युवाहरू सोध्छन् —म आफ्नो जीवनबाट के चाहन्छु? (भाग २)
युवाहरू सोध्छन्—म आफ्नो जीवनबाट के चाहन्छु? (अङ्ग्रेजी) भिडियोको मुख्य मेनुको Interviews (अन्तरवार्ता) को Sections (खण्ड) छनौट गर्नुहोस्। तीनवटै खण्ड हेरिसकेपछि अनुच्छेद २ मा दिइएका प्रश्नको जवाफ दिनुहोस्। त्यसपछि मुख्य मेनुको Supplementary Material (थप विषयवस्तु) छनौट गर्नुहोस् र पाँचवटा थप अन्तरवार्ता हेरिसकेपछि अनुच्छेद ३ मा दिइएका प्रश्नको जवाफ दिनुहोस्।
खण्ड—Dedication to Vain Pursuits or to God (व्यर्थका कुराहरूप्रति समर्पित हुने वा परमेश्वरप्रति): (१) युवाहरूलाई के-कस्ता लक्ष्य पछ्याउन दबाब दिइन्छ? (२) कतिसम्म पढ्ने भनेर निर्णय गर्न युवाहरूलाई १ यूहन्ना २:१७ ले कसरी मदत गर्छ? (३) डराएर बप्तिस्मा गर्नदेखि हामी किन पछि हट्नु हुँदैन? (४) बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न हामीलाई के-कस्ता कुराले मदत गर्छ? Learning to Enjoy Your Ministry (क्षेत्र सेवामा आनन्दित हुन सिक्ने): (५) किन कसै-कसैलाई क्षेत्र सेवामा भाग लिन मन लाग्दैन? (६) क्षेत्र सेवामा आनन्दित हुन मदत गर्ने केही कुरा बताउनुहोस्। (७) कसै-कसैलाई अपरिचित व्यक्तिसित कुरा गर्नुभन्दा पनि कोसित कुरा गर्न एकदमै डर लाग्छ र किन? (८) डराउन छोड्न र साहसी भई बोल्न हामीलाई केले मदत गर्छ? (९) क्षेत्र सेवामा अझ सिपालु हुनु पनि किन महत्त्वपूर्ण छ? An Open Door to Service (सेवाको लागि खुला ढोका): (१०) अग्रगामी सेवा गर्दा यहोवाको सेवामा अझै प्रगति गर्न सक्ने के-कस्ता मौका मिल्न सक्छ? (फिलि. ३:१६) (११) कुनै-कुनै भाइबहिनी अग्रगामी सेवा गर्न किन हिचकिचाउँछन्? (१२) पैसाको चिन्ता नगर्न हामीलाई बाइबलका कुन-कुन सिद्धान्तले मदत गर्छ? (१३) अग्रगामी सेवा गर्दा दैनिक आवश्यकता पूरा गर्न कसै-कसैले कस्तो काम गरेका छन्? (१४) पूर्ण-समय सेवामा लाग्न परिस्थितिले दिंदैन भने के गर्न सकिन्छ?
थप विषयवस्तु—The Value of Personal Study (व्यक्तिगत अध्ययनको महत्त्व): (१५) व्यक्तिगत अध्ययनको लागि राम्रो तालिका हुनु किन महत्त्वपूर्ण छ? Alternative Witnessing (वैकल्पिक साक्षीकार्य [अहिले यसलाई जन साक्षीकार्य भनिन्छ]): (१६) क्षेत्र सेवाका विभिन्न पक्षमा भाग लिंदा हामी कसरी अझै आनन्दित हुन सक्छौं? Bethel Service (बेथेल सेवा): (१७) बेथेल सेवा गर्दा पाइने केही आनन्दबारे बताउनुहोस्। Ministerial Training School (मिनिस्टेरियल ट्रेनिङ स्कूल): (१८) यस स्कूलमा (अहिले यसलाई अविवाहित भाइहरूका लागि बाइबल स्कूल भनिन्छ) उपस्थित हुनेहरूले के-कस्ता लाभ उठाएका छन्? Gilead Missionary Training (गिलियड मिसनरी तालिम): (१९) पिटर र फिओनाले मिसनरी सेवा गर्न कस्तो तयारी गरे र गिलियड स्कूलबाट कस्तो लाभ उठाए?