पुनःभेट गरेर मानिसहरूप्रति तपाईंको चासो देखाउनुहोस्
१ घर-घर गई जिज्ञासुहरू खोज्नाले तिनीहरूलाई राज्य समाचार सुन्ने अवसर प्रदान गर्ने तपाईंको इच्छा प्रदर्शित हुन्छ। अतः जनवरी महिनामा पुस्तक दिनुभएका व्यक्तिहरूकहाँ पुनः जान नभुल्नुहोस् किनभने अरूप्रति चासो देखाउने यो असल तरिका हो।
२ “गुड न्युज टु मेक यु ह्याप्पि” पुस्तक प्रस्तुत गर्नुभएको ठाउँमा फर्केर जानुहुँदा चलाउन सकिने सुझाव यस्तो छ:
▪“हामी सबै जना सुसमाचार सुन्न मन पराउँछौं। यो संसारमा साँचो सुसमाचार उपलब्ध छैन भनी धेरै महसुस गर्छन्। तपाईंलाई कस्तो लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] सुसमाचारले हामीलाई प्रसन्न र प्रफुल्लित पार्छ भनी हामी सबैलाई थाहा छ। भविष्यबारे जानकारीको भरपर्दो एक मात्र स्रोत, बाइबलमा सबैभन्दा राम्रो समाचार पाइन्छ। [पृष्ठ ७-९मा उद्धरित शास्त्रपदहरू देखाउनुहोस्।] त्यस्ता परिस्थितिहरू छिट्टै आउँदैछन् भनी प्रमाणित गर्न म यो अवसर प्रयोग गर्न चाहन्छु।” यस पुस्तकको मदतद्वारा बाइबल अध्ययन गर्नाले घरधनीलाई यी प्रतिज्ञाहरूमा विश्वास राख्न मदत मिल्नेछ भनी बुझाउनुहोस्।
३ “लेट योर किङ्गडम कम” पुस्तक छाड्नुभएको थियो भने यसप्रकार वार्तालाप अघि बढाउन सक्नुहुन्छ:
▪“परमेश्वरको राज्य र त्यसले हाम्रो लागि के गर्नेछ भनी अगिल्लो भेटमा हामीले कुरा गरेका थियौं। त्यो राज्यले यस पृथ्वीलाई चाँडै प्रमोदवन बनाउनेछ। हामीले प्रमोदवन कहिल्यै नदेखेको हुनाले त्यो कल्पना गर्न गाह्रो हुन सक्छ। त्यो कस्तो देखिन्छ होला भनी यहाँ देखाइएको छ। [पृष्ठ ४ र ५को चित्र देखाउनुहोस्।] त्यस्तो प्रमोदवन बाइबलमा प्रतिज्ञा गरिएको छ।” भजनसंग्रह ७२:७ पढ्नुहोस्। चासो देखाएमा पृष्ठ १७५को अनुच्छेद ३ र ४ पल्टाउनुहोस् अनि आउँदै गरेको प्रमोदवनमा हामी बाँच्न चाहन्छौं भने हामीले के गर्नुपर्छ भनी बताउनुहोस्।
४ “ट्रु पीस एण्ड सिक्योरिटी—फ्रम ह्वट सोर्स?” पुस्तक छाड्नुभएको ठाउँमा यसप्रकारको छोटो प्रस्तुति थाल्न सक्नुहुन्छ:
▪“शान्ति र सुरक्षा ल्याउन विश्व नेताहरू असक्षम भएका छन्। यहोवा परमेश्वरले मात्रै त्यसो गर्न सक्नुहुन्छ। हामीले के गर्नुपर्छ भनी बाइबलले देखाउँछ। [अध्याय ९ पल्टाउनुहोस् र बाइबलका प्रतिज्ञाहरूमा विश्वस्त हुने हामीसित ठोस आधार छ भनी देखाउनुहोस्।] यो पुस्तकले कसरी मदत गर्न सक्छ भनी म तपाईंलाई देखाउन चाहन्छु।”
५ “इज दिस लाइफ अल देर इज” पुस्तक छाड्नुभएको ठाउँमा यो सुझाव चलाउन सक्नुहुन्छ:
▪“पृथ्वीमा अनन्त जीवनको आशा प्रदान गर्ने यो पुस्तक मैले अगिल्लो भेटमा तपाईंसित छाडेको थिएँ। यो पुस्तक पढिसक्नुभएपछि तपाईं कस्तो निष्कर्षमा पुग्नुभयो? [जवाफ दिने मौका दिनुहोस्।] मृत्युको डरबिना बाँच्न सक्ने प्रमोदवनरूपी नयाँ संसारको अंश पढ्नुभएपछि शायद तपाईं प्रोत्साहित हुनुभएको होला। [अध्याय १६ पल्टाउनुहोस् र पृष्ठ १३७को उपशीर्षक देखाउनुहोस्। यशैया २५:८ पढ्नुहोस्।] त्यस्तो संसारमा तपाईं र तपाईंका प्रिय जनहरू अवश्य बाँच्न चाहनुहुन्छ होला भनी म विश्वस्त छु। यस विषयमा पृष्ठ १४३को पहिलो अनुच्छेदले के भन्छ हेर्नुहोस्।” उक्त अनुच्छेद पढ्नुहोस् र यहोवाको खोजी गर्नु भनेको उहाँको वचन, बाइबल अध्ययन गरेर उहाँ अनि उहाँका उद्देश्यहरूबारे बढी कुराहरू सिक्नु हो भनेर बुझाउनुहोस्।
६ आफ्नो भेडाको हेरचाह गर्ने मायालु गोठालाको रूपमा यहोवाले सिद्ध उदाहरण बसाल्नुभएको छ। (इजकि. ३४:११-१४) उहाँको मायालु हेरचाह अनुसरण गर्ने हाम्रो निष्कपट प्रयासले उहाँलाई खुशी तुल्याउँछ, हाम्रो प्रेम प्रदर्शन गर्छ र अरूको निम्ति आशिष् ल्याउँछ।