साँचो परमेश्वरको ज्ञानले जीवनतर्फ डोऱ्याउँछ
१ येशूले आफ्नो पितालाई प्रार्थना गर्नुहुँदा यसो भन्नुभयो, “अनन्त जीवन यही [हो] . . . तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई . . . चिनून् [परमेश्वरको ज्ञान लिऊन्, न्युव]।” (यूह. १७:३) कस्तो उदार इनाम! ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ प्रकाशन प्रयोग गरेर अरू मानिसहरूलाई तिनीहरूले सधैंभरि बाँच्न के गर्नुपर्छ, त्यो सिक्न मदत गर्नसक्छौं। तिनीहरूको चासो जगाउन र तत्कालै ज्ञान पुस्तक पढ्ने इच्छा जगाउन हामी के भन्नसक्छौं?
२ बाइबललाई निर्देशनको व्यवहारिक स्रोत हो भनेर कुशलतापूर्वक औंल्याउन यसो भने कसो होला:
▪“जीवनका समस्याहरू सामना गर्न व्यवहारिक निर्देशनको स्रोत कहाँ पाइन्छ भन्ने विषयमा हामी हाम्रो टोलछिमेकमा छलफल गर्दैछौं। मानिसहरूले परामर्शका लागि बाइबललगायत निकै धर्मग्रन्थहरू हेरेका छन्। तर मानिसहरूका मनोवृत्तिहरू परिवर्तन भइरहेका छन्। केही मानिसहरू आफ्नो धर्मग्रन्थप्रति शंका गर्छन्। र त्यसलाई मानिसहरूले लेखेको पुस्तक ठान्छन्। तपाईंको के विचार छ? [जवाफ दिने मौका दिनुहोस्।] बाइबल अहिले हाम्रोलागि व्यवहारिक छ भन्नुको एउटा खास कारण छ। [२ तिमोथी ३:१६, १७ पढ्नुहोस्।] परमेश्वरले मानिसहरूलाई बाइबल लेख्ने प्रेरणा दिनुभएको बेलामा जत्तिकै आज पनि यसका सिद्धान्तहरू उपयोगी छन्।” ज्ञान पुस्तकको पृष्ठ १६ पल्टाउनुहोस् र येशूले दिनुभएको डाँडाको उपदेशमा पाइने व्यवहारिक निर्देशनबारे छोटकरीमा टिप्पणी गर्नुहोस्। अनुच्छेद ११ वा १३ बाट एउटा उद्धरण पढ्नुहोस्। पुस्तक दिनुहोस् र बाइबलमा पाइने ज्ञानबाट हामीले व्यक्तिगत तवरमा कसरी फाइदा उठाउनसक्छौं भन्ने प्रश्नको जवाफ दिन फेरि आउने प्रबन्ध मिलाउनुहोस्।
३ धेरैलाई मन पर्ने विषय प्रार्थना भएकोले तपाईं यो प्रश्न सोधेर छलफल गर्न सक्नुहुन्छ:
▪“आधुनिक जीवनमा कठिनभन्दा कठिन समस्याहरूसित जेल्नुपर्दा के तपाईंलाई प्रार्थनाले वास्तवमा हामीलाई मदत गर्नसक्छ जस्तो लाग्छ? [जवाफको प्रतीक्षा गर्नुहोस्।] परमेश्वरलाई प्रार्थना गरेर उहाँसित घनिष्ठ हुनसकेको र मनोबल प्राप्त गरेको धेरैले अनुभव गरेका छन्। अनि बाइबलले पनि त्यस्तै हुनेछ भन्ने प्रतिज्ञा गरेको छ। [ज्ञान पुस्तकको पृष्ठ १५६ पल्टाउनुहोस् र फिलिप्पी ४:६, ७ पढ्नुहोस्।] तथापि, कहिलेकाहीं कसै कसैलाई आफ्नो प्रार्थनाको जवाफ नपाएजस्तो लाग्ला। यस अध्यायले ‘तपाईं कसरी परमेश्वरको नजीक हुन सक्नुहुन्छ’ भन्ने विषयमा छलफल गर्छ। [पुस्तक प्रस्तुत गर्नुहोस्।] परमेश्वरसितको हाम्रो वार्तालाप एकतर्फी नभएकोले उहाँको कुरा हामी कसरी सुन्नसक्छौं, त्यो पनि यस अध्यायले देखाउँछ। अर्को पटक आउँदा हामी त्यसबारे छलफल गर्नसक्छौं।”
४ बाइबललाई आदर गर्ने मानिससित कुरा गर्नुहुँदा तपाईं सोझै अध्ययनको प्रस्ताव राख्न सक्नुहुन्छ। अनि यो तरिका सफल साबित हुनसक्छ:
▪“हामी निश्शुल्क गृह बाइबल अध्ययनको प्रस्ताव राख्दैछौं। के तपाईंले यसअघि कहिल्यै बाइबल अध्ययन गर्नुभएको थियो? [जवाफ दिने मौका दिनुहोस्।] बाइबल अध्ययन गर्न हामीले प्रयोग गर्ने पुस्तक तपाईंलाई देखाऊँ?” ज्ञान पुस्तक देखाउनुहोस् अनि पृष्ठ ३ पल्टाउनुहोस्। यसो गर्दा घरधनीले विषयसूची हेर्नसक्छन्। त्यसपछि सोध्नुहोस्, “यी विषयहरूमा बाइबलले के भन्छ के तपाईंले कहिल्यै विचार गर्नुभएको छ?” घरधनीले निकै रुचि देखाएको अध्याय पल्टाउनुहोस् र उपशीर्षकहरू पढ्नुहोस्। अध्ययन गर्दा यस जानकारी कसरी छलफल गर्छौं, त्यो छोटकरीमा देखाउन चाहन्छु भनेर बताउनुहोस्। अध्ययन सुरु होस् या नहोस्, पुस्तक प्रस्तुत गर्नुहोस् र घरधनीलाई त्यो पढ्ने प्रोत्साहन दिनुहोस्।
५ आज लाखौं मानिसहरूले परमेश्वरको सही ज्ञान लिइरहेका छन्। (यशै. २:२-४) यथाशक्य धेरैभन्दा धेरै मानिसहरूलाई यहोवाबारे सिकाउन र जीवनतर्फ डोऱ्याउन मदत गर्न पाउनु हाम्रो विशेषाधिकार हो।—१ तिमो. २:४.