अनन्त खुशीको आनन्द कसरी उठाउन सकिन्छ भनी बाइबलले देखाउँछ। [पृष्ठ १८८ पल्टाउनुहोस् र २ पत्रुस ३:१३ पढ्नुहोस् अनि पृष्ठ १८९को चित्र बुझाउनुहोस्।] यो सुसमाचारको स्रोत बाइबल हो र त्यो बुझ्न यस पुस्तकले तपाईंलाई मदत दिन सक्छ।”
३ घरधनी चर्चमा जाने व्यक्ति हुन् भने “लेट योर किङ्गडम कम” पुस्तक प्रस्तुत गर्दै यसो भन्न सक्नुहुन्छ:
▪“परमेश्वरको राज्य आओस् भनी मसीहीहरूले प्रार्थना गरेको झण्डै २,००० वर्ष भइसक्यो। तपाईंको विचारमा त्यो राज्यले मानवजातिको लागि के गर्नेछ? [जवाफ दिने मौका दिनुहोस्। पृष्ठ २५को पेटी पल्टाउनुहोस् र राज्य शासन अन्तर्गत हुने केही आशिष्हरू देखाउनुहोस्।] त्यो राज्यले सम्पन्न गर्ने कुराहरू र तपाईं तथा तपाईंका प्रिय जनहरूले त्यसबाट कसरी लाभ उठाउन सक्नुहुन्छ भनी यो पुस्तकले छलफल गर्छ। तपाईं पढ्न चाहनुहुन्छ भने तपाईंसित यो पुस्तक छाड्न म खुशी हुनेछु।”
४ “ट्रु पीस एण्ड सिक्योरिटी—फ्रम ह्वट सोर्स?” पुस्तक प्रस्तुत गर्दै हुनुहुन्छ भने यसो भन्नुभए हुन्छ:
▪“शान्ति र सुरक्षा भएको संसारमा सबै बाँच्न चाहन्छन्। तर दुःखको कुरा, हाम्रो जीवनकालमा हामीले त्यो अनुभव गरेका छैनौं। शान्ति र सुरक्षालाई वास्तविकता बनाउन के गर्नुपर्छ जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] यो संसारमा शान्ति ल्याउने शक्ति परमेश्वरसित छ र उहाँले त्यो पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ।” पृष्ठ ४को चित्र पल्टाउनुहोस् र त्यसपछि मीका ४:३, ४ पढ्नुहोस्। प्रत्युत्तर राम्रो छ भने राज्य आशाबारे बढी कुरा बताउनुहोस्, पुस्तक प्रस्तुत गर्नुहोस् र पुनः भेटका लागि प्रबन्ध मिलाउनुहोस्।
५ “इज दिस लाइफ अल देर इज?” पुस्तक प्रस्तुत गर्न रुचाउनुहुन्छ भने यसो भन्नुभए हुन्छ:
▪“परमेश्वरले यत्तिका दुःखकष्ट हुने अनुमति किन दिनुहुन्छ भनी धेरै मानिसहरू सोच्छन्। उहाँ सर्वशक्तिमान हुनुहुन्छ भने हाम्रा दुःखहरू अन्त गर्न उहाँले किन केही गर्नुहुन्न? भनी धेरै मानिसहरू प्रश्न गर्छन्। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] परमेश्वरले हामीलाई त्याग्नुभएको छैन भनेर बाइबलले आश्वासन दिन्छ।” पृष्ठ १४२ र १४३ पल्टाउनुहोस् अनि हामीले प्रत्याशा गर्न सक्ने कुराहरू उल्लेख गर्दै यशैया ११:६-९ तथा प्रकाश २१:२-४ का उद्धरणहरू देखाउनुहोस्। बाइबलबाट भजनसंग्रह ३७:११, २९ पढ्नुहोस्। पुस्तक स्वीकारेमा त्यसलाई अझ बुझाउन फेरि फर्केर आउनेछु भनी बताउनुहोस्।
६ बाइबललाई गहिरिएर जाँच्न हाम्रा प्रकाशनहरूले हजारौं व्यक्तिहरूलाई उत्प्रेरित गरेको छ। तिनीहरूले सिकेका कुराहरूले तिनीहरूलाई आनन्दित भविष्यको आशा प्रदान गरेको छ। (भजन. १४६:५) तिनीहरूलाई मदत गर्न पाउनु हाम्रो विशेषाधिकार हो।