प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 मार्च p. २
  • सबैभन्दा महत्त्वपूर्ण काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा महत्त्वपूर्ण काम
  • हाम्रो राज्य सेवकाई—२०१०
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ चेला बनाउने काममा मदत गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • साक्षीकार्यमा येसुजस्तै जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • हामी प्रचारकार्यमा जोसिलो भइरहनैपर्छ
    हाम्रो राज्य सेवकाई—२००७
  • ईश्‍वरीय नाउँ घोषणा गर्ने
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०१०
km10 मार्च p. २

सबैभन्दा महत्त्वपूर्ण काम

१. सेवाको कामप्रतिको गहिरो कृतज्ञताले हामीलाई कस्ता त्यागहरू गर्न उत्प्रेरित गर्छ?

१ सेवाको काममा आफ्नो समय, शक्‍ति र स्रोत-साधन लगाउन हामीलाई किन नियमित रूपमा प्रोत्साहन दिइन्छ? किनभने योभन्दा महत्त्वपूर्ण काम अरू छँदैछैन! यसको दूरगामी असरलाई सोच्दा फेरि कहिल्यै नदोहोरिने यस काममा भाग लिने हाम्रो इच्छा बढ्‌नेछ।—प्रेरि. २०:२४.

२. हाम्रो प्रचारकार्यले यहोवाको महान्‌ नाउँ पवित्र पार्न कसरी मदत गर्छ?

२ यहोवाको नाउँ पवित्र पार्छ: येशू ख्रीष्टद्वारा परमेश्‍वरको राज्यले सम्पूर्ण मानव सरकारलाई हटाउनेछ र मानिसजातिलाई दुःख दिने सबै कुराहरूको समाधान गर्नेछ भनेर प्रचारकार्यले जोड दिन्छ। (मत्ती ६:९, १०) हामीलाई रोगबिमार र मृत्युबाट मुक्‍ति दिन सक्ने एकमात्र व्यक्‍तिको रूपमा यहोवालाई महिमित पार्छ। (यशै. २५:८; ३३:२४) हामीले उहाँको नाउँ धारण गरेकोले हाम्रो असल आचरण र जोस याद गर्नेहरूले उहाँको महिमा गर्न सक्छन्‌। (१ पत्रु. २:१२) सार्वभौम प्रभु यहोवाको नाउँ सारा पृथ्वीभरि परिचित गराउन पाउनु हाम्रो लागि कत्ति सन्तोषजनक कुरा!—भज. ८३:१८, NW.

३. राज्य सन्देश स्वीकार्नेहरूले कस्ता आशिष्‌ पाउनेछन्‌?

३ जीवन बचाउँछ: यहोवा “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा” गर्नुहुन्छ। (२ पत्रु. ३:९) तर सिकाउने व्यक्‍ति नै भएन भने यहोवालाई उचित र अनुचित लाग्ने आचरणबारे मानिसहरूले कसरी सिक्न सक्लान्‌? (योना ४:११; रोमी १०:१३-१५) जब मानिसहरूले सुसमाचार स्वीकार्छन्‌, तिनीहरूले हानिकारक आनीबानी त्याग्छन्‌ जसले गर्दा तिनीहरूको जीवनस्तर सुध्रिन्छ। (मीका ४:१-४) यसबाहेक, तिनीहरूले अनन्त जीवनको उज्ज्वल आशा पाउँछन्‌। हाम्रो सक्रिय प्रचार र सिकाउने कार्यले हामी आफैलाई र हामीलाई सुन्‍नेहरूलाई बचाउँछ। (१ तिमो. ४:१६) यो सबैभन्दा महत्त्वपूर्ण काममा हाम्रो भूमिका कत्ति ठूलो छ!

४. राज्य प्रचार र चेला बनाउने काममा हामीले किन सक्रिय भई भाग लिनुपर्छ?

४ चाँडै महासंकष्टले यस अधार्मिक संसारको अचानक अन्त्य गर्नेछ। यहोवाको पक्ष लिनेहरू बच्नेछन्‌। त्यसकारण प्रचार गर्ने र चेला बनाउने काम अहिले भइरहेको सबैभन्दा जरुरी, महत्त्वपूर्ण र लाभदायी काम हो। यस कामलाई आफ्नो जीवनमा सबैभन्दा पहिलो स्थानमा राखौं!—मत्ती ६:३३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने