“मानिसहरूको चासो जगाउने खालका कुनै पनि पुस्तिका अथवा पुराना पत्रिका प्रस्तुत गर्नुहोस्”
हामीले पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्न बाइबलले सिकाउँछ किताब प्रस्तुत गर्दै आएका छौं। तर यदि घरधनीले उक्त किताब पाइसकेका छन् र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने “मानिसहरूको चासो जगाउने खालका कुनै पनि पुस्तिका अथवा पुराना पत्रिका प्रस्तुत गर्नुहोस्” भनी हामीलाई प्रोत्साहन दिइएको छ। किन?
पुस्तिका र पुराना पत्रिकाहरूमा थुप्रै समय सुहाउँदा विषयबारे चर्चा गरिएका हुन्छन्। ती प्रकाशनहरूमा भएका कुनै-कुनै विषयले घरधनीको मन छुन सक्छ। त्यसैले प्रचार जानअघि आफ्नो झोलामा विभिन्न विषयका पुस्तिका र पुराना पत्रिका राख्न नबिर्सनुहोस्। यदि तपाईंसँग पुराना पत्रिकाहरू छैन भने पत्रिका विभागबाट लिन सक्नुहुन्छ। त्यसैले यदि घरधनीले बाइबलले सिकाउँछ किताब पाइसकेका छन् र बाइबल अध्ययनको प्रस्ताव स्वीकारेनन् भने पनि तपाईंसँग भएका पत्रिका र पुस्तिकामध्ये केही देखाएर तिनलाई जुन विषयमा चासो लाग्छ, त्यही लिन आग्रह गर्न सक्नुहुन्छ। त्यसपछि तिनको चासो सेलाउन नदिन फेरि भेट्ने प्रबन्ध मिलाउनुहोस्। यसो गर्दा अन्तमा गएर बाइबल अध्ययन सुरु हुन पनि सक्छ।